काठमाडाैँ - नेपालबाट युरोपका विभिन्न मुलुकमा विद्यार्थी अध्ययनका लागि जाने गरेका छन्। युरोपमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्यमध्ये ‘डेनमार्क’ पनि हो।
डेनमार्कको शिक्षालाई विश्वव्यापी रुपमा मान्यता प्रदान गरिएको छ। डेनमार्कमा नेपाली विद्यार्थीहरु सामान्यता ईन्जिनियरिङ विषय धेरै पढ्न जान्छन् त्यो बाहेक म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ए.आइ, ईन्टरनेश्नल बिजिनेस, सामाजिक विषय अन्तर्गतका विषय अध्ययन गर्न जान्छन्।
आवश्यक कागजपत्र र योग्यता
शैक्षिक गन्तव्यको लागि अन्य देशको तुलनात्मक हिसाबले डेनमार्क जानलाई सहज छैन।डेनमार्कका सरकारी ६.५ आईईएलटिएस स्कोर ल्याउनुपर्नेछ।विद्यार्थीहरुले आफ्नो शैक्षिक अध्ययन सकाएपछि काम गर्ने गरेका छन्।
भिसा प्रक्रिया
विद्यार्थीहरुले आवश्यक नीति पुरा गरि एप्लाई गरिसकेपछि डेनमार्कमा भिसा रिजेक्ट हुँदैन तर एड्मिसन नआउने सम्भावना रहन्छ किनभने डेनमार्क विश्वको थुप्रै मुलुकका विद्यार्थीहरुको शैक्षिक गन्तव्यको लागि आउने हुँदा लिमिटेड कोटा मात्र रहेकोले भर्ना हुनलाई कठिनाई हुन्छ। जसले गर्दा विद्यार्थीहरुको रिक्वाईरमेन्ट पुरा छ भने मात्र डेनमार्कको विश्वविद्यालयको एड्मिसन फी तिरेर जान पाउँछन्।
कुन भाषाको प्रयोग ?
नेपालको सर्न्दभमा नेपाली विद्यार्थीहरु डेनमार्कको कोपेनह्यागनमा धेरै जान्छन् जहाँ ८० प्रतिशत मानिसहरुले अंग्रेजी भाषाको प्रयोग गर्छन्। उनीहरुले सामान्यता आफ्नो भाषा त बोल्छन् नै तर नेपाली विद्यार्थीहरुको पढाईमा नै असर पुग्ने खालको रहदैन र विद्यार्थीहरुले आवश्यकता, चाहाना र समय भएमा जुनसुकै समयमा डेनमार्कको भाषा फ्री मा सिक्न सक्छन्।
लागत खर्च
डेनमार्कमा युनिभर्सिटि अनुसार फरक -फरक फी लाग्नेछ। विद्यार्थीहरुले कलेजको फि र दुतावासको चार्ज तिर्ने हो त्यो बाहेक टिउसन फी १० हजार देखी १६–१७ हजारसम्म पनि वार्षिक रुपमा तिर्नुपर्ने हुन्छ। नेपाली विद्यार्थीले डेनमार्कलाई शैक्षिक गन्तव्य बनाई जाँदै गर्दा नेपाली १८ लाख लगभग खर्च लाग्छ। त्यो बाहेको अनावश्यक खर्च हुँदैन। डेनमार्कको सरकारले नेपाल मात्र नभई विश्वको जुनसुकै क्षेत्रबाट अध्ययनको लागि जाने विद्यार्थीहरुलाई सम्पूर्ण सुविधा प्रदान गरेको छ।
छात्रावृत्तिको व्यवस्था
डेनमार्कमा विश्वविद्यालयले विद्यार्थीको योग्यता र क्षेमता हेरेर मात्र एकदमै कम विद्यार्थीलाई छात्रावृत्तिको व्यवस्था गरेको हुन्छ। डेनमार्कमा शैक्षिक गन्तव्यको क्रममा वा छात्रावृत्तिको अवसरको लागि विद्यार्थीहरुले आईएलटीएसमा७, भाषाको राम्रो ज्ञान, एकेडेमिक तथा जि.पि.ए उत्कृष्ट भएमा छात्रावृत्ति पाउने सम्भावना रहन्छ तर यहाँबाट नै छात्रावृत्तिको लागि नेपालबाट भन्दा पनि त्यहाँ गएर अप्लाई गर्दा सहज हुन्छ।