काठमाडाैँ- कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका विद्यार्थी स्नातक तहमा आफ्नो रोजाइको विषय पढ्न उत्कृष्ट शिक्षणसंस्थाको खोजिमा हुन्छन्। विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षा उत्तीर्ण गरेर विश्वविद्यालय शिक्षाको ढोका खोल्न तयारी अवस्थामा भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि कस्तो शिक्षणसंस्था कुन आधारमा रोज्ने भन्ने अन्योल हुुन्छ।विश्वविद्यालय शिक्षा तर्फ व्यवस्थापन संकायमा सबैभन्दा धेरै करिब ४७ प्रतिशत विद्यार्थी अध्ययनरत छन्। यस्तै सूचना प्रविधि तर्फ पनि विद्यार्थीको आकर्षण बढ्दो छ।
कक्षा १२ मा व्यवस्थापन समूह तर्फका विषय अध्ययन गरेका विद्यार्थीका लागि विशेष गरेर स्नातक तहमा व्यवस्थापन संकाय तर्फका विषय नै रोजाइमा पर्ने गरेको छ। भविष्यमा बैंक, वित्तियसंस्था लगायत व्यवस्थापन क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने विद्यार्थीको लागि व्यवस्थापन संकाय तर्फका विषय अध्यापन गर्नु उपयुक्त हुन्छ। आफ्नै पेसा व्यवसाय सञ्चालन गरेर उद्यमशिल बन्न चाहने, बैंक तथा वित्तिय संस्थामा रोजगारी गर्न चाहनेका लागि व्यवस्थापन संकायका बीबीए, बीबीएम, बीएचएम जस्ता विषय उत्तम विकल्प हुन्।
देशमा विस्तार हुँदै गरेका वैंक तथा वित्तीय संस्था, जलविद्युत, शैक्षिक संस्था आदिको प्रशासन र लेखा सम्हाल्न व्यवस्थापन पढेका जनशक्तिको माग बढ्दो छ। निजी वा सार्वजनिक संस्थाको प्रशासन र व्यवस्थापन हाँक्ने जनशक्ति व्यवस्थापन संकायले नै उत्पादन गर्छ। नेपालमा स्नातक तहमा ३ देखि ५ वर्षसम्मका कार्यक्रम सञ्चालित छन्।
नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालयले व्यस्थापन संकाय तर्फका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। विश्वविद्यालयहरूले ब्याचलर इन बिजनेश स्टडिज(बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए)मात्र नभएर व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न विधामा विशेषज्ञता हासिल गराउने उद्देश्यले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम), ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर इन स्पोर्टस मयानेजमेन्ट (बीएसएम), ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) लगायतका विषयको अध्यापन हुन्छ।
यसका साथै नेपालमा व्यवस्थापन तर्फ विषयगत दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन बैंकिङ एन्ड इन्स्योरेन्स (बीबीएबीआई), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन ट्राभल एन्ड टुरिजम (बीबीएटीटी), ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस) बीबीए (फाइनान्स) लगायतका विषय अध्यापन हुन्छ।
पछिल्लो समय सूचना प्रविधि शिक्षातर्फ पनि विद्यार्थीको आकर्षण बढेको छ। अहिले हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अनिवार्य जस्तै भइसकेको छ। प्रविधिको साथ बिना काम गर्न नसकिने अवस्था सिर्जना भएको छ। जसले एकातिर काममा सहजता ल्याएको छ भने अर्कोतिर त्यसका लागि आवश्यक जनशक्तीको माग बढाएको छ। सूचना प्रविधिका कोर्स अध्ययन गर्नेहरू हरेक क्षेत्रमा काम गर्न सक्छन् भने वेवपेज डिजाइनिङ, एनिमेसन, भीएमएक्स, ग्राफिक्स डिजाइनिङ, नेटवर्किङ लगायतका क्षेत्रमा करिअर बनाउन सक्छन्।
नेपालमा सूचना प्रविधि तर्फ बीएससी सीएसआईटी (कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी), बीआईटी (ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी), बीआईएम (ब्याचलर इन इनफर्मेसन म्यानेजमेन्ट), बीसीए (ब्याचलर इन कम्प्युटर एप्लिकेसन) लगायतका विषय अध्यापन हुन्छ।
टेक्सस कलेजका कार्यकारी निर्देशक भेषराज पोखरेलले समष्टिगत रुपमा अन्य विषयमा भन्दा आईटीमा विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको बताए। नेपालको सबै विषयमा विद्यार्थीको कुल संख्या जोड्दा पनि आईटीमा नै विद्यार्थीको संख्या धेरै हुने अवस्था सृजना भएको छ। सुचना प्रविधिको विषय नेपालमा मात्र नभई विश्वको जुनसुकै कुनामा गएर पनि पढ्न र रोजगारको अवसर प्राप्त हुने भएकोले यस विषय तर्फ विद्यार्थीको आकर्षण बढेको उनको भनाई छ।
आईटी विषय पढेर रोजगारको लागी विदेश जानुपर्देन। सुचना प्रविधिको जमनामा विद्यार्थीहरुले घरघरमा बसेर पनि थुप्रै आर्जन गरिरहेको उनले बताए। नेपालको शैक्षिक क्षेत्रको अवस्था बद्लिदो छ। पछिल्लो समय नीजी शिक्षण संस्थामा पनि आईटी विषय अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दो छ। हरेक निजि कलेजहरुले आइटीको कोर्स सुरु भएदेखी नै विद्यार्थीको संख्या अत्याधिक मात्रामा भर्ना गरिरहेको पोखरेलले बताए।
व्यवस्थापन र आईटी तर्फका विषय अध्ययन गर्न देशभरबाट काठमाडौँ उपत्यका भित्र अध्ययनका लागि आउने प्रचलन पनि छ। विद्यार्थीलाई विषय र विद्यालय छनोट गर्न सहज होस् भन्ने उद्देश्यले इडियू सवालले काठमाडौँ उपत्यका भित्रका इन्जिनियरिङ, व्यवस्थापन र आईटी तर्फका विषय अध्यापन हुने विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षणसंस्थाको सूचि तयार पारेको छ।
यसका लागि क्याम्पसले विश्वविद्यालयबाट प्राप्त गरेको सम्बन्धन, अध्यापन हुने विषय, विद्यार्थी प्राप्त गरेको विगत तीन वर्षको नतिजा, विद्यार्थी संख्या, अध्यापन हुने विषय र स्कीकृत प्राप्त सिट संख्या, भौतिक शैक्षिक पूर्वाधार, क्षेत्रफल र भवन, अध्ययन पश्चात विद्यार्थीले प्राप्त गरेका उपलब्धी, शिक्षण सिकाइ उपलब्धी, शिक्षक विद्यार्थी अनुपात, कलेज स्तरीय प्रतियोगितामा प्राप्त गरेका पुरस्कार, कलेजले सञ्चालन गर्ने तालिम र उत्कृष्ट हुनुको कारण लगायतका विषयमा जानकारी लिई सत्यतथ्य विवरण सहित इन्जिनियरिङ, व्यवस्थापन र आईटी विषय अध्यापन हुने कलेजको सूची प्रस्तुत गरेका छौँ।
इन्जिनियरिङ, व्यवस्थापन र आईटी तर्फका विषय अध्यापन हुने, यी हुन् विद्यार्थीको रोजाइमा पर्न सफल काठमाडाैँ उपत्यका भित्रका उत्कृष्ट शिक्षण संस्था
इन्जिनियरिङ अध्ययन संस्थान (पुलचोक क्याम्पस), पुलचोक, ललितपुर
ललितपुर पुलचोकस्थित पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त नेपालकै प्रख्यात र प्रतिष्ठित इन्जिनियरिङ शिक्षण संस्था हो। यस कलेजमा ईन्जिनियरिङ तर्फको सिभिल, इलेक्ट्रिकल, मेकानिकल, आर्किटेक्चर, इलेक्ट्रोनिक्स, कम्प्युटर, सूचना प्रविधि लगायतका विषय अध्यापन हुँदै आएको छ।
विसं २०२९ सालमा स्थापना भएकों पुलचोक क्याम्पस इन्जिनियर बन्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइको कलेज हो।यस कलेजमा दक्ष र अनुभवी शिक्षककर्मचारीहरू कार्यरत छन्। पुल्चोक क्याम्पसमा आधुनिक भौतिक शैक्षिक पुर्वाधार, प्रयोगशाला, पुस्तकालय, अनुसन्धान केन्द्र र प्रविधियुक्त शिक्षण प्रणाली अन्र्तगत रहेर पठनपाठन हुन्छ। यो क्याम्पसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च मान्यता प्राप्त गरेको छ। पुलचोकले विद्यार्थीहरूलाई शैद्धान्तिकसँगै व्यवहारिक ज्ञान समेत प्रदान गर्दे आएको छ।
पुलचोक गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक सुविधा र उज्ज्वल भविष्यको सम्भावनाका कारण नेपालको उत्कृष्ट इन्जिनियरिङ संस्थाको रूपमा स्थापित भएको छ।
शंकरदेब क्याम्पस, पुतलीसडक, काठमाडौँ

शंकरदेव क्याम्पस काठमाडौँ पुतलीसडकमा अवस्थित रहेको छ। यस कलेजमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स (बीबीए फाइनान्स) आदि विषयमा पढाइ हुन्छ।
यस संस्थाले विदेशका व्यवस्थापन संस्थानहरूसँग सञ्जाल विकास गर्ने, उत्तरदायी र रचनात्मक उद्यमीहरू उत्पादन गर्ने, व्यवस्थापकहरुको ज्ञान र सीपको अभिवृद्धि विकास गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। सार्वजनिक क्षेत्रका लागि व्यवस्थापकहरू विकास गर्ने ध्ययका साथ यो संस्था नेपालमा व्यवस्थापन शिक्षा अध्ययन गर्ने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
यस कलेजमा सम्पूर्ण रुपमा सुविधा सम्पन्न शैक्षिक प्रशासनिक भवन हुनुका साथै चमेनागृह, कम्प्यूटर ल्याब, डिजिटल ल्याब, स्मार्ट कक्षा कोठा, लाईब्रेरी लगायतका भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्। यस कलेजले विश्वव्यापी शैक्षिक आवश्यकतालाई लक्षित गरी विश्वस्तरीय स्तरको जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको छ। प्राइम लोकेसन, प्रविधिको प्रयोग र अनुभवि शिक्षकद्वारा पठनपाठन, विद्यार्थी मैत्री वातावरण, रोजगारीमुलक तालिम तथा अन्य भौतिक सुबिधा रहेको कारण शंकरदेव क्याम्पस विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।
काठमाडौँ ईन्जिनियरिङ कलेज (केईसी), कालिमाटी, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयबाट वि.सं २०५५ सालमा सम्बन्धन प्राप्त काठमाडौँ ईन्जिनियरिङ कलेज (केईसी) काठमाडौँ कालीमाटीमा अवस्थित रहेको छ। केईसीमा इन्जिनियरिङ तर्फ व्याचलर अफ सिभिल इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ, कम्यूनिकेसन एण्ड इन्र्फरमेशन इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, ईलेक्ट्रोनिक्स र आर्किटेक्चर इन्जिनियरिङ लगायतका विषय अध्यापन हुन्छ।
केईसीमा ६१ जना शिक्षक र ७० जना कर्मचारी कार्यरत छन्। यस कलेजले ‘बेष्ट कलेज अफ द ऐअर’ को उपाधि हासिल गरेको छ। करिब १४ रोपनी जग्गा र ६ वटा भवनमा सञ्चालित यस कलेजले आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ।
केईसीले ‘ऐसियन पेन्ट्स आर्किटेक्चर स्टुडेन्ट अवार्ड डिजाइन प्रतियोगिता’, बर्जर र स्पेसेस इन्टेरियर डिजाइन एक्सेलेन्स अवार्ड, हल्ट पुरस्कार, ‘लीपफ्रोग ह्याकाथन’, ‘इटोनिक्स हाकाथोन’, बेस्ट आइडिया अवार्ड, टेक बिहानी सफ्टवेयर विकास, विद्यार्थी डिजाइन प्रतियोगिता जस्ता थुपै उल्लेखित पुरस्कारहरु हासिल गरेको छ।
केईसीमा अध्ययन गरेको १३ जना विद्यार्थीहरुले विश्वविद्यालय टप र उच्च अध्ययनका लागि सम्मानित छात्रवृति पुरस्कार प्राप्त गरेका छन्। विद्यार्थीको गुणस्तरीय शिक्षामा जोड, फूल टाइम शिक्षक समुह, पुरुष तथा महिला छात्रावासको व्यवस्था, १३ जना विश्वविद्यालय टपर र धरैै पटक छात्रावृति पदक पाप्त गर्नु यस कलेजको फरक विशेषता हो।
सर्वोत्कृष्ट नतिजा र दशौँ वर्ष अनुभवी ६० भन्दा वढी फुल टाइम शिक्षक समुह, पर्याप्त भौतिक शैक्षिक पुर्वाधार,शान्त शैक्षिक वातावरण, ५० हजार भन्दा वढी पुस्तक सहित प्रविधियुक्त पुस्तकालय तथा रिसर्च युनिटको व्यवस्था, पााज्ञिक तथा अतिरिक्त प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन, १० भन्दा बढी शैक्षिक तथा अतिरिक्त क्लव र पुरुष तथा महिलाको लागी छात्रावासको व्यवस्था भएको र प्राईम लोकेशनको लागि विद्यार्थीले काठमाडौँ ईन्जिनियरिङ कलेजलाई रोज्नुपर्ने कलेजका भाईस प्रिन्सिपल शैलिता जोशी मानन्धरले जानकारी दिइन्।
सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौँ

सन् १९८८ मा स्थापना भएको सेन्ट जेभियर्स कलेज काठमाडौँ माईतीघरमा अवस्थित रहेको छ। नेपालमा विज्ञान संकाय तर्फका विद्यार्थीहरुको पहिलो रोजाइमा पर्न सफल शिक्षणसंस्था हो। जेसुइटमा त्रिविद्धारा मान्यता प्राप्त विषय ब्याचलर इन बिजनेश स्टडिज(बीबीएस), ब्याचलर इन आर्टस (बीए), ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम), माइक्रोबायोलोजी र भौतिक विज्ञान अन्तर्गतको विषय अध्यापन हुन्छ।
पछिल्लो समय विज्ञान संकाय तर्फका विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुको पहिलो रोजाईमा सेन्ट जेभियर्स कलेज पर्ने गरेको छ। यस कलेजले विद्यार्थीका लागि विज्ञान र सूचना प्रविधि प्रयोगशालाको व्यवस्था गरेको छ। यस कलेजमा प्रविधि मैत्री कक्षा कोठा हुनुका साथै आवाशिय प्रवन्ध र चमेना गृहको पनि व्यवस्था छ।
यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले अन्तर विद्यालय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा उत्कृष्टता हासिल गर्न सफल भएका छन् ।यस विद्यालयमा विद्यार्थीलाई कलेजले ड्रेसको व्यवस्था गरेको छैन। यस कलेजले अध्यापनमा निरन्तरता, कम विदा, अनुभवि दक्ष शिक्षक, आधुनिक प्रयोगशाला, आन्तरिक मूल्याङ्कन जस्ता कुरामा विशेष ध्यान दिने गरेको छ। यसका अतिरिक्त यस कलेजले अतिरिक्त क्रियाकलाप पनि विशेष जोड दिदै आएको छ।यस कलेजले नेपालका ७७ जिल्लाबाट आउने विद्यार्थीहरूको सांस्कृतिक अन्तरक्रियालाई प्रोत्साहन गर्दछ। यस कलेजले विद्यार्थीहरुलाई विश्वव्यापी नागरिक बन्नको लागि पूर्ण वृद्धि र निस्वार्थ भावनाले कार्य गर्न उत्प्रेरित गर्दछ।
ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्य बानेश्वर, काठमाडौँ

ग्लोबल कलेज व्यवस्थापन विषय पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल कलेज हो। त्रिभुवन विश्वविद्यालयद्धारा मान्यता प्राप्त यस कलेज काठमाडौँ मध्य बानेश्वरमा अवस्थित रहेको छ। यस कलेजले व्यवस्थापन संकायमा मात्र केन्द्रित भएर देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा आफूलाई साबित गरिसकेको छ।
ग्लोबलमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर इन बिजनेश एडमिनिस्ट्रेसन (बीबीए), बीबीए (फाइनान्स), ब्याचलर इन बिजनेश स्टडिज(बीबीएस), होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) अन्र्तरगतको विषय अध्यापन हुन्छ। ग्लोबलमा ८० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
१६ रोपनिमा क्षेत्रफलमा बनेको ग्लोबलमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा चमेना गृह र यातायात सहितको भौतिक शैक्षिक पुर्वाधारहरु उपलब्ध छन्। ग्लोबलले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी तालिम दिनुका साथै विद्यार्थीलाई यस्ता प्रतियोगितामा सहभागि हुन प्रोत्साहन गर्दै आएको छ।
ग्लोबलले करियर काउन्सिलिङ तथा शैक्षिक तालिम, फिल्ड भिजिट तथा रिपोर्ट राइटिङ सम्बन्धी तालिम, डान्स, आर्ट, गायन सम्बन्धी तालिम, कन्टेन्ट राइटिङ, एङकरिङ सम्बन्धी तालिम, भिडियोग्राफी तालिमहरु सञ्चालन गर्दै आएको छ। यस कलेजले नेपाल र विदेशका विश्वविद्यालयहरुको व्यवस्थापन संकाय अन्र्तगतका संस्थाहरूसँगको सम्बन्धलाई जोड दिदैँ आएको छ। ग्लोबलमा विज्ञान र सूचना प्रविधि प्रयोगशाला, पर्याप्त कम्प्युटर र उच्च गतिको इन्टरनेट सुविधा सहितको अत्याधुनिक आईटी ल्याब साथै प्रविधि मैत्री कक्षाकोठा, खेल मैदान, डिजिटल कक्षा, चमेना गृह, यातायात लगाएतका अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्।
काठमाडौँ बर्नहार्ट कलेज, बाफल, काठमाडौँ
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँ बाफलमा अवस्थित बर्नहार्ट कलेज विसं २०६० सालमा स्थापना भएको हो। नेपाल सरकारद्धारा बेस्ट कलेजको उपाधि प्राप्त यस कलेजमा व्यवस्थापन र आईटी अन्तर्गतका बीएससीसीएसआइटी, बीबीएस, बीबीएम, बीसीए विषय अध्यापन हुन्छ। यस कलेजमा प्रत्यक बर्ष ६ हजार भन्दा बढी विद्यार्थी भर्ना हुने गरेका छन्।
बर्नहार्ट कलेजले त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध संस्थाहरूमध्ये २०७६ साल फागुन २३ गते पहिलो क्यूएए मान्यता प्राप्त निजी कलेजको उपाधी पाप्त गरेको छ। यस कलेजमा ३८ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। ७ रोपनि क्षेत्रफलमा ३ वटा भवन रहेको यस कलेजमा सुविधासम्पन्न भवन, पुस्तकालय, सेमीनार हल, डिजिटल कक्षाकोठा, कम्प्यूटर ल्याब, चमेना गृह आदी भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्। बर्नहाट् कलेजले विद्यार्थीलाई बजार मागअनुसारको शिक्षा दिनका लागि विश्वविद्यालयले तोकेको पाठ्यक्रमका अलावा विभिन्न तालीम प्रदान गर्नुको साथै विद्यार्थीहरुलाई अध्ययन पश्चात् जब प्लेसमेन्टको पनि व्यवस्था गरेको छ।
यस कलेजले एसईई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्न आर्थीक अवस्था कमजोर भएको कारण पिछडिएका जेहेन्दार, मेहनती, गरिब बर्गका ७०० सय विद्यार्थीहरुका लागि प्रत्यक बर्ष छात्रावृति प्रदान गर्दछ। विद्यार्थीलाई प्रोत्साहन गर्न यस कलेजले विभिन्न विद्यामा १० प्रतिशत छात्रवृत्तिको समेत व्यवस्था गरेको छ। यस कलेजले प्रत्यक परीक्षाहरुमा राम्रो अंक ल्याउने विद्यार्थीलाई स्कलसिपको पनि व्यवस्था गरेको छ।
काठमाडाँै बर्नहार्ट कलेजले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ४० औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट निजी महाविद्यालयको रुपमा घोषणा गरि पुरस्कार समेत प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगद्वारा राष्ट्रिय स्तरमा छनोट भएको यस कलेज शान्त र फराकिलो क्षेत्रफलमा रहेको छ। दक्ष तथा अनुभवी शिक्षक, अध्यापनको आधुनिकशैली, व्यवहारिक तथा प्रयोगात्मक शिक्षा नै यस कलेजको प्रमुख विशेषता हो।लामो समय देखि शिक्षण क्षेत्रमा योगदान पुर्याउदैँ उत्कृष्ट सावित हुँदै आएको बर्नहार्ट कलेज उच्च शिक्षा अध्ययका लागि विद्यार्थीहरुको पहिलो रोजाईमा पर्दछ।
हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज, पुतलिसडक, काठमाडौँ
काठमाडौँ पुतलिसडक स्थित हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। हिमालयन ह्वाईटहाउसमा स्नातक तह अन्र्तगत ईन्जिनियरिङ तर्फ सिभिल ईन्जिनियरिङ, कम्प्यूटर ईन्जिनियरिङ, बायोटेक्नोलोजी ईन्जिनियरिङ, ईलोक्ट्रोनिक ईन्जिनियरिङ र व्यवस्थापन तथा आईटी अन्तर्गतका बीआईटी, बीएचएम, बीबीए लगायतका विषय अध्यापन हुन्छ। ह्वाईटहाउस कलेजमा १०० शिक्षक र ६० जना कर्मचारी कार्यरत छन्।
यस कलेजले काठमाडौँ महानगरसँगको सहकार्यमा शिक्षक कर्मचारीका लागि सिप विकास तालिम र विद्यार्थीहरूका लागि सिपमुलक तथा व्यवसायिक तालिम सञ्चालन गर्दैँ आएको छ। ह्वाईटहाउसमा अध्ययन गरेका विद्यार्थीहरूले प्रतिष्ठित अन्तर्राष्ट्रिय निजी विद्यालहरूमा उच्च अध्ययनका लागि सम्मानित छात्रवृति पुरस्कार प्राप्त गरेका छन्। यस कलेजमा अध्ययनरत प्राय विद्यार्थी सरकारी जागिरमा कार्यरत छन् भने केही विद्यार्थीले अन्तर्राष्ट्रिय संस्थाहरूमा प्लेसमेन्ट प्राप्त गरेका छन्।
नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रियको शिक्षा प्रदान गर्न सुरुवात गरिएको र यस कार्यलाई विगत १३ वर्षदेखि निरन्तरता दिइराख्नु यस कलेजको फरक विशेषता हो। विद्यार्थीको समग्र विकासमा जोड, गुणस्तरीय शिक्षा, सुविधासम्पन्न भैतिक शैक्षिक पूर्वाधार, सरकारी तथा गैरसरकारी निजि संस्थाहरूमा ईन्टर्नसिपको अवसर, शुपथ मुल्यमा अध्यापन, कुशल व्यस्थापन र प्राईम लोकेशनको कारण विद्यार्थीले ह्वाईटहाउसलाई रोज्नुपर्ने कलेजका प्राचार्य तोय नारायणले जानकारी दिए।
नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजि (एनआइईटी) कुपन्डोल, ललितपुर

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज नेपालमा बायोमेडिकल इन्जिनियरिङ विषय पढाइ हुने एक मात्र कलेज हो। यस कलेजले बायोमेडिकल इन्जिनियरिङका साथै स्नातक तहमा कम्प्यूटर इन्जिनियरिङ र बिटेक इन आर्टिफिसियल इन्टेलिजेन्स विषयको पनि अध्यापन सुरु गरेको छ।
ललितपुर कुपन्डोलमा रहेको ‘नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी’ (एनआइईटी) सन् २००५ देखि कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड अप्लाईड साइन्सेसको नामबाट बायोमेडिकल इन्जिनियरिङ विषय पढाइ हुँदै आएको संस्था हो।
बायोमेडिकल इन्जिनियरिङ लागि आवश्यक विभिन्न कोर्स र प्रयोगशालाहरु यस कलेजमा उपलब्ध छन्। यस कलेजले विद्यार्थीलाई सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दे आएको छ। एनआइईटी कलेजले कलेजमा उपलब्ध नभएका प्रविधिको प्रयोगका लागि विद्यार्थीलाई विभिन्न अस्पतालहरु तथा अनुसन्धान केन्द्रहरुमा लागि त्यहाँ उपकरणहरु कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यार्थीलाई प्रयोगात्मक ज्ञान समेत प्रदान गर्ने गर्दछ।
यस कलेजले शैद्धान्तिक मात्र नभई प्रयोगात्मक साथसाथै अनुसन्धानात्मक शिक्षामा जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको पढाई सञ्चालन गरिरहेको छ। यस कलेजमा अध्यापन तथा अनुसन्धानात्मक कार्यका लागि यस विधामा उच्च शिक्षा हासिल गरेका थुप्रै दक्ष प्राध्यापकहरु कार्यरत छन्। पछिल्लो समय यस कलेज आर्थिक वा अन्य कारणले डाक्टर बन्न नसकेका विद्यार्थीहरुको लागि विकल्प बनेको छ।
एनआइईटी कलेजले सन् २००८ र २०१४ मा ठूलो अन्तर्राष्ट्रिय सम्मेलनहरु सफलतापूर्वक आयोजना गरिसकेको छ। जसमा २० भन्दा बढी राष्ट्रका लव्ध प्रतिष्ठित प्राध्यापक, लेखक, वैज्ञानिक, डाक्टर तथा ईन्जिनियरहरुको प्रस्तुति रहेको थियो। त्यसैगरी यस कलेजले सन् २०१७ मा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको थियो।
यी सबै कारणले गर्दा यस कलेजले विश्वविद्यालय अनुदान आयोगबाट नेपालकै पहिलो प्राइभेट कलेजहरुमध्येबाट तथा काठमाडौँ उपत्यकाको इन्जिनियरिङ कलेजहरु मध्येबाट पहिलो गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सफल हुनुका साथै शिक्षा मन्त्रालयबाट समेत सर्वोत्कृष्ट कलेज पुरस्कार प्राप्त गर्न सफल भइसकेकोे छ।
कलेजले हालसम्म करिब ५ सय ५० बायोमेडिकल ईन्जिनियरहरु उत्पादन गरेको छ। १३ ब्याच उत्पादन हुँदासम्म केही नेपालमा कार्यरत छन् भने केही उच्च शिक्षा प्राप्तिको लागि विदेशिएका छन्। विदेशिएकाहरु मध्ये केहि उतै पनि काम तथा अध्यापन र अनुसन्धान पेशामा संलग्न छन्।
एनआइईटीमा अध्ययन गरेका विद्यार्थी चार वर्षका दौरानमा मेसिनहरु सञ्चालन मात्र होइन त्यसको व्यवस्थापनको समेत हरेक पक्षमा जानकार हुन्छन्। मेसिन बिग्रिएको खण्डमा उनीहरु बनाउन पनि सक्छन् र कलेजले पनि कलेजकै खर्चमा प्रयोगशाला तथा पूर्वाधार निर्माण गरेर विद्यार्थी पढाउने गरेको छ। यस कलेजले विद्यार्थीलाई ‘बायोमेडिकल ईक्विप्मेन्ट मेन्टेनेन्स’ भन्ने प्रयोगात्मक शिक्षामा आधारित कोर्स पढाउने गरेको छ। जसमा बिग्रिएका मेसिनहरुलाई खोलेर मर्मत गर्न सिकाँउछ।
क्वेष्ट इन्टरनेशनल कलेज, ग्वार्को, ललितपुर

ललितपुरको ग्वार्काे चोकमा रहेको क्वेष्ट इन्टरनेशनल कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेज हो। क्वेष्ट कलेज विश्वविद्यालय शिक्षामा व्यवस्थापन तर्फका विषय अध्यापन हुने विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षणसंस्था हो। यस कलेजमा ६५ जना शिक्षक र ३५ जना कर्मचारी कार्यरत छन्।
यस कलेजमा व्यवस्थापन संकाय अन्तर्गतका ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन(बीबीए), ब्याचलर इन होटल व्यवस्थापन (बीएचएम), ब्याचलर अफ कम्प्युटर सिस्टम एण्ड इन्र्फरमेसन टेक्नोलोजोजी (बीसीएसआइटी) विषय अध्यापन हुन्छ। यस कलेज आइएसओ सर्टिफाइड हुनुका साथै नेपालको विश्वविद्यालय अनुदान आयोग (युजीसी) बाट कयूष्एष्ठ सर्टिफिकेट प्राप्त कलेज हो।
विद्यार्थी केन्द्रित सुविधा प्रदान गर्दै आएका क्वेष्टले बीएचएम (होटल म्यानेजमेन्ट) विषय अध्ययनको लागि नेपालको दोस्रो उत्कृष्ट कलेज र बेस्ट कलेज फर हस्पिटालिटी एण्ड बिजनेस म्यानेजमेन्ट उपाधी प्राप्त गर्न सफल भएको छ। क्वेष्टले गुणस्तरीय व्यवस्थापन शिक्षा, व्यावसायिक विकास सीप तथा तालिम प्रदान गरी अनुसन्धान र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदैँ आएको छ।
भौतिक शैक्षिक पूर्वधारमा सुसम्पन्न रहेको क्वेष्टमा दक्ष तथा अनुभवि शिक्षकहरुबाट सञ्चालित, विषयगत र प्रयोगात्मक कक्षा सञ्चालन हुन्छ। यस कलेजमा व्यवहारिक, शैद्धान्तिक तथा व्यवसायीक ढंगबाट पठनपाठन हुन्छ। क्वेष्टमा विषयविज्ञ, पाठ्यपुस्तक लेखक तथा अनुभवी शिक्षक समूहबाट अध्यापन हुनुका साथै विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुन्छ। क्वेष्ट विशेष गरि होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरुको रोजाईमा पर्ने गर्दछ।
यस कलेजले आर्थिक रुपमा विपन्न, जेहेन्दार, कमजोर, सीमान्तकृत, पिछडिएका वर्ग, सहयोग चाहिने विद्यार्थी लगायत् एसईई र एसएलसीमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। क्वेष्टले पढाईका अलावा अन्य क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल विद्यार्थीलाई पनि प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराउँछ। स्थापना कालदेखि नै उत्कृष्ट नतिजा र शैक्षिक उपलब्धिमा आफूलाई उत्कृष्ट बनाउन सफल क्वेष्टको शैक्षिक गुणस्तर र नतिजा हरेक वर्ष उकालो चढिरहेको पाईन्छ।
यस कलेजको नतिजा राष्ट्रिय परीक्षा बोर्डको परीक्षा लगायत् प्रतिष्ठित संस्थाले लिने परीक्षामा छात्रवृत्ति कोटा साथै त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षामा समेत अग्रण स्थानमा आउने गरेको छ। क्वेष्टले हरेक बर्ष विद्यार्थीको क्षमता अनुसार स्तरीय पठनपाठन गराउँदै आएको छ। विद्यार्थी केन्द्रित सुविधा प्रदान गर्दै आएका क्वेष्ट बेस्ट कलेज फर हस्पिटालिटी उपाधी प्राप्त गर्न सफल कलेज हो। क्वेष्ट कलेजको ५ रोपनीमा ४ वटा सुविधा सम्पन्न भवन छन्। क्वेष्टमा भूकम्प प्रतिरोधी भवन, डिजिटल कक्षा, ल्याब प्रयोगशाला, खेलमैदान, पुस्तकालय लगायतको भौतिक शैक्षिक पूर्वधार उपलब्ध छन्। विद्यार्थीले यी सबै प्रयोगशालामा आफूले सिकेका कुरा सिकाई वातावरणमा प्रयोगमा ल्याउन सक्छन्।
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटीएम),ललितपुर

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटीएम) कलेज ऐतिहासिक शहर ललितपुरमा अवस्थित रहेको छ। शिक्षाविद् र उद्योग व्यवसायीहरूको टोलीद्वारा एआईटीएम सन् २०१२ जुन २० मा स्थापना भएको हो। यस कलेजले नेपालमा उच्च गुणस्तरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्नातक व्यवस्थापन पाठ्यक्रमहरू प्रदान गर्दछ। यूके अन्तर्गत स्कटल्याण्डको हाइल्यान्डस एण्ड आइल्यान्ड विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एआइटीएम कलेजमा व्यवस्थापन संकाय अन्तर्गत अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रम ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ होटल म्यानेजमेन्ट(बीएचएम), मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) अन्र्तगतको विषय अध्यापन हुन्छ।
प्रयोगात्मक शिक्षा, जब प्लेसमेन्ट, शैक्षिक क्यालेन्डर अनुसारको शिक्षा, इन्टरनेशनल इन्टर्नसिप र इन्टरनेशनल डिग्री प्रदान गर्ने एआईटीएम कलेज पछिल्लो समय विद्यार्थी र अभिभावको रोजाईमा पर्ने गरेको छ। यस कलेजले विश्वविद्यालयसँगराखेको सम्बन्धले विद्यार्थीहरूले विश्वव्यापी मापदण्ड पूरा गर्न र छनोट गरेको क्षेत्रमा सफलता पाउन सहज हुने भएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको सम्बन्धलाई विशेष जोड दिने गरेको छ।
एआईटीएममा बीएचएम ल्याब, आईटी ल्याब, कम्प्युटर ल्याब हुनुका साथै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। १६ रोपनीमा निमार्ण भएको यो कलेजको आफ्नै भौतिक शैक्षिक संरचना हो।एआइटीएमले व्यवहारीक शिक्षामा जोड दिदै आएको छ। मार्कोपोलो पिज्जा मेकिङ र साउथवेस्ट्रन फेसन रनओय प्रतियोगिता जस्ता थुप्रै प्रतियोगितामा यस कलेजका विद्यार्थीले सफलता प्राप्त गरेका छन्।
एआइटीएमले उच्च शिक्षाको लागि प्रत्यक वर्ष ८० हजार विद्यार्थी विदेश जाने चुनौतीलाई रोक लगाउन नेपालमा शुपथ शुल्कमा विश्वस्तरीय कार्यक्रमहरू प्रदान गर्न जोड दिएको छ। जसले गर्दा नेपालको लागीमहत्वाकांक्षी युवा विद्यार्थीहरूले नेपालबाट नै डिग्रीहरू प्राप्त गर्ने मौका पाउँछन्।प्रयोगात्मक शिक्षा, दोस्रो बर्षबाट विद्यार्थीलाई जब ग्यारेन्टि, शैक्षिक क्यालेन्डर, इन्टरनेशनल इन्र्टनसिप र इन्टरनेशनल डिग्री र कम शैक्षिक शुल्कमा गुणस्तरिय शिक्षाको लागि विद्यार्थीले एआईटीएम कलेजलाई रोज्नुपर्ने कलेजका प्रमुख मार्केटिङ अधिकारी बिबेक शाहीले जानकारि दिए।
लर्ड बुद्ध एजुकेशन फाउन्डेशन, मैतिदेवी, काठमाडौँ

काठमाडौँ मैतिदेवी अवस्थित लर्ड बुद्ध एजुकेशन फाउन्डेशन सन् १९९८ मा स्थापना भएका हो। एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेशनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सूचना प्रविधि (आईटी) कलेज हो। यस फाउन्डेशनमा स्थापना कालदेखी २ दशकको समयमा १३ हजार भन्दा बढी विद्यार्थी दिक्षीत भईसकेका छन्।
यस कलेजमा आईटी अन्तर्गतको बीएससीआईटी, कम्युटर इन आर्टिफिसियल ईन्टिलेजेयन्स, डाटा ऐनालाईसेस, साईबर सेकुरेटी आदी विषय अध्यापन हुन्छ।सूचना आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने यस फाउन्डेशनमा हाल १५ सय भन्दा बढी विद्यार्थी अध्यनरत छन्।
नेपालको पहिलो आईटी कलेज भएकोले सूचना प्रविधि क्षेत्रको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाण्डेशनले खेलेको भूमिका अतुलनीय छ। लर्ड बुद्धलेपछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेखीय प्रगती हासिल सफल भएको छ। यस फाउन्डेशनले स्थापना कालदेखि नै सवैका लागि शिक्षा नीति अंगिकार गर्दे आएको छ। लर्ड बुद्धमा विद्यार्थीहरुले शान्त र मनोरम वातावरणमा अत्याधुनिक भवन भित्र प्रविधिमैत्री कक्षाकोठामा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त गर्छन्। यस फाउन्डेशनमा दक्ष, अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन देखाउँदै आएका छन्।
उद्योग र विद्यार्थी बीच रहेको खाडल केहि हदसम्म पुर्ने र मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारीको अपेक्षा गरि यस लर्ड बुद्ध फाउन्डेशनले विभिन्न संस्थाहरुसँग सहकार्य गरि विद्यार्थीहरुलाई इन्र्टनशिप र रोजगारीको अवसर प्रदान गर्दछ। लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विगतमा १० हजार महिलालाई निशुल्क कम्प्युटर तालिम प्रदान गरेको थियो।
नेपालको शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने र सुपथ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको यस कलेजले शिक्षा मार्फत महिला सशक्तीकरणमा महत्वपुर्ण योगदान पुराउदैँ आएको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सीपमूलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिटयान्स बढ्ने उदेश्यले यस फाउन्डेशनले शैक्षिक गुणस्तरलाई विशेष प्राथमिकतामा राख्दै आएको छ।
राप्ती इन्जिनियरिङ कलेज, दाङ, घोराही

लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा अवस्थित‘राप्ती इन्जिनियरिङ कलेज’प्राविधिक र दक्षजनशक्ती उत्पादन गर्न सक्षम संस्थाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल छ। पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित यस कलेजमा दक्ष अनुभवि शिक्षक हुनुका साथै विद्यार्थी मैत्री मनोरम वातावरण पनि छ।
यस कलेजले व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर इन बिजनेश एडमिनिस्ट्रेसन (बीबीए)र कम्प्युटर विषय अन्र्तगत कम्प्युटर इन्जिनियरिङ,सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनइन्जिनियरिङ विषय अध्यापन गराउनुका साथै इन्जिनियरिङमा डिप्लोमा, सर्भे इन्जिनियरिङ प्रि–डिप्लोमा, सिभिल इन्जिनियरिङ प्रि–डिप्लोमा र इलेक्ट्रिकल इन्जिनियरिङ अन्तर्गत इलेक्ट्रोनिक्सका विषयहरू अध्यापन हुन्छ।
यसले लुम्बिनी प्रदेशमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ।विसं २०६४ मा स्थापना भएको यस कलेज शैक्षिक उत्कृष्टता र बौद्धिक विविधताको समिश्रण बन्न सफल छ। यस कलेजले गुणस्तरीय र समयानुकुल शिक्षामा जोड दिदैँ आएको छ। यस कलेजमा विद्यार्थीहरूले शान्त वातावरणमा प्रविधिमैत्री भवन तथा कक्षाकोठामा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त गर्छन्।
नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई अत्याधुनिक भौतिक, शैक्षिक पूर्वाधारसहित प्रविधिमैत्री शिक्षा प्रदान गर्न क्रियाशिल यस संस्था विद्यार्थीको रोजाइमा पर्न सफल छ। राप्ति इन्जिनियरिङ कलेजले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्नमा ध्यान केन्द्रित गर्दछ।
एभरेष्ट कलेज, थापाथली, काठमाडाैँ

त्रिभुवन विश्वविद्यालयद्धारा २०५५ सालमा अनुमति प्राप्त एभरेष्ट कलेज, काठमाडौँ स्थित थापाथलिमा रहेको छ। यस कलेजमा ब्याचलर व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन(बीसीए), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन(बीबीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट(बीबीएम) आदी विषयमा पढाई हुन्छ। यस विद्यालयमा ५३ जना शिक्षक र १२ जना कर्मचारी गरेर कुल संख्या ६५ जना कार्यरत छन्।
यस कलेजले सैद्घान्तिक मात्र नभई प्रयोगात्मक साथसाथै अनुसन्धानात्मक शिक्षामा जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको पढाई सञ्चालन गरिरहेको छ। एभरेष्ट कलेजमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, चमेना गृह र यातायात सहितको भौतिक शैक्षिक पुर्वाधारहरु उपलब्ध छन्। यस कलेजमा अध्यापन तथा अनुसन्धानात्मक कार्यका लागि यस विधामा उच्च शिक्षा हासिल गरेका थुप्रै दक्ष शिक्षककर्मचारीहरु कार्यरत छन्।
यस कलेज शान्त र फराकिलो क्षेत्रफलमा रहेको छ। दक्ष तथा अनुभवी शिक्षक, अध्यापनको आधुनिकशैली, व्यवहारिक तथा प्रयोगात्मक शिक्षा नै यस कलेजको प्रमुख विशेषता हो। लामो समय देखि शिक्षण क्षेत्रमा योगदान पुर्याउदैँ उत्कृष्ट सावित हुँदै आएका एभरेष्ट कलेज उच्च शिक्षा अध्ययका लागि विद्यार्थीहरुको पहिलो रोजाईमा पर्दछ। यस कलेज ५ रोपनि १ भवनमा सञ्चालनमा छ।
टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, सिफल, काठमाडाैँ

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सास कलेज काठमाडौँ स्थित चावहिल, मित्रपार्कमा रहेको छ। टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी कलेजमा व्यवस्थापन संकाय अन्तर्गतको ब्याचलर इन कम्प्युटर विज्ञान र सूचना प्रविधिमा विज्ञान(बीएससी–सीएसआइटी),ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट(बीबीएम), ब्याचलर इन बिजनेस स्टडीज(बीबीएस), ब्याचलर अफ सोसल वर्क(बीए–बीएसडब्लु), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन(बीबीए), ब्याचलर इन सूचना प्रविधि(बीआइटी), ब्याचलर इन होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन कम्प्युटर विज्ञान (बीसीएस) आदि विषय अध्यापन हुन्छ।
यस कलेजले मलेसियाको लिंकन यूनिभर्सिटीद्धारा अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ। ३ रोपनीमा निर्मित ११ भवनमा सञ्चालन हुदै आएको यस कलेजमा कार्यरत शिक्षक कर्मचारीको संख्या ४ सय जना रहेको छ। टेक्सासमा एआइ ल्याब, नेटवर्किङ ल्याब, सिस्को ल्याब, बीएचएम ल्याब, ब्याट्री ल्याब, बारिष्ट ल्याब, आइओटी ल्याब, सीएच ल्याब आदी जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पुर्वाधार उपलब्ध छन्। सिस्को, एआइ, कर, लेखा, आइओएफ जस्ता तालिम सञ्चालन गर्दै आएको यस कलेजको प्रत्यक विषयलाई व्यापारिक तथा व्यवहारसँग जोड्ने प्रमुख विशेषता हो।
विद्यार्थीलाई सिपसँग जोड्ने, व्यवसायिक पाठ्यक्रम, सुसज्जित अपडेट प्रयोगशाला र कलेज काठमाडौँको प्रमुख स्थानमा रहेकोले विद्यार्थीले टेक्सास कलेजलाई रोज्नुपर्ने टेक्सास कलेजका बिजनेस डिर्पाटमेन्टका निर्देशक नारायण पौडेलले विवरणमा उल्लेख गरेका छन्।
भिएस निकेतन कलेज, तिनकुने, काठमाडाैँ

पोखरा विश्वविद्यालयद्धारा मान्यता प्राप्त भिएस निकेतन कलेजमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) विषयमा पढाई हुन्छ। यो क्याम्पस काठमाडौँ स्थित तिनकुनेमा रहेको छ। यो कलेजमा २० जना शिक्षक र ६ जना कर्मचारी कार्यरत छन्। प्रत्यक विद्यार्थीलाई व्यक्तिगत रुपमा नै सिकाईमा फोकस गर्ने यो विद्यालयको फरक विशेषता हो।
आईएसओबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको यस कलेज ३ रोपनी जग्गामा १ भवनमा सञ्चालित छ। भीएसमा प्रोजेक्टर सहितको विद्यार्थीमैत्री कक्षाकोठा, स्वस्थ चमेना गृह, ल्याव, लाईब्रेरी, खेलकुद मैदान र अरु थुप्रै भौतिक शैक्षिक पुर्वाधारहरु उपलव्ध छन्। यस क्याम्पसले एम्पेरियल जस्ता थुप्रै प्रतियोगीताहरुमा पुरस्कार पाएको छ। भीएसका विद्यार्थीहरुले अध्ययन पश्चात विभिन्न वित्तिय संस्था, बैँक, कर्पाेरेट फार्म लगाएत बाहिरी विभिन्न देशमा गएर पनि राम्रो जबप्लेसमेन्ट पाएका छन्।
यस कलेजले भर्चुअल व्यापार, खेलकुद सम्बन्धि, उद्दमी, प्रतिभा खोज तथा विभिन्न खालको तालिम दिदैँ आएको छ। अब्बल तथा अनुभवि शिक्षकहरुबाट सञ्चालित, विषयगत र प्रयोगात्मक कक्षा, व्यवहारिक तथा व्यवसायीक पठनपान र पढाइलाई सिपसँग जोड्ने, व्यवसायिक पाठ्यक्रम, सुसज्जित अपडेट प्रयोगशाला, ल्याब ,स्वस्थ चमेना गृह र अध्ययन पश्चात जब र ईन्टनसिपको समेत व्यवस्था रहेको उल्लेखित विवरण अन्य कलेजको भन्दा फरक विशेषता रहेको भिएस निकेतनका प्रायार्य रञ्जित कुमारले विवरणमा उल्लेख गरेका छन्।
कामद कलेज, तिनकुने, काठमाडाैँ

काठमाडौँ स्थित गैरिगाउँ, तीनकुनेमा रहेको कामद कलेजमा व्यवस्थापन संकाय अन्र्तगतको ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन(बीबीए), ब्याचलर अफ होटल व्यवस्थापन (बीएचएम), ब्याचलर अफ विकास अध्ययन (बीडेभ्स), ब्याचलर अफ कम्प्युटर अनुप्रयोग (बीसीए–आइटी)विषयमा पढाई हुन्छ। कामद कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त कलेज हो। यस कलेजमा शिक्षक १९ जना र १२ जना कर्मचारी कार्यरत छन्।
राष्ट्रिय मान्यता प्राप्त यस कलेजमा सम्पुर्ण रुपमा सुविधा सम्पन्न शैक्षिक प्रशासनिक भवन साथै चमेनागृह, पुस्तकालय एंवम खेलमैदान आदी भौतिक शैक्षिक पुर्वाधारहरु उपलब्ध छन्। कामदले फुटसल प्रतियोगिता र क्रिकेट प्रतियोगिता (२०७८) मा प्रथम र तृतिय स्थान हासिल गर्न सफल भएको थियो।
कामदको विद्यार्थीहरु अध्ययन पश्चात् व्यवस्थापन तथा लेखा र माइक्रोसफ्ट सम्बन्धि तालिम दिदै आएका छन्। यस कलेजमा अध्ययन पश्चात् विद्यार्थीहरुले विभिन्न वित्तिय संस्था, बैँकहरुमा आवद्ध हुदै आफ्नै पेसा व्यवसाय समेत सञ्चालन गर्दे आएका छन्। त्यस्तै विभिन्न सरकारी कार्यालयहरुमा पनि आवद्ध छन्।
प्राईम लोकेसन, प्रविधिको प्रयोग र अनुभवि शिक्षकद्धारा पठनपाठन, विद्यार्थी मैत्री वातावरण, रोजगारमुलक तालिम प्रदान र अन्य भौतिक शैक्षिक सुबिधा रहेको कारण विद्यार्थीले कामदलाइर्. रोज्नुपर्ने कारण कामद कलेजका प्राचार्य काशिनाथ खनालले विवरणमा उल्लेख गरेका छन्।
काठमाडौँ मोडेल कलेज (केएमसी), बागबजार, काठमाडाैँ

काठमाडौँ स्थित बागबजारमा रहेका काठमाडौँ मोडेल कलेज त्रिभुवन विश्वविद्यालयद्धारा २०६० सालमा सम्बन्धन प्राप्त कलेज हो। यस कलेजमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन(बीबीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस)र ब्याचलर अफ कम्प्युटर एप्लिकेसन(बीसीए) विषय पढाई हुन्छ। केएमसीमा ६० प्रतिशत शिक्षक फुल टाईम र ४२ प्रतिशत पार्ट टाईम शिक्षकहरु कार्यरत छन्।
यस कलेजले युजिसी यूनिभर्सिटिद्धारा अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ। नेपालको नम्बर एक उत्कृष्ट कलेजको उपाधी केएमसी पाएको थियो। केएमसी अध्यन अवधि पश्चात विद्यार्थीहरू थुप्रै सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत छन् जसमा आएमइ लाइफमा सीइओ पोस्टमा कवि फुँयाल, उपसचिव ललिता सिलवाल लगाएत थुप्रै विभिन्न क्षेत्रमा कार्यरत छन्।
नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा उत्कृष्ट क्याम्पस अर्वाड पाउनु यस कलेजको फरक विशेषता हो। उत्कृष्ट नतिजा, अन्तराष्ट्रिय मान्यता, उत्कृष्ट क्याम्पस अर्वाड, व्यवहारिक शिक्षा, आफ्नो इन्क्युबेसन र इनोभेसन, धेरै राष्ट्रिय र अन्तराष्ट्रिय संस्था तथा विश्वविद्यालयहरुसँग सुमधुर सम्बन्धको कारण गुणस्तरिय शिक्षाको लागी विद्यार्थीले केएमसीलाई रोज्नुपर्ने कारण केएमसीका प्राचार्य सुरेन्द्र सुवेदीले विवरणमा उल्लेख गरेका छन्।
के एण्ड के ईन्टरनेशनल कलेज, नयाँ बानेश्वर, काठमाडाैँ

त्रिभुवन विश्वविद्यालयबाट २०५४ सालमा सम्बन्धन प्राप्त काठमाडौँ स्थित न्यु बानेश्वरमा रहेको के एण्ड के ईन्टरनेस्नल कलेजमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन(बीसीए), ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर अफ सोसल वर्क (बीएसडब्लु) आदी विषयमा अध्यन हुन्छ। यस कलेजमा शिक्षक ७० जना र ५५ जना कर्मचारी कार्यरत छन्।
यस कलेजमा दक्ष अनुभवि शिक्षक, विद्यार्थी मैत्री वातावरण, सहज पहुँच, निरन्तर उत्कृष्ट नतिजा, प्रयोगात्मक शिक्षा क्रियाकलापमा जोड र ईन्टनसिपको अवसर समेत रहेको कारण विद्यार्थीले के एण्ड के लाई रोज्नुपर्ने विवरणमा उल्लेख गरिएको छ। यस कलेजले डिजिटल मार्केटिङ, ग्लोवल म्यानेजमेन्ट, करियर डेप्लपमेन्ट, सि.भि लेखन सम्बन्धि थुप्रै तालिम दिदैँ आएको छ।
पब्लिक स्पिकिङ प्यालटफर्म, प्रयोगात्मक शिक्षालाई जोड, क्लवमा कोर्स बाहेकको कुरा अध्यापन हुने यो कलेजको फरक विशेषता रहेको यस कलेजका प्रशासन प्रमुख किरण भट्टराईले विवरणमा उल्लेख गरेका छन्।
नेपाल कर्मस क्याम्पस, मिनभवन, काठमाडाैँ

काठमाडौँ स्थित नयाँ बानेश्वरमा रहेको मिनभवन कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २०२१ सालमा स्थापना भएको कलेज हो। यो कलेज त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो व्यवस्थापन कलेजहरू मध्ये एक हो। नेपाल कमर्स क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर इन वित्त बिजनेस एडमिनिस्ट्रेशन (बीबीएःएफ) आदी विषय अध्यापन हुन्छ।
नेपाल कमर्स क्याम्पसले स्थापनाकालदेखि नै दक्ष र व्यावसायिक प्रबन्धकहरू उत्पादन गरी देशको औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यो कलेजमा ९७ जना शिक्षक कार्यरत छन्।
कमर्स क्याम्पसले अनुभवी, समर्पित, प्रोफेसर, विद्वान र बुद्धिजीवीहरूको उत्साही टोलीको साथ, कलेजले हजारौं स्नातक र स्नातकोत्तरहरू उत्पादन गर्दे आएको छ। जसले निरन्तर रूपमा निजामती सेवा, निजी क्षेत्रका साथै उत्कृष्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दे आएको यस कलेजको फरक विशेषता हो।
नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), रविभवन, काठमाडाैँ
काठमाडौँ स्थित कालीमाटीमा रहेको नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) कलेज होटल म्यानेजमेन्टको लागी नेपालको एकमात्र उत्कृष्ट कलेज हो। जुन कलेजमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट(बीटीटीएम) विषय पढाई हुन्छ। यस कलेजमा ६० भन्दा बढी शिक्षकहरू कार्यरत छन्।
नाथममा हुने व्यवस्थापन सम्बन्धि सबै विषय त्रिभुवन र काठमाडौं विश्वविद्यालयसँग आबद्ध छन्। नाथमले पर्यटक गाइड, ट्रेकिङ गाइड, रिभर गाइड, फूड प्रोडक्सन, फूड एण्ड बेभरेज सर्भिस, बरिस्टा, इत्यादि लगायत पर्यटन र आतिथ्यतामा अल्पकालीन तालिमहरू प्रदान गर्दे आएको छ।
पर्यटन शिक्षाका लागि रुचाइएको गन्तव्यको रूपमा स्थापित गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि ’उत्कृष्टता केन्द्र’ बन्ने, होटल उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्ने यो कलेजको मुख्य उदेश्य हो। यो कलेजमा स्मार्ट कक्षा कोठा, प्रशिक्षण भान्सा.तालिम तथा रेस्टुरेन्ट, बरिस्ता प्रशिक्षण, हाउसकिपिङ ल्याब, कम्प्युटर ल्याब जस्ता थुप्रै शैक्षिक पुर्वाधारहरू उपलब्ध छन्।
ख्वप इन्जिनियरिङ कलेज, लिवाली, भक्तपुर

ख्वप इन्जिनियरिङ कलेज भक्तपुर नगरपालिकाद्वारा स्थापित नेपालको पहिलो सामुदायिक इन्जिनियरिङ कलेज हो। विसं २०५६ सालमा स्थापना भएको यस कलेजको मुख्य उद्देश्य गुणस्तरीय इन्जिनियरिङ शिक्षा सबै वर्गका विद्यार्थीहरूलाई शुलभ शुल्कमा प्रदान गर्नु हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस ख्वप इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स र सूचना प्रविधि इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा आर्किटेक्चर इन्जिनियरिङ तर्फको विषय अध्यापन हुन्छ।
ख्वप इन्जिनियरिङ कलेज गुणस्तरीय शिक्षा, अनुभवी तथा दक्ष समुह, नियमित प्रयोगात्मक अभ्यास, आधुनिक प्रविधियुक्त प्रयोगशाला, इन्टरनेट, अनुसन्धानमा जोड, र अनुशासित शैक्षिक वातावरणको कारण इन्जिनियरिङ विषय अध्ययन गर्ने विद्यार्थीको रोजाईमा पर्ने गरेको छ।
यस कलेजमा विद्यार्थीहरूको नेतृत्व विकास, समूहमा कार्य गर्ने सीप, अनुसन्धान गर्ने क्षमता लगायतका सीपहरू अभिवृद्धि र मार्गदर्शनका लागि इन्डस्ट्रियल टुर, इन्टर्नसिप कार्यक्रम र करियर काउन्सिलिङको सुविधा उपलब्ध छ। यस कलेजमा विद्यार्थीहरुले पढाइपछि सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठित संस्था तथा परियोजनाहरूमा सफलतापूर्वक रोजगारी प्राप्त गरेका छन्।
नेशनल कलेज अफ इन्जिनियरिङ (एनसीई), ताल्चिखेल, ललितपुुर

नेशनल कलेज अफ इन्जिनियरिङ (एनसीइ) कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। विसं २०५८ मा स्थापित यस कलेज ललितपुुर ताल्चिखेलमा अवस्थित रहेको छ। यस कलेजमा अनुभवी शिक्षक समूहद्धारा शान्त वातावरणमा अध्यापन हुन्छ।
यस कलेजमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल ईन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङर सञ्चार तथा सूचना इन्जिनियरिङ अन्तर्गतका विषयमा अध्यापन हुन्छ। एनसीई कलेजले रचनात्मक र व्यावसायिक शिक्षा प्रदान गर्न जोड दिदैँ आएको छ।यस कलेजले इन्जिनियरिङ क्षेत्रको ज्ञान र क्षमताहरू सुसज्जित गर्दे दक्ष स्नातकहरू उत्पादन गर्ने उद्देश्य बोकेको छ।
यस कलेजले प्रत्येक विद्यार्थीलाई आठौँ सेमेस्टर पछि इन्टर्नशिपको ग्यारेन्टी गर्छ। एनसीई कलेजले इन्जिनियरिङ क्षेत्रमा विद्यार्थीहरुको चौतर्फी विकासको लागि कलेज विभाग अन्तर्गतका विद्यार्थी क्लब र समाजसँग सहकार्य गरी बुट क्याम्प, कार्यशाला, सेमिनार, परियोजना प्रदर्शन र प्रतियोगिताहरू आयोजना गर्ने गरेको छ।
एनसीईमा कम्प्यूटर ल्याब, हाईड्रोपावर ल्याब, यूनिभर्सल टेस्टिङ ल्याब, ईलोक्ट्रोनिक्स ल्याब, सेमिनार हल आदि भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्। एनसीई विद्यार्थी र संकायलाई अनुसन्धान अनुदान उपलब्ध गराउने नेपालको पहिलो ईन्जिनियरिङ कलेज हो। यस कलेजले जटिल र प्रतिस्पर्धात्मक विश्व बजारमा कुशल इन्जिनियरहरू उत्पादन गर्दै आएको छ।
यस कलेजमा अध्यनरत विद्यार्थीहरु नेपालका सरकारी, गैरसरकारी संस्थामा आवद्ध हुनुको साथै विदेशमा पनि ईन्जिनियरिङ पेशामा कार्यरत छन्। यस कलेजले विद्यार्थीहरुको क्षमता, योग्यता र आर्थिक स्थिति अनुसार प्रत्येक वर्ष विशेष छुट प्रदान गर्ने गरेको छ। विश्वको कडा प्रतिस्पर्धात्मक बजारमा व्यावसायिक स्वार्थलाई भन्दापनि ईन्जिनियरिङ शैक्षिक क्षेत्रको सेवालाई प्राथमिकता दिदैँ आएको यस कलेज इन्जिनियरिङ पढ्ने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, कलंकी, काठमाडौँ

एडभान्स इन्जिनियरिङ कलेज काठमाडौँको कलंकीमा अवस्थित निजी इन्जिनियरिङ शिक्षण संस्था हो। सन् २००० मा स्थापित यो कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। एडभान्स इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ तर्फका सिभिल इन्जिनियरिङ ,इलेक्ट्रोनिक्स र सूचना प्रविधि इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ , इलेक्ट्रिकल इन्जिनियरिङ लगायतका विषय अध्यापन हुन्छ।
यस कलेजमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, स्मार्ट कक्षाकोठा, प्रोजेक्ट वर्क सुविधा, इन्टर्नसिप तथा औद्योगिक भ्रमण सुविधा सहितका अत्याधुनिक भौतिक शैक्षिक पुर्वाधारहरु उपलब्ध छन्। एडभान्स कलेजमा अनुभवी तथा अनुसन्धानमुखी शिक्षककर्मचारी कार्यरत छन्।
यस कलेजमा विद्यार्थीहरु पढाइ पछि नेपालको सरकारी तथा निजी क्षेत्रका इन्जिनियरिङ कम्पनीहरू, निर्माण फर्महरू, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि कम्पनी, परामर्शदाता संस्था लगायतका क्ष्ोत्रहरुमा कार्यरत छन्। साथै धेरै विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा छात्रवृत्ति सहित उच्च शिक्षा अध्ययनका लागि अवसर प्राप्त गरेका छन्। गुणस्तरीय र प्रयोगात्मक शिक्षालाई जोड दिदैँ शिक्षालाई आधुनिक युगसँग सुसंगत बनाउने उद्देश्य बोकेको एडभान्स कलेज पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने गरेको छ।
रिट्ज कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट , बालकुमारी, ललितपुर

हिमाल एजुकेशनल फाउण्डेसन एण्ड रिसर्च सेन्टर अन्र्तगत सञ्चालि रिट्ज कलेज नेपालको प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रहेको छ। पोखरा विश्वविद्यालयवाट सम्वन्धन प्राप्त यस कलेज शिक्षाक्षेत्रका अग्रणी शिक्षकहरू, प्रतिष्ठित प्राविधिक व्यक्तित्वहरू र समाजसेवीहरूको समुहद्वारा स्थापना गरिएको हो। रिट्जले व्यवस्थापन,आतिथ्य व्यवस्थापन (हस्पिटालिटी), कम्प्युटिङ र इञ्जिनियरिङ शिक्षामा नयाँ मापदण्ड स्थापना गर्दै आएको छ। रिट्जमा अध्ययन गरेका विद्यार्थीहरू अत्याधुनिक पूर्वाधार, दक्ष तथा अनुभवि शिक्षकहरूको मार्गदर्शनमा अध्ययन गर्ने अवसर प्राप्त गर्दछन्।
अध्ययन पश्चात विद्यार्थीहरु उत्कृष्ट व्यवसायिक, आतिथ्य क्षेत्रका अगुवा, उद्यमी तथा इञ्जिनियरका रूपमा तयार भएका छन्। विद्यार्थी–कन्द्रित शिक्षण पद्धति स्मार्ट बोर्ड र मल्टिमिडिया उपकरणको प्रयोगसहित नवीनतम शिक्षण प्रविधिमा पठन पाठन गराईनु यस कलेजको विशेषता रहेको छ। गुणस्तरतमा अन्तराष्ट्रिय मान्यता आइएसओ ९००१ः२०१५ प्राप्त यस रिट्ज कलेजले विद्यार्थीहरूलाई सफल र सन्तुष्ट जीवनयात्राका लागि आवश्यक ज्ञान, सीप र आत्मबल प्रदान गर्दै उनीहरूलाई आफ्नो सपना पूरा गर्न प्रेरणा, प्रोत्साहन र मार्गदर्शन प्रदान गर्दे आएको कलेजका प्रिन्सिपल तुलसीराम रिजाल बताउछन्।
यस कलेजले स्नातक तर्फ विएचएम, विसिए , विविए , विई सिभिल तर्फ अध्ययापन गराउदै आएको छ। होटल म्यानेजमेन्ट र कम्प्युटरको अत्याधुनिक ल्याब रहेको यस कलेजमा पुस्तकालय , यातायात र खेलकुदका लागि आवश्यक पुर्वाधारको व्यवस्था रहेको छ। रिट्जका स्नातकहरू २१औँ शताब्दीका चुनौतीहरूलाई आत्मविश्वासका साथ सामना गर्न सक्षम हुनुका साथ विश्व बजारमा नेतृत्व दिन सक्ने क्षमता बोकेका हुने रिट्जका प्रिन्सिपल रिजाल बताउछन्।
क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट , बालकुमारी , ललितपुर

क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालको एक प्रतिष्ठित शैक्षिक संस्थाको रहेको छ। सन् २००३ मा स्थापना भएको क्याथफोर्ड काठमाडौंको मुटुमा अवस्थित छ, जहाँ विद्यार्थीहरूले उत्कृष्ट शिक्षकहरूसँगै अत्याधुनिक स्रोत–साधनहरूको अनुभव प्राप्त गर्नेछन्। त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त गरि यस अन्र्तगतका इन्जिनियरिङ र व्यवस्थापनका विविध कार्यक्रमहरू कलेजले सञ्चालन गर्दे आएको छ। कलेजले हाल स्नातक अन्र्तगत इन्जिनियरिङ तर्फ बीई सिभिल, बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन, बीई कम्प्युटरका कक्षाहरु सञ्चालन गरेको छ।
त्यसैगरि सूचना प्रविधि तर्फ बीएससी सीएसआईटी, बीसीए र व्यवस्थापन तर्फ बीबीए र बीबीएम अन्र्तगतका कक्षा सञ्चालन गर्दे आएको छ। १ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत क्याथफोर्डले स्थापना कालदेखि नै प्रतिस्पर्धी स्नातक र सक्षम जनशक्ति उत्पादन गर्दै आएको छ। क्याथफोर्डले विद्यार्थी केन्द्रित पठनपाठन पद्धतिलाई प्रयोगात्मक , प्रयोगशाला, फिल्ड, परियोजना कार्य र अनुसन्धानका माध्यम मार्फत अघि बढाईरहेको छ। क्याथफोर्डमा अध्ययन गरेका विद्यार्थीहरु अहिले व्यवसायीक भुमिकामा देखिरहेका छन ।क्याथफोर्डले विद्यार्थीहरूलाई सबै प्रकारका स्रोतहरू उपलब्ध गराई, विविध कार्यक्रम र क्रियाकलापहरूमा विद्यार्थीहरुलाई संलग्न गराउदै विद्यार्थीको व्यक्तिगत र व्यावसायिक उन्नतिको अनुभव प्रदान गरेको कलेजका अध्यक्ष सुमन कटुवाल बताउँछन्।
शैक्षिक मात्र नभई व्यावहारिक रूपमा पनि दक्ष प्राध्यापकहरूलाई संलग्न गराउदै आएको छ। गुणस्तरीय शिक्षाबाट वञ्चित आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति तथा वित्तीय सहायता समेत उपलब्ध गराउदै आएको यस कलेजले विभिन्न औद्योगिक प्रतिष्ठानहरु सँग सहकार्य, डिजिटल साक्षरता र प्रयोगात्मक शिक्षा , एआईको प्रयोगमा जोड दिदै विद्यार्थीहरुले आफ्नो पूर्ण सम्भावना उजागर गर्न सक्ने वातावरण प्रदान गरिरहेको छ।
एक्मी इन्जिनियरिङ कलेज, बसुन्धरा, काठमाडौँ

नेपालमा इन्जिनियरिङ शिक्षाको लागि एक प्रतिष्ठित संस्थाको रूपमा स्थापित नाम हो एक्मी इन्जिनियरिङ कलेज। पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध पहिलो इन्जिनियरिङ कलेजको रूपमा स्थापित यस कलेज नेपालकै उत्कृष्ट १० इन्जिनियरिङ कलेजहरूमध्ये एकको रूपमा मान्यता प्राप्त छ। कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न समर्पित यो कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट शिक्षण र अनुसन्धानका लागि उच्च मान्यता प्राप्त गरिसकेको छ। यस कलेजका स्नातकहरू देश तथा विदेशमा विभिन्न जिम्मेवारीपूर्ण स्थानहरूमा कार्यरत छन्।
हाल यस कलेजले स्नातक तर्फ सिभिल, कम्प्युटर, आर्किटेक्चर र इन्र्फरमेसन टेक्नेलोजी लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा मान्यता प्राप्त र सम्मानित रहेका छन्।समयसँगै, एक्मी इन्जिनियरिङ कलेजले थुप्रै सफल विद्यार्थीहरु उत्पादन गरेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इन्जिनियरिङ समुदायमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
विश्वका विभिन्न विश्वविद्यालय र संस्थाहरूसँगको साझेदारी तथा समझदारी गरि कलेजले विद्यार्थीहरूलाई शैक्षिक र सांस्कृतिक आदानप्रदानको अवसर प्रदान गर्दै उनीहरूको शैक्षिक अनुभवलाई अझ समृद्ध बनाउने अवसर उपलब्ध गराउदै आएको छ। यस कलेजमा विषयगत क्षेत्रका प्रतिष्ठित तथा सम्मानित र अनुभवि शिक्षकहरू कार्यरत छन्। यहाँ वास्तविक शैक्षिक वातावरण पाउँछन् र आफूलाई एक सम्पूर्ण इन्जिनियर आर्किटेक्टको रूपमा विकास गर्न सक्ने स्थान पाउँछन्।
नियमित पाठ्यक्रमहरूका अतिरिक्त विभिन्न क्षेत्रका विशेषज्ञहरूलाई गेष्ट लेक्चरकारुपमा वोलाई अनुभव सुन्ने व्यवस्था पनि रहेको छ भने विद्यार्थीलाई सम्बन्धित क्षेत्रमा अध्ययन भ्रमण गरार्ई इन्जिनियरिङ आर्किटेक्चरलको वास्तविक ज्ञान उपलब्ध गराउने व्यवस्था गरिएको छ। कलेजमा वातानुकूलित स्मार्ट कक्षाकोठाहरू, सशक्त एक्मी एलुम्नाइ नेटवर्क हुनुका साथै स्वच्छ क्यान्टिन तथा क्याफेटेरिया,फुटसल, बास्केटबल ,टेबल टेनिस कोट, यातायात आदिको प्रवन्ध गरिएको छ।
प्राविधिक रूपमा मात्र होइन, नैतिक मूल्ययुक्त, जिम्मेवार इन्जिनियर तथा आर्किटेक्ट उत्पादन गर्नुनै कलेजको मुख्य उदेश्य रहेको प्रिन्सिपल प्रदिप कुमार पौडेल बताउँछन्।
जियोम्याटिक इनस्टिच्युट अफ टेक्नोलोजी, थापाथली, काठमाडाैँ
पूर्वाञ्चल विश्वविद्यालयवाट सम्वन्धन प्राप्त यस जिआइटीे नेपालकै पहिलो जियोम्याटिक कलेज हो। इन्जिनियरिङ क्षेत्रलाई समाजको समग्र विकास र समृद्धिको एक मुख्य आधारको रूपमा लिइन्छ। द्रुत, गतिशील र अत्यन्तै नवप्रवर्तनशील विश्व परिवेशमा केवल परम्परागत शिक्षाले मात्र पुग्दैन, यही आवश्यकतालाई ध्यानमा राख्दै, जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी (न्क्ष्त्)ले सन् २००४ देखि जियोम्याटिक्स इन्जिनियरिङमा स्नातक कार्यक्रम बीइ इन जियोम्याटिक इन्जिनियरिङ सञ्चालन गर्दै आएको छ।
साथै, यस कलेजले निकट भविष्यमा स्नातकोत्तर तहको जियोम्याटिक्स इन्जिनियरिङ कार्यक्रम सुरु गर्ने तयारी पनि गरेको छ। जियोम्याटिक (सर्भेइङ) इञ्जिनियरिङ २१औँ शताब्दीको एक उदाउँदो सूचना प्रविधि हो। यसले स्थानिक डाटा प्राप्ति, मोडेलिङ, विश्लेषण र व्यवस्थापनसँग सम्बन्धित कार्यहरू समेट्छ। यसमा उपग्रहमार्फत पोजिसनिङ, रिमोट सेन्सिङ, भू–सर्भेक्षण तथा भौगोलिक सूचना व्यवस्थापनजस्ता रोमाञ्चक कार्यहरू सामेल हुन्छन्।
जियोम्याटिक नेपालसहित विश्वभर तीव्र गतिमा विकास भइरहेका सूचना विज्ञानहरूमध्ये एक हो। नेपालमा जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी (न्क्ष्त्) शैक्षिक उत्कृष्टताको पर्याय बन्दै गएको छ। यस कलेजको शैक्षिक वातावरणले विद्यार्थीहरूलाई उत्कृष्ट उपलब्धि हासिल गर्न प्रेरित गर्दे आएको छ।आधुनिक पूर्वाधार, दक्ष तथा अनुभवी र समर्पित प्राध्यापक तथा दक्ष व्यवस्थापनले यस कलेजमा विद्यार्थीको आकर्षण बढाएको छ।
यसले आफ्ना विद्यार्थीहरूलाई उत्कृष्ट इन्जिनियरिङ र प्राविधिक शिक्षा प्रदान गर्दै व्यक्तिगत क्षमताको अधिकतम उपयोग गर्न सक्ने अवसर सृजना गरेको छ। शैक्षिक गतिविधिसँगै, न्क्ष्त् ले विद्यार्थीलाई सामाजिक तथा सांस्कृतिक कार्यक्रम, समुदायगत क्रियाकलाप र नेतृत्व विकासमा संलग्न हुने अवसर पनि प्रदान गर्ने गरेको कलेजका प्रिन्सिपल पुण्यप्रसाद ओली बताउँछन्। सन् १९९० को दशकअगाडि यस कार्यक्रमलाई “सर्भेइङ टेक्नोलोजी” भनेर चिनिन्थ्यो। अहिले भने “जियोम्याटिक” भन्ने शब्द शैक्षिक संस्था, सरकार तथा निजी क्षेत्रहरूमा व्यापक रूपमा प्रयोग भइरहेको छ। यसले परम्परागत सर्भेक्षण तथा नक्सांकनभन्दा बाहिर गएर अत्याधुनिक प्रविधिहरू प्रयोग गर्दै विकासका लागि सूचना संकलन तथा व्यवस्थापनको विस्तृत क्षेत्र समेट्छ। क्लेजले प्रत्येक कक्षामा कूल विद्यार्थी संख्याको १०% सम्मलाई छात्रवृत्ति प्रदान गर्दे आएको छ। कलेजले सुविधा सम्पन्न क्यामेस्ट्रि, फिजिक्स, इलेक्ट्रिक र कम्प्युटर ल्याव साथै पुस्तकालय, चमेना गृहको समेत राम्रो प्रबन्ध गरेको छ।
हिमालय कलेज अफ इञ्जिनियरिङ, च्यासल, ललितपुर

हिमालय कलेज अफ इञ्जिनियरिङ,त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त गरि सन् २००० मा स्थापना भएको हो ।गुणस्तरीय इञ्जिनियरिङ शिक्षा प्रदान गरि देशको विकासमा महत्वपूर्ण योगदान दिने दक्ष इञ्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ यस कलेज अघि बढि रहेको छ । हाल कलेजले कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ, आर्किटेक्चर तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी द्यक्अ ,ऋक्क्ष्त् का स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शैक्षिक क्षेत्रमा लामो समयदेखि आबद्ध प्राज्ञिक टिमद्वारा संचालित यस कलेज ललितपुरको च्यासलमा अवस्थित रहेको छ ।कलेज रहेको स्थान सबै दिशाबाट सहज र पहुँच योग्य रहेको छ।
कुल १९.५ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजमा सात तल्ले मुख्य भवन र पाँचवटा प्रयोगशाला भवनहरू रहेका छन्।कलेजले इञ्जिनियरिङ अध्ययन संस्थानले तोकेको शैक्षिक र प्रशासनिक मापदण्डहरू कडाइका साथ पालना गरेको छ। पठन–पाठन प्रक्रियालाई अझ प्रभावकारी बनाउन कलेजले नियमित रूपमा सेमिनार, कार्यशाला, तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ। साथै, स्थलगत भ्रमण, परियोजना कार्य र व्यावहारिक अभ्यासहरू मार्फत विद्यार्थीहरूको अनुभवलाई सशक्त बनाउने प्रयास पनि गर्दे आएको छ। कलेजले प्रत्येक वर्ष अन्तरकलेज र अन्तरविद्यार्थी खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।
२०६५मा काठमाडौँमा आयोजित अन्तरइञ्जिनियरिङ कलेज प्रतियोगितामा कलेजको रोबोटिक्स टिमले ग्रान्ड प्रिक्स उपादी जित्न सफल भएको थियो। साथै कलेजका विद्यार्थीहरूले भारतको मुम्बइमा सन् २०११ र २०१३ मा आयोजित टेक फेस्टमा पनि सहभागिता जनाएका थियो। यस कलेजको रोबोटिक्स क्लबले नेपालभित्र हुने विभिन्न प्रतियोगिताहरूमा सक्रिय सहभागिता जनाउँदै विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउँदै आएको छ। कलेजबाट स्नातक भएका इञ्जिनियरहरू कम्प्युटर, इलेक्ट्रोनिक्स तथा कम्युनिकेशन, सिभिल इञ्जिनियरिङ र वास्तुकलाको क्षेत्रमा दक्षता देखाउँदै आएको कलेजका प्रिन्सिपल डा.रविन्द्र राज गिरी बताउँछन्। यस कलेजका विद्यार्थीहरूले परीक्षाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका छन्।
पोखरा इन्जिनियरिङ कलेज, फिर्के, पोखरा

पोखरा इन्जिनियरिङ कलेज(पेक) इन्जिनियरिङ विषय अध्ययनका लागि काठमाडौं उपत्यका वाहिर रहेको अग्रणी शैक्षिक संस्थाका रुपमा रहेको छ। राजधानी काठमाडौं बाहिर इन्जिनियरिङ पढ्ने विकल्प नभएको समयमा संस्थापक प्रिन्सिपल स्व. ई. लेख बहादुर गुरुङले पोखरा विश्वविद्यालयको सम्बन्धनमा निजी पहलमार्फत कलेज स्थापना गरेका हुन्।
कलेजले हाल सिभिल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन र कम्प्युटर इन्जिनियरिङमा स्नातक तहका कार्यक्रम संचालन गर्दे आएको छ। अनुभवसिद्ध तथा योग्य शिक्षकहरू, आधुनिक शिक्षण पद्धति, नियमित कक्षाहरू, मैत्रीपूर्ण वातावरणजस्ता पक्षहरू एभ्ऋ का विशेषताहरू हुन्। यस कलेजले विद्यार्थीको उत्कृष्ट सिकाइको लागि अनुकूल वातावरण प्रदान गर्दे आएको छ। प्राविधिक शिक्षा अभ्यासमुखी हुन्छ भन्ने बुझाइका साथै सैद्धान्तिक कक्षासँगै प्रयोगशाला अभ्यास र फिल्ड भिजिटहरूलाई कलेजले सधैं प्राथमिकतामा राखेको छ।
उत्कृष्ट पूर्वाधार र आधुनिक प्रयोगशाला उपकरणहरू रहेको यस कलेजले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनुका साथै , डिग्री पश्चात सजिलै व्यवसायीक जीवनमा स्थापित हुने वातावरण वनाउने गरेको छ। कलेजका स्नातकहरूले हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूमा सफल भविष्य बनाउँदै आफ्नो सेवा प्रदान गरिरहेका छन्।
कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, नेपालगञ्ज, बाँके

कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरि २०७० मा स्थापना भएको काठमाडौँ वाहिरको इन्जिनियरिङ सँगै व्यवस्थापन विषय पढाई हुने उत्कृष्ट शैक्षिक संस्थाका रुपमा रहेको छ। नवीन सोच, लामो अनुभव, र नेपालमा आधुनिक, वैज्ञानिक तथा प्राविधिक शिक्षाको स्तर उकास्ने दृढ प्रतिबद्धता भएका व्यक्तिहरूको टोलीको पहलमा यस कलेजको स्थापना गरिएको हो। कलेजले विद्यार्थीहरूलाई व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरेर उनीहरूको भविष्य सुनिश्चित गर्नुका साथै समाज र राष्ट्रको सेवामा समर्पित गराउने उद्देश्य राखेको छ।
पश्चिम नेपालमा अवस्थित यस कलेजले सिभिल इन्जिनियरिङ र सूचना प्रविधिमा स्नातक तहका पाठ्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। विज्ञ र अनुभवी शैक्षिक तथा व्यावसायिक प्राध्यापकहरू मार्फत अध्यापन हुदै आएको यस कलेज व्यवहारिक र सृजनात्मक सोच भएका इन्जिनियर उत्पादनमा प्रतिबद्ध छ। उत्कृष्ट शैक्षिक वातावरण, शान्त परिवेश, अनुशासनयुक्त र स्वच्छ वातावरण यस कलेजका विशेषताहरू हुन्।
कलेजमा सुव्यवस्थित पुस्तकालय, कम्प्युटर ल्याब, इन्टरनेट सुविधा, र विद्यार्थीको प्रगतिबारे नियमित रिपोर्टिङको व्यवस्था रहेको छ। गुणस्तरीय शिक्षा र अध्ययन पश्चात् करियर काउन्सेलिङमा निरन्तर प्रतिबद्धता रहेको यस कलेजले आवश्यक र योग्य विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था गरेको छ। प्राविधिक रूपमा दक्ष, नवप्रवर्तनशील र नैतिक इन्जिनियर उत्पादन गर्नुनै यस कलेजको विशेषता रहेको छ।
कलेजले अन्तरक्रियात्मक कक्षा, इन्टर्नसिप, प्रोजेक्ट, र फिल्ड भिजिटमार्फत व्यवहारिक तालिम, मल्टिमिडिया, ई-लर्निङ, शैक्षिक सफ्टवेयरजस्ता आधुनिक शिक्षण सामग्रीको प्रयोग,विद्यार्थीको प्रगतिको मूल्याङ्कन र सुधारको लागि नियमित परीक्षण मार्फत विद्यार्थीको सिकाईलाई तिर्खादै लाने गरेको छ। कलेजले प्रवेश परीक्षामा सर्वाधिक अंक ल्याउने योग्य विद्यार्थीलाई पूर्ण शुल्क छुट, निश्चित स्तरको शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई आंशिक शुल्क छुट र आर्थिक रूपले कमजोर विद्यार्थीलाई आर्थिक आधारमा छात्रवृत्ति प्रदान गर्ने गरेको छ।
सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थासँग सम्बद्ध, सगरमाथा इन्जिनियरिङ कलेज नेपालकै एक अग्रणी शैक्षिक संस्थामा पर्दछ। उच्च गुणस्तरको इन्जिनियरिङ शिक्षामा समर्पणका साथ नवीनता र अनुसन्धानलाई प्रवद्र्धन गर्दै आएको यस कलेजको स्थापना सन् २०१० मा भएको हो।
इन्जिनियरिङ क्षेत्रमा उत्कृष्टताको केन्द्र बन्ने दृढ लक्ष्यका साथ स्थापना गरिएको यस कलेजले हाल सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स र सूचना तथा सञ्चार, विषयमा स्नातक तहमा अध्ययापन गराउदै आएको छ।
यस कलेजले अत्याधुनिक शैक्षिक भौतिक पूर्वाधार , समर्पित र अनुभवी शिक्षक, व्यावसायिक अभ्यास र अनुभव , अनुसन्धान र नवीनता , दिगो विकासको लागि सशक्तीकरण, समावेशी शिक्षण वातावरण , पेशागत विकास आदिमा जोड दिएको छ । कलेजमा आधुनिक पूर्वाधार, अत्याधुनिक प्रयोगशाला, पुस्तकालयका साथै व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्ने स्रोतहरू उपलब्ध गराईएको छ।
दक्ष तथा अनुभवी शिक्षकहरूबाट विद्यार्थीहरूले व्यक्तिगत मार्गदर्शन, परामर्श र समग्र शिक्षामा साथ दिदै विद्यार्थीहरुकोे ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने कार्य यस कलेजले गर्दे आएको छ। औद्योगिक संस्था, सरकारी निकाय र शैक्षिक संस्थासँगको सहकार्यमार्फत कलेजले विद्यार्थीहरूलाई इन्टर्नशिप, प्रयोगात्मक सिकाइ र रोजगारीका अवसरहरू समेत प्रदान गर्ने गरेका छ।
विद्यार्थी र शिक्षकहरूलाई अनुसन्धानमा सक्रिय सहभागी हुन, अन्तरविषयगत सहकार्य गर्न र वास्तविक चुनौतीहरूको समाधानका लागि नविन उपायहरू विकास गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने गरिएको यस कलेजका प्रिन्सिपल दक्षिणा श्रेष्ठ बताउँछिन्। विद्यार्थीहरूको नेतृत्व क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न सेमिनार, कार्यशाला तथा तालिम कार्यक्रमहरू कलेजले सञ्चालन गर्दे आएको छ।
कसमस इन्जिनियरिङ कलेज, तालचिखेल, ललितपुर

ललितपुर तालचिखेलमा अवस्थित सन् २००१ मा स्थापित कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। कसमसमा ईन्जिनियरिङ तर्फ सिभिल इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ लगायतका विषयमा अध्यापन हुन्छ। कसमस कलेजले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको छ।
यस कलेजले सैद्घान्तिक मात्र नभई प्रयोगात्मक साथसाथै अनुसन्धानात्मक शिक्षामा जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको पढाई सञ्चालन गरिरहेको छ। कसमसमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, चमेना गृह र यातायात सहितको भौतिक शैक्षिक पुर्वाधारहरु उपलब्ध छन्। यस कलेजमा अध्यापन तथा अनुसन्धानात्मक कार्यका लागि यस विधामा उच्च शिक्षा हासिल गरेका थुप्रै दक्ष शिक्षककर्मचारी कार्यरत छन्।
यस कलेज शान्त र फराकिलो क्षेत्रफलमा रहेको छ। दक्ष तथा अनुभवी शिक्षक, अध्यापनको आधुनिकशैली, व्यवहारिक तथा प्रयोगात्मक शिक्षा नै यस कलेजको प्रमुख विशेषता हो। लामो समय देखि शिक्षण क्षेत्रमा योगदान पुर्याउदैँ उत्कृष्ट सावित हुँदै आएका कसमस कलेज उच्च शिक्षा अध्ययका लागि विद्यार्थीहरुको पहिलो रोजाईमा पर्दछ।