काठमाडाैँ - विद्यालय शिक्षा कक्षा १ देखि १२ सम्म भए पनि विद्यार्थीले कक्षा १० उत्तीर्ण गरेपछि विद्यालय परिवर्तन गर्दै आएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र अभिभावक आफूले चाहेको विषय अध्यापन हुने गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षणसंस्थाको खोजिमा हुन्छन्। कक्षा १० उत्तीर्ण गरेपछि देशभरबाट गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि धेरै विद्यार्थीहरु काठमाडौँ उपत्यका भित्र अध्ययनका लागि पनि आउने गरेका छन्।
हामीले उत्कृष्ट विद्यालय छनोट गर्दा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १० को परीक्षामा प्राप्त गरेकोे नतिजा, अध्ययनरत कुल विद्यार्थी संख्या, अध्यापन हुने विषय, भौतिक शैक्षिक पूर्वाधार, अध्ययन पश्चात विद्यार्थीले प्राप्त गरेका उपलब्धी, शिक्षण सिकाइ उपलब्धी, शिक्षक विद्यार्थी अनुपात, अन्तरविद्यालय प्रतियोगितामा प्राप्त गरेका पुरस्कार, विद्यालयले सञ्चालन गर्ने तालिम र प्रतियोगिताको आधारमा काठमाडौँ उपत्यका भित्रका २५ उत्कृट शिक्षणसंस्था छनोट गरेका हौँ। विद्यार्थी र अभिभावकलाई राम्रो विद्यालय छनोटमा मद्दत पुग्ने उदेश्यको साथ फेयरएक्सप्रेस मिडियाले कक्षा ११ र १२ को अध्यापन हुने २५ उत्कृष्ट शिक्षणसंस्थाकाे सूची वर्णानुक्रम अनुसार तयार गरेको छ।
विद्यार्थीले आफूले रोजेको विषय र अध्ययन गरेको विद्यालयले नै आफ्नो भविष्यको रुपरेखा कोर्ने भएकाले विषय र विद्यालय रोज्दा आफ्नो रुचि र अभिभावकको क्षमतालाई पनि ध्यान दिन विज्ञले सुझाब दिएका छन्।
विद्यार्थीले कक्षा ११ अध्ययन गर्ने विद्यालय छनोट गर्दा विद्यालयको गुणस्तर, विद्यार्थीकेन्द्रित शैक्षिक वातावरण, विगतको नतिजा, पाठ्यक्रममा आधारित पठनपाठन, त्यहाँबाट उत्तीर्ण विद्यार्थीको जीवनशैली र रोजगारीको अवसरका बारेमा ध्यान दिदैँ विद्यालयले विद्यार्थीलाई प्रदान गर्ने सेवासुविधा, फ्यागल्टी मेम्बर, शिक्षक, छात्रवृत्ति लगायतका कुरामा ध्यान दिनुपर्ने सुझाब विज्ञको छ।
उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ हिसानका अध्यक्ष रमेश शिलवालले विद्यालयको विज्ञापन, प्रचार, चम्किलो भवन, सामाजिक सञ्जालमा देखिने तामझाम र ‘ब्रान्ड’ नामले धेरै अभिभावक भ्रममा नपर्न र महँगो शुल्क तिरे शिक्षा राम्रो हुन्छ भन्ने मानसिकता हटाउन सुझाव दिएका छन्। उनले शैद्धान्तिक ज्ञानका साथै व्यवहारिक शिक्षा प्रदान गर्दै आएको विद्यार्थीको सर्वाङ्गिण विकासमा केन्द्रित शिक्षण संस्था रोज्नुपर्नेमा जोड दिए।
विद्यार्थीले विद्यालय छनोट गर्दा ध्यान दिनुपर्ने १० कुरा
१. विद्यार्थी एंव अभिभावकले सर्वप्रथम कुशल व्यवस्थापन र दक्ष अनुभवि शिक्षक भएको विद्यालय छनोट गर्नुपर्छ।
२. विद्यालयले आफ्नो लामो अनुभवबाट अभिभावकसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विश्वसनियता हासिल गर्न सकेको विद्यालय रोज्नुपर्छ।
३. अध्ययन अध्यापनलाई प्राथमिकतामा राख्दै राजनीतिक गतिबिधीबाट मुक्त विद्यालय विद्यार्थीका लागि उपयुक्त हुन्छ।
४. विद्यार्थीले आफू बस्ने घर देखी विद्यालय सम्मको दुरी कम भएको विद्यालय रोज्नुपर्छ।
५. अभिभावकले धान्न सक्ने शैक्षिक शुल्क भएको विद्यालयमा आफ्ना छोराछोरीलाई अध्यापन गराउनु नै उपयुक्त हुन्छ।
६. विद्यालयको कक्षा कोठा र विद्यालय परिसरको वातावरण विद्यार्थीमैत्री र प्रविधी मैत्री हुनुपर्छ।
७. विद्यार्थीले विद्यालयले आन्तरिक क्रियाकलाप, अध्ययन, अध्यापनसँगै बाह्य क्रियाकलापमा जोड दिने विद्यालय छनोट गर्नुपर्छ।
८. विद्यालयले रचनात्मक तथा प्रयोगात्मक सिकाइलाई कसरी उपयोग गरेको छ भन्ने विषयमा अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्छ।
९. विद्यार्थीले आफू अध्ययन गर्न जान चाहेको विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको स्थिति कस्तो छ? त्यहाँका उत्पादनले स्वदेशी तथा विदेशी विश्वविद्यालयमा भर्ना पाएका छन् कि छैनन्? रोजगारीको अवस्था के छ ध्यान दिनुपर्छ।
१०. विद्यालयको भौतिक शैक्षिक पूर्वाधार, ल्याब, लाइब्रेरी, खेल मैदान जस्ता कुरामा पनि ध्यान दिनु जरुरी छ।
विद्यार्थी र अभिभावकलाई राम्रो विद्यालय छनोटमा मद्दत पुग्ने उदेश्यको साथ फेयरएक्सप्रेस मासिकले कक्षा ११ र १२ को पढाइ हुने २५ उत्कृष्ट विद्यालयको सूची वर्णानुक्रम अनुसार तयार गरेको छ।
यि हुन् काठमाडौँ उपत्यका भित्रका २५ उत्कृष्ट शिक्षणसंस्था
- ओमेगा कलेज, कुमारीपाटी, ललितपुर
- एलआरआई स्कुल, कलंकी
- क्यापिटल कलेज एण्ड रिर्सच सेन्टर (सीसीआरसी), कोटेश्वर, काठमाडौँ
- काठमाडौँ मोडल माध्यमिक विद्यालय, बागबजार, काठमाडौँ
- काठमाडौँ बर्नहार्ट माध्यमिक विद्यालय, बल्खु, काठमाडौँ
- काठमाडौँ वल्ड स्कुल, गुण्डु, भक्तपुर
- ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्य बानेश्वर, काठमाडौँ
- ग्लोबल स्कुल अफ साइन्स, मध्य बानेश्वर, काठमाडौँ
- गोल्डेनगेट कलेज, बत्तिसपुतली, काठमाडौँ
- ट्रिटन इन्टरनेशनल कलेज, तिनकुने, काठमाडौँ
- ट्रिनिटि कलेज, डिल्लीबजार, काठमाडौँ
- टेक्सस इन्टरनेशनल कलेज, चावहिल, काठमाडौँ
- नेपाल मेगा कलेज, बबरमहल, काठमाडौँ
- पिनाकल एकेडेमी, लगनखेल, ललितपुर
- प्रसादी एकेडेमी, मानभवन, ललितपुर
- भिएस निकेतन एकेडेमी, मिनभवन, काठमाडौँ
- मनास्लु वल्ड कलेज, चुच्चेपाटी, चावहिल, काठमाडौँ
- मुनलाइट सेकेन्डरी स्कुल, कुमारीपाटी, ललितपुर
- युनिग्लोभ कलेज, कमलादी, काठमाडौँ
- रिलायन्स इन्टरनेशनल एकेडेमी, सरस्वतिनगर, चावहिल
- लिभरपुल इन्टरनेशल कलेज, नयाँ बानेश्वर, काठमाडौँ
- विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौँ
- समृद्धि स्कुल, बालाजु, काठमाडौँ
- सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौँ
- ज्ञानोदय माध्यमिक विद्यालय, बाफल, काठमाडौँ

ललितपुर महानगरपालिका १४ मा रहेको ओमेगा माध्यामिक विद्यालयमा विज्ञान तथा व्यवस्थापन तर्फका विषय अध्यापन हुन्छ। कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ५ सय ६२ जना, २०८० सालमा १ हजार ४ सय ८९ जना र २०७९ सालमा १ हजार १ सय ७१ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको २०८० सालको परीक्षाको नतिजा अनुसार ९९.४४ प्रतिशत, २०७९ सालको नतिजामा ९९.३४ प्रतिशत र २०७८ सालमा ९८.६२ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएका थिए।
उत्कृष्ट नतिजा र प्रयोगात्मक शिक्षाका कारण ओमेगा विद्यार्थीको आकर्षणको केन्द्रमा पर्ने गरेको छ। यस विद्यालयमा ११७ जना शिक्षक तथा ४८ जना कर्मचारी कार्यरत छन्। ओमेगामा २ जना विदेशी विद्यार्थी अध्ययनरत छन्। १० रोपनि क्षेत्रफलमा फैलिएको यस विद्यालयमा सुविधासम्पन्न अत्याधुनिक प्रयोगशाला हुनुका साथै विद्यार्थीमैत्री वातावरणमा अध्यापन हुन्छ।
यसका साथै विद्यालयले विद्यार्थीलाई सहजीकरणको लागि प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह, पुस्तकालय, यातायात लगायतको व्यवस्था गरेको छ। ओमेगाले १२० भन्दा बढी विद्यालयका गणित र विज्ञान विषय शिक्षकलाई तालिम प्रदान गरेको थियो। यस विद्यालयले शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र पाठ्यक्रम सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।
ओमेगाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ५० हजार रुपैँया प्राप्त गर्न सफल भएको थियो भने अन्तर विद्यालय फुटसल, बास्केटबल, नृत्य र टेबल टेनिस लगायतका प्रतियोगिताहरुमा विभिन्न पदक जित्न सफल भएको छ। ओमेगा विद्यालयको विद्यार्थी योङ्गी पौडेल दक्षिण एसिया युथ च्यापेनशिपमा टेबल टेनिस खेलमा नेपालबाट छनोट भएकी थिइन्।
यस विद्यालयका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आंशिक छात्रावृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।यस विद्यालयले विषयगत भ्रमण, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, जिवनोपयोगी शिक्षा र उत्कृष्ट नतिजा ल्याउन सफल भएको ओमेगा माध्यामिक विद्यालयका प्राचार्य रमेश अधिकारीले जानकारी दिए।

काठमाडौँको कलंकीमा रहेको लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) स्कुलमा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयले प्रयोगात्मक र व्यवहारिक शिक्षामा जोड दिदैँ आएको छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को विगत ३ वर्षको परीक्षामा शतप्रतिसत नतिजा ल्याउन सफल एलआरआईमा गतवर्ष कक्षा ११ र १२ मा ४७२ जना विद्यार्थीले अध्ययन गरेका थिए। एलआरआईले कक्षा ११ मा २ सय ३६ जना विद्यार्थीको भर्ना लिने गरेको छ। यहाँ विदेशी विद्यार्थीहरू पनि अध्यनत छन्।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ४० जना रहेको छ। २२ रोपनि क्षेत्रफलमा फैलिएको एलआरआई स्कुलमा १० वटा सुविधासम्पन्न भवन रहेका छन्। एलआरआई स्कुलमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक डिजीटल पुस्तकालय हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रवन्ध रहेको छ।
एलआरआईले क्रिकेट टुर्नामेन्टका १० भन्दा बढी प्रतियोगितामा पुरस्कार प्राप्त गर्नुका साथै विद्यार्थीलाई भाषागत, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला, मुट कोर्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एलआरआई ट्यालेन्ट हन्ट, बारिस्टा, कुकिङ, बेकरी, प्लम्बिङ, बास्केटबल, फुटबल, फुटसल लगायतका तालिम तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। पछिल्लो समय जेन्जी पुस्ताका विद्यार्थीहरुलाई जीपीए र ग्रेडमा मात्रै केन्द्रित नगरी ग्लोबल एजुकेशन प्रदान गर्नु यस विद्यालयको प्रमुख उदेश्य हो।
यस विद्यालयका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि विज्ञान, व्यवस्थापन, मेडिकल, ईन्जिनियरिङ लगायतका क्षेत्रमा पूर्ण तथा आंशिक छात्रवृत्तिसहित स्वदेशि तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत छन्। विद्यालयका कुनै पनि विद्यार्थीसँग अर्काे विद्यार्थी तुलना नगर्नु यस विद्यालयको फरक विशेषता हो। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु, विद्यार्थी मैत्री शैक्षिक वातावरणमा अध्यापन गराउनु, प्रत्येक विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तित्व विकासको अवसर प्रदान गर्नु यस विद्यालयको विशेषता हो। विद्यार्थीलाई शैक्षिक मार्गदर्शन, उत्प्रेरणासँगै भौतिक सुविधा उपलव्ध गराउँदै आएको विद्यालयका उच्च शिक्षा प्रमुख पुस्करनाथ फुलाराले जानकारी दिए।

काठमाडौँ कोटेश्वरमा अवस्थित क्यापिटल माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन र कानुन संकाय तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा २ हजार ५ सय ५४ जना, २०८० सालमा २ हजार ३ सय ७८ जना र २०७९ मा २ हजार ३ सय ७८ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा क्यापिटल माविले २०८० सालमा ९९.७ प्रतिशत ,२०७९ मा ९९.५ प्रतिशत र २०७८ सालमा ९८.६ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १८४ जना रहेको छ। यस विद्यालय १० रोपनि क्षेत्रफलमा र ५ वटा भवनमा अवस्थित छ।क्यापिटल माविमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात लगायतको सुविधा रहेको छ। यस विद्यालयले विज्ञान प्रविधि सम्बन्धि तालिम प्रदान गर्नुको साथै अन्तरविद्यालय विज्ञान प्रर्दशनी, हाजिरी जवाफ, कविता, बक्तृत्वकला, बास्केटबल, फुटबल, चेस, फुटसल लगाएतका थुप्रै प्रतियोगिताहरु सञ्चालन गर्दे आएको छ।
क्यापिटल माविले हिसान बास्केटबल, बास्केटबल टुर्नामेन्ट, फुटबल टुर्नामेन्ट, क्रिकेट तथा टेबलटेनिस टुर्नामेन्ट लगायतका फिजिक्स ओलम्पीयाड, हाजिरी प्रतियोगिता जस्ता थुप्रै प्रतियोगितामा उपाधी जित्न सफल भएको छ। विद्यार्थीको चाहाना अनुसार पठनपाठन गराउनु, कक्षा ११ र १२ लाई लक्षित गरि सुरुदेखी नै तयारी कक्षा सञ्चालन गर्नु यस विद्यालयको फरक विशेषता हो। यस विद्यालयका विद्यार्थीहरु चिकित्सक, ईन्जिनियर, सिए, अधिवक्ता, कृषि वैज्ञानिक लगायतका थुप्रै ठाउँहरुमा कार्यरत छन्।
गुणस्तरीय शिक्षा, दक्ष तथा अनुभवि विषयगत शिक्षक, अतिक्ति क्रियाकलापमा जोड, पूर्व तयारी कक्षा सञ्चालन, व्यवस्थित र आधुनिक भौतिक शैक्षिक पूर्वाधारका कारण विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्नुपर्ने विद्यालयका उपप्रधानाध्यापक दीपक राज उपाध्यायले जानकारी दिए।

काठमाडौँ महानगरपालिका २८ बागबजार स्थित काठमाडौँ मोडेल माध्यमिक विद्यायालयमा विज्ञान, व्यवस्थापन, मानविकी, तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा ४ हजार ४ सय ८४ जना, २०८० सालमा ३ हजार ९ सय ६२ जना र २०७९ मा ३ हजार ६ सय ७९ जना विद्यार्थी अध्ययन गरेका थिए।राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०८० सालमा ९९ प्रतिशत, २०७९ सालमा ९९ प्रतिशत र २०७८ सालमा ९४ प्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या २०७ जना रहेको छ।
करिब २० रोपनी जग्गा र ५ वटा भवनमा सञ्चालित यस विद्यालयले आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ। केएमसीमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ।केएमसीले हिसान हाजिरी प्रतियोगिता, युटीसी हाजिरी प्रतियोगिता, टीईए हाजिरी प्रतियोगिता, युटीसी हाकाथोन, नेपाल आर्थिक प्रतियोगिता २०२४ जस्ता ५० भन्दा बढि प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल भएको छ। यस विद्यालयले अनुसन्धान तथा प्रस्तुति, मुट कोर्ट, रोवोर्टिक्स वर्कसप, मिनी माराथोन, लिडरसिप ट्रेनिङ, केएमसी ट्यालेन्ट हन्ट, पावर पोईन्ट, स्पोर्ट मिट, लिडरसिप डेभलपमेन्ट लगायतका तालिम सञ्चालन गर्दै आएको छ।
केएमसीका विद्यार्थीहरु २०८१ सालमा मात्र चिकित्सा शास्त्रमा ४२ जनाले पूर्ण छात्रवृत्ति, इन्जिनियरिङ अध्ययन तर्फ ४७ जनाले पूर्ण छात्रवृत्ति त्यस्तै हरेक वर्ष २५० जनाभन्दा बढीले एमबीबीएस र ३०० भन्दा बढी विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययनमा प्रवेश पाउन सफल भएका छन्। गत वर्ष ३८ जना विद्यार्थी सिए फाउन्डेसन उत्तीर्ण र ८ जना विद्यार्थीले नेपाल ल क्याम्पसमा प्रवेश पाउन सफल भएका थिए।
आफ्ना विद्यार्थीहरूको अनुशासनलाई केन्द्रमा राखेर व्यक्तिगत रुचि र क्षमताका आधारमा अध्ययन अध्यापन हुनुनै यस विद्यालयको फरक विशेषता हो। अनुशासित वातारणमा पठनपाठन, राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा प्रत्येक वर्ष शतप्रतिशत नतिजा, कक्षा १२ पछिका विभिन्न प्रवेश परीक्षालाई केन्द्रमा राखेर कक्षा ११ बाट नै तयारी कक्षा सञ्चालन, अत्याधुनिक भौतिक संरचना, सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र दक्ष, अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले केएमसीलाई रोज्नुपर्ने यस विद्यालयका प्राचार्य डा. नगेन्द्र बहादुर अर्यालले जानकारी दिए।

काठमाडौँ बर्नहार्ट माध्यमिक विद्यालय काठमाडौँको बल्खुमा अवस्थित रहेको छ। यस विद्यालयमा विज्ञान, व्यवस्थापन र मानविकी तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयको कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ५ सय ९३ जना, २०८० मा १ हजार ५ सय ६३ जना र २०७९मा १ हजार ५ सय ६ जना विद्यार्थी भर्ना गरेको थियो।राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा बर्नहार्टले २०८० सालमा ९२.२५ प्रतिशत, २०७९ सालमा ९३.६ प्रतिशत र २०७८ सालमा ९४.२ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
यस विद्यालयमा कक्षा ११ र १२ मा ७८ जना शिक्षक र ३२ जना कर्मचारी कार्यरत रहेका छन्। ७ रोपनि क्षेत्रफल भित्र ६ तले सुविधासम्पन्न आफ्नै भवनमा अवस्थित छ।बर्नहार्टमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह र यातायात लगायत २१ औँ शताब्दीमा आवश्यक पर्ने सम्पूर्ण सुविधा उपलब्ध रहेको छ। यस विद्यालयका विद्यार्थीहरुले मेडिकल, ईन्जिनियरिङ, सीए लगायत विदेशी विश्वविद्यालयमा पूर्ण छात्रावृतिमा नाम निकाल्न सफल भएका छन्।
भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न बर्नहार्ट स्कुलले बर्नहार्ट कप बास्केटबलमा प्रथम र हाजिरी जवाफ प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थियो। यस विद्यालयले मोटिभेस्नल स्पिकिङ, शिक्षक तालिम, जनरल स्टडिज, योग शिक्षा लगायतका तालिम सञ्चालन गर्दै आएको छ। व्यक्तिगत रुपमा विद्यार्थीको हेरचाह गर्नु बर्नहार्टको फरक विशेषता हो। विद्यार्थी मैत्री वातावरण, व्यक्तिगत रुपमा विद्यार्थीको हेरचाह, सुविधा सम्पन्न भवन, उत्कृष्ट नतिजा र विश्वव्यापी शिक्षाको लागि विद्यार्थी तथा अभिभावकले बर्नहार्टलाई रोज्नुपर्ने विद्यालयका प्रार्चाय पुरुषोतम बिष्टले जानकारी दिए।

भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वल्ड स्कुल विशिष्ट श्रेणीको विद्यालय हो। यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। पूर्णकालिन शिक्षकहरूद्वारा अध्यापन हुने यस विद्यालयमा विस्वस्तरीय भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। यस विद्यालयमा कक्षा ११ मा २०८१ सालमा २०० जना, २०८० सालमा २१५ जना र २०७९ सालमा २०० जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९० प्रतिशत, २०७९ सालमा ८८ प्रतिशत र २०७८ सालमा ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या २०० जना रहेको छ भने यस विद्यालयमा १२ जना विदेशी विद्यार्थी रहेका छन्। यस विद्यालय ५५ रोपनी क्षेत्रफलमा ७ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ। यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, छात्रबास, चमेना गृह र आफ्नै ३५ वटा यातायातका साधन सहितको सुविधा रहेको छ। आफ्नै सुविधासम्पन्न भवनसहित स्विमिङपुल, बास्केटबल, फुटसल कोर्ट हुनुका साथै विद्यार्थीले सान्त मनोरम वातावरणमा अध्ययन गर्ने अवसर पाउँछन्।
विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षामा जोड दिदैँ आएको यस विद्यालयमा विद्यार्थीका लागि व्यक्तीत्व विकास, सीप र दक्षतामा जोड दिदैँ अध्यापन गराइन्छ।काठमाडौँ वल्ड स्कुलले विद्यार्थीका लागि कम्प्युटर सफ्टवेयर डेभलपमेन्ट, रोर्वटिक्स, होटल म्यानेजमेन्ट लगायतका तालिम सञ्चालन गर्दै आएको छ। काठमाडौँ वल्ड स्कुलले प्याब्सन छात्र फुटसल प्रतियोगितामा विजयी हुनुका साथै विभिन्न अन्तरविद्यालय प्रतियोगितामा विजेता बन्न सफल भएको थियो।
विस्वस्तरीय भौतिक शैक्षिक पूर्वाधारसहित विद्यार्थीमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको फरक विशेषता हो। मनोरम वातावरण, आधुनिक भौतिक शैक्षिक पूर्वाधार, उच्चस्तरिय गुणस्तरीय शिक्षाका कारण विद्यार्थी र अभिभावकले काठमाडौँ वल्ड स्कुललाई रोज्ने गरेको व्यवस्थापन समितिका अध्यक्ष ई.डा मिथलेस कुमार झाले जानकारी दिए।

काठमाडौँको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट कक्षा ११ र १२ मा व्यवस्थापन तर्फका विषय अध्यापन हुने काठमाडौँ उपत्यका भित्रकै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल शिक्षणसंस्था हो। सँगै रहेको ग्लोबल स्कुलमा भने विज्ञान तर्फका विषयमा अध्यापन हुन्छ। यस कलेजले २०८१ सालको कक्षा ११ र १२ मा व्यवस्थापन तर्फको उत्कृष्ट शिक्षणसंस्थाको रुपमा फेयर इन्टरनेशनल एजुकेशन अवार्ड प्राप्त गर्न सफल भएको थियो।
देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा आफूलाई साबित गरिसकेको यस कलेजमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ८ सय १८ जना, २०८० सालमा १ हजार ७ सय ७९ जना र २०७९ मा १ हजार ७ सय ८४ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार यस कलेजले विगत ३ वर्षदेखी शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ। ग्लोबलमा ९६ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
१७ रोपनि क्षेत्रफल भित्र सुविधासम्पन्न अत्याधुनिक भवनमा रहेको ग्लोबल कलेजमा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रबन्ध गरिएको छ।
ग्लोबलले राष्ट्रिय स्तरको वाइड डिबेट च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। यस विद्यालयले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी तालिम र प्रतियोगिता आयोजना गर्नुका साथै विद्यार्थीलाई यस्ता प्रतियोगितामा सहभागी हुन प्रोत्साहन गर्दै आएको छ। त्यस्तै उत्कृष्ट म्यानेजमेन्ट स्कुल कलेज विधामा विभिन्न संघसंस्थाहरूले ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई उत्कृष्ट कलेजको उपाधि प्रदान गरेका छन् ।
व्यवस्थापन संकायलाई एउटा छुट्टै भवनमा, छुट्टै कर्मचारी सँयोजक तथा शिक्षकद्वारा अध्यापन गराइने उत्कृष्ट कलेज हो ग्लोबल कलेज अफ म्यानेजमेन्ट। यस कलेजले विद्यार्थीलाई करियर काउन्सिलिङ, फिल्ड भिजिट, रिपोर्ट राइटिङ, डान्स, आर्ट, गायन, कन्टेन्ट राइटिङ, एङ्करिङ, भिडियोग्राफी, फोटोग्राफी लगायतका तालिमहरू सञ्चालन गर्दै आएको छ। शिक्षण र सिकाइलाई प्राथमिकतामा राखी अध्यापन गराइनु यस विद्यालयको विशिष्ट विशेषता रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रधानाध्यापक अम्बादत्त जोशीले जानकारी दिए।

काठमाडौँको मध्यबानेश्वरमा रहेको ग्लोबल स्कुलमा कक्षा ११ र १२ मा विज्ञान तर्फका विषय अध्यापन हुन्छ। यस कलेजले विज्ञान तर्फको उत्कृष्ट शिक्षणसंस्थाको रुपमा आफूलाई साबित गरिसकेको छ। यस कलेजमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ५ सय ४ जना, २०८० सालमा १ हजार २ सय ९४ जना र २०७९ मा १ हजार १ सय ५२ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार यस कलेजले विगत ३ वर्षदेखी शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ। ग्लोबलमा ११४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
१७ रोपनि क्षेत्रफल भित्र सुविधासम्पन्न अत्याधुनिक भवनमा रहेको ग्लोबल स्कुलमा सेमिनार हल, क्यान्टिन, लाइब्रेरी, कक्षाकोठा हुनुका साथै प्रयोगशाला, पुस्तकालय, यातायात, चमेनागृह, चारवटा बास्केटबल मैदान, फुट्सल, क्रिकसल, टेबल टेनिस, भलिबल, ब्याडमिन्टन खेल्ने कवर्डहल उपलब्ध छ। ग्लोबल स्कुल अफ साइन्सबाट उत्तीर्ण विद्यार्थीहरू विभिन्न पेसा र व्यवसायमा संलग्न हुनुका साथै चिकित्सक, इन्जिनियर, प्राविधिक, सरकारी अधिकृतका साथै विदेशी भूमिमा विभिन्न उच्चस्तरीय ओहोदामा कुशलतापूर्वक कार्यसम्पादन गरिरहेका छन्।
विज्ञान समूहलाई एउटा छुट्टै भवनमा, छुट्टै कर्मचारी संयोजक तथा शिक्षकद्वारा अध्यापन गराइने राम्रो शैक्षिक वातावरण भएको नेपालको एक उत्कृष्ट कलेज ग्लोबल स्कुल अफ साइन्स हो। प्रत्येक वर्ष उत्कृष्ट नतिजा दिँदै आएको यस कलेजका विज्ञान समूहका ४ जनाले राष्ट्रिय परीक्षा बोर्डको परीक्षा (२०८१) मा नेपाल टप गरेका छन्।यस विद्यालयले सृजनात्मक लेखन प्रतियोगिता, समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी तालिम र प्रतियोगिता आयोजना गर्नुका साथै विद्यार्थीलाई यस्ता प्रतियोगितामा सहभागी हुन प्रोत्साहन गर्दै आएको छ।
उत्कृष्ट विज्ञान स्कुल कलेज विधामा विभिन्न संघसंस्थाहरूले ग्लोबल स्कुल अफ साइन्सलाई उत्कृष्ट कलेजको उपाधि प्रदान गरेका छन्।शिक्षक, विद्यार्थी र कर्मचारीकाबीचमा मित्रत्वको भावनाका साथ शिक्षण र सिकाइलाई प्राथमिकतामा राखी पढाइ हुनु नै विशिष्ट विशेषता रहेको ग्लोबल स्कुलका प्रधानाध्यापक अम्बादत्त जोशी र कार्यक्रम निर्देशक गोकुलदेव बडूले जानकारी दिए।

काठमाडौँ बत्तिसपुतलिमा रहेको गोल्डेनगेट ईन्टरनेशनल माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। गोल्डेनगेटमा कक्षा ११ र १२ मा २०८१ सालमा २ हजार १ सय, २०८० सालमा २ हजार ३ सय र २०७९ मा २ हजार ५ सय जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा गोल्डेनगेटले २०८० सालमा ९७ प्रतिशत, २०७९ मा ९८ प्रतिशत र २०७८ सालमा ९९ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। यस विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या ६७४ जना रहेको छ।
गोल्डेनगेटमा ५४ जना विदेशी विद्यार्थी अध्ययनरत छन्। गोल्डेनगेट २० रोपनी क्षेत्रफलमा रहेको सुविधासम्पन्न भवनभित्र अवस्थित छ। यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला हुनुका साथै विद्यार्थीको लागि प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था रहेको छ। गोल्डेनगेटका विद्यार्थीले अन्तर विद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट टुर्नामेन्ट, फुटबल, बास्केटबल, चेस, टेबलटेनिस लगायतका थुप्रै क्रियाकलापमा विभिन्न स्थान हासिल गर्न सफल भएका छन्।
गोल्डेनगेटका विद्यार्थी अविशेक बरालले एसियन कराते च्याम्पियनसिपमा गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए। गोल्डेनगेटमा अध्यनत विद्यार्थीले विभिन्न ४८ वटा प्रतियोगितामा राष्ट्रिय मेडल प्राप्त गर्न सफल भएका छन्। गोल्डेन गेटले विद्यार्थीलाई स्पोर्टस, लिडरसिप, कम्यूनिकेशन, चित्रकला, कवितालेखन सम्बन्धि तालिम सञ्चालन गर्दै आएको छ।
यस कलेजमा अध्ययन गरेका प्राय विद्यार्थीहरु नेपालका शैक्षिक संस्थामा कार्यरत छन्। दूरदर्शी सोचलाई कार्यान्वयन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको फरक विशेषता हो। अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा, सर्वाेत्कृष्ट नतिजा, दक्ष र अनुभवी शिक्षककर्मचारी, नतिजामुखी शिक्षा, शैक्षिक व्यवस्थापन र अन्य अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकले यस कलेजलाई रोज्नुपर्ने कलेजका अध्यक्ष रमेश शिलवालले जानकारी दिए।

काठमाडौँ कोटेश्वरमा रहेको ट्रिटन माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन तथा कानुन संकाय तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ८ सय ६१ जना, २०८० सालमा १ हजार २ सय ३० जना र २०७९ मा ८ सय ६० जना विद्यार्थी अध्ययन गरेका थिए।
राष्ट्रिय परिक्षा बोर्डले लिएको परीक्षामा ट्रिटनले २०८० सालमा ९८.९ प्रतिशत, २०७९ मा ९७.६ प्रतिशत र २०७८ सालमा ९५.७ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या १२१ जना रहेको छ। ट्रिटनमा २ जना विदेशी विद्यार्थी अध्ययनरत छन्। ट्रिटनको क्षेत्रफल ४ रोपनि हुनुको साथै यहाँ विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था छ।ट्रिटन कलेजले प्रत्येक वर्ष शिक्षक कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम, वर्कशप तालिम र विद्यार्थीलाई नेतृत्व विकास तालिम लगायतका अतिरिक्त क्रियाकलाप ट्रिटन टल्क सो, ट्रिटन ट्यालेन्ट हन्ट, गायन तथा नृत्य, ब्याडमिन्टन, बास्केटबल, भलिबल, फुटसल, चेस लगायतका तालिम सञ्चालन गर्दै आएको छ। त्यस्तै ट्रिटनले कक्षा ११ र १२ का विद्यार्थीलाई पूर्वतयारी कक्षा सञ्चालन गर्ने गरेको छ।
यस कलजले आयोजना गरेको अन्तरविद्यायालय कविता प्रतियोगितामा तेस्रो स्थान, किष्ट कलेजले आयोजना गरेको विज्ञान प्रविधि प्रतियोगितामा प्रथम स्थान, आर्मी समुह (सीओएएस) ले आयोजना गरेको विज्ञान पर्दशनी प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। विगतमा पनि यस कलेजले यस्ता खालका अन्य विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कार प्राप्त गर्दे आइरहेको छ।
यस कलेजका विद्यार्थीहरुले ईन्जिनियरिङ तथा मेडिकल विषयमा पूर्ण छात्रावृति प्राप्त गर्न सफल भएका छन्। प्रत्येक वर्ष विषयगत शैक्षिक भ्रमण र गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको फरक विशेषता हो। शैक्षिक वातावरण, उत्कृष्ट नतिजा, परिवर्तनकारी सिकाइ, दक्ष अनुभवि विषयगत शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले यस कलेजलाई रोज्नुपर्ने कलेजका कार्यकारी निर्देशक रितु न्यौपानेले जानकारी दिए।

काठमाडौँ उपत्यकाको केन्द्र डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल स्कुल विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षणसंस्था हो। उपत्यका भित्र सञ्चालित शिक्षणसंस्था मध्ये आफूलाई अग्रस्थानमा प्रस्तुत गर्न सफल यस विद्यालयले आफ्नो अलग परिचय स्थापित गर्न सफल भएको छ। ट्रिनिटी इन्टरनेसनल माध्यमिक विद्यालयले कक्षा ११ मा विज्ञान संकाय तर्फ १ हजार ४०० र व्यवस्थापन संकायतर्फ ६ सय जना गरेर एकपटकमा २ हजार जना विद्यार्थीको भर्ना लिने गरेको छ।
अहिले यस विद्यालयमा कक्षा ११ र १२ मा गरेर ३ हजार ८ सय जना विद्यार्थी अध्ययनरत छन्। ‘भविष्यका लागि शिक्षा’ भन्ने मिसनका साथ अघि बढेको यस विद्यालयमा प्लस २ र ए लेभल तह अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी तर्फका विषय अध्यापन हुन्छ। यसले स्नातक तहमा बीएससी सिएसआईटी, बीबीएस, बीसीएका विभिन्न विषय अध्यापन गराउँदै आएको छ। नविन शैक्षिक आयामहरुको उच्चतम प्रयोग गर्दै आएको यस कलेजले क्लास टेष्ट, मासिक, टर्मिनल तथा प्रि बोर्ड परीक्षा सञ्चालन गर्ने गरेको छ।
यस विद्यालयका विद्यार्थीले अन्तरविद्यालय चेस प्रतियोगितामा प्रथमस्थान हासिल गर्न सफल भएका थिए।यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले विश्वविद्यालयले लिने चिकित्सा शिक्षा र इञ्जिनियरिङ तर्फका प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन्। किताबि ज्ञानका अलावा यस विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि जोड दिदैँ आएको छ।

टेक्सस इन्टरनेशनल कलेज काठमाडौँको चावहिलमा अवस्थित छ। टेक्सासमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय तर्फका विषयमा अध्यापन हुन्छ। यस विद्यालयको कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ७ सय ८ जना, २०८० मा १ हजार ५ सय ८४ जना र २०७९ मा ९ सय ८० जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा टेक्ससले २०८० सालमा ९८ प्रतिशत, २०७९ सालमा ९६.५ प्रतिशत र २०७८ सालमा ९५ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। यस विद्यालयमा कक्षा ११ र १२ मा ७१ जना शिक्षक र ५० जना कर्मचारी कार्यरत रहेका छन्। टेक्ससमा ४ जना विदेशी विद्यार्थी अध्ययनरत छन्।
टेक्ससमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह, पुस्तकालय, कम्प्युटर ल्याब र यातायात लगायत २१ औँ शताब्दीमा आवश्यक पर्ने सम्पूर्ण सुविधा उपलब्ध रहेको छ। यस विद्यालयका विद्यार्थीहरु मेडिसिन, ईन्जिनियरिङ, बैँक, होटल लगायत वित्तिय संस्थाहरुमा कार्यरत छन्। टेक्ससले ‘युवा विज्ञान अवार्ड २०७९’ र ‘युवा विज्ञान अवार्ड २०८०’ मा प्रथम र दोस्रो स्थान हासिल गरेको थियो। यस कलेजले शिक्षकलाई विभिन्न तालिम तथा कार्यशाला गोष्ठि सञ्चालन गर्दै आएको छ।
विद्यार्थीलाई पायक पर्ने स्थानमा रहेको यस कलेजले व्यवहारिक शिक्षामा जोड दिनुका साथै प्रयोगात्मक कक्षालाई प्राथमिकता दिने गरेको छ। विद्यार्थी मैत्री, शैक्षिक वातावरणमा पठनपाठन हुनु यस कलेजको फरक विशेषता हो। दक्ष अनुभवि शिक्षक, व्यवहारिक शिक्षा, सुविधा सम्पन्न भौतिक शैक्षिक पूर्वाधार र उत्कृष्ट नतिजाको कारण अभिभावक र विद्यार्थीको रोजाइमा टेक्सस कलेज पर्ने गरेको छ।

काठमाडौँ बबरमहल स्थित नेपाल मेगा कलेजमा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। मेगामा कक्षा ११ र १२ मा २०८१ सालमा ८ सय ४१ जना, २०८० सालमा ८ सय ४३ जना र २०७९ मा ९ सय १६ जना विद्यार्थी अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको २०८० सालको परीक्षाको नतिजा अनुसार ९९.५ प्रतिशत, २०७९ सालमा ९५ प्रतिशत र २०७८ सालमा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। मेगामा कार्यरत शिक्षक कर्मचारिको संख्या ९८ जना रहेको छ। मेगा ३ रोपनी क्षेत्रफलमा २ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ।
मेगामा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै विद्यार्थीको सहजीकरणको लागि प्रविधि मैत्री कक्षाकोठा, आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था रहेको छ। मेगाले विभिन्न अन्तरविद्यालय प्रतियोगितामा सहभागीता जनाउँदै आएको छ। मेगाका विद्यार्थीले अन्तरविद्यालय कविता प्रतियोगीतामा तेस्रो स्थान, हाजिरीजवाफ प्रतियोगिता र मुटकोर्ट प्रतियोगीतामा दोस्रो स्थान हासिल गर्न सफल भएका थिए। हालसम्म मेगामा अध्ययन गरेका ६५ जना विद्यार्थीले चिकित्सा शिक्षा आयोगले लिने सिईई परीक्षा र १३५ जना विद्यार्थीले ईन्जिनियरिङ अध्ययन संस्थान आईओईले लिने प्रवेश परीक्षामा पूर्णछात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका छन्।
गत वर्षको परीक्षामा चिकित्सा शिक्षा तर्फ ५ जना र इन्जियिनयरिङ तर्फ १२ जनाले पूर्ण छात्रावृतिमा नाम निकालेका थिए। यस कलेजले विद्यार्थी र शिक्षकलाई विभिन्न किसिमका शैक्षिक तालिम र मोटिभेसन क्लासको समेत व्यवस्था गर्दै आएको छ।विद्यार्थीहरुको व्यक्तिगत हेरचाह, पारिवारिक वातावरण र विश्वस्तरिय गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको फरक विशेषता हो। विद्यार्थी केन्द्रित शिक्षण विधि, प्रवेश परीक्षा केन्द्रित पाठ्यक्रम, शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकको रोजाइमा मेगा कलेज पर्ने गरेको छ।

लगनखेल ललितपुर स्थित पिनाकल एकेडेमीमा विज्ञान, व्यस्थापन, मानविकी तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ३ सय ५६ जना, २०८० सालमा १ हजार ४ सय २७ जना र २०७९ मा १ हजार २ सय ८६ जना विद्यार्थी अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा पिनाकलले २०८० सालमा ९८.९१ प्रतिशत, २०७९ मा ९७.२ प्रतिशत र २०७८ सालमा ९७.७ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। पाँच पटकसम्म राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस कलेजमा विद्यार्थीको आकर्षण बढ्दो छ।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १४० रहेको छ। यस विद्यालय ५ रोपनि क्षेत्रफलमा २ वटा भवनमा अवस्थित छ।पिनाकलमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात लगायतको सुविधा रहेको छ। पिनाकलले गोल सेटिङ, लिडरसिप, कम्युनिकेशन, फूड सर्भिस, बारटेन्डर, हाउसकिपिङ, ग्राफीक डिजाइन, मुर्ट कोट, डिजिटल मार्केटिङ लगायतका तालिम र प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
पिनाकलले हंकङमा आयोजित एसियन युथ च्याम्पियनमा गोल्ड मेडल प्राप्त गर्नुको साथै अन्तरविद्यालय क्रिकेट, फुटबल जस्ता खेलहरुमा उपाधी जित्न सफल भएको छ। पिनाकलका २९ प्रतिशत विद्यार्थीहरुले चिकित्सा, इन्जिनियरिङ, आईटी लगायतका विषयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्नुका साथै राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। पिनाकलमा अध्यनरत प्रिन्स दाहालले विश्व जुनियर ब्याड्मिन्टन जित्न सफल भइ ईतिहास रच्न सफल भएको छन्। प्रत्येक वर्ष उत्कृष्ट नतिजा, कक्षा ११ र १२ मा विभिन्न विषयगत रोजगारमुलक तलिम सञ्चालन गर्दै आएको पिनाकललाई रोज्नुपर्ने विद्यालयले जनाएको छ।

कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन तर्फका विभिन्न विषयको पठनपाठन हुने यस प्रसादी एकेडेमी विद्यार्थीको रोजाइको शिक्षणसंस्था हो। ललितपुरमा आफूलाई अग्रभागमा स्थापित गर्न सफल यस शिक्षणसंस्थाले कक्षा ११ मा ८ सय जना विद्यार्थी भर्न लिने गरेको छ। विज्ञान तर्फ ७ सय र व्यवस्थापन तर्फ १ सय विद्यार्थीले यस विद्यालयमा भर्ना पाउँछन्।
सिमित भर्ना, अनुभवी फ्याकल्टी र विद्यार्थीको शैक्षिक उन्नयनमा बढी केन्द्रीत हुनुसँग प्रसादीको सफलता जोडिएको छ। विद्यार्थीमैत्री शैक्षिक वातावरण र गुणस्तरीय पठनपाठनजस्ता कुराले प्रसादीलाई अब्बल बनाउन भूमिका खेलेको छ। विद्यार्थीमुखी प्रचारलाई वेवास्ता गर्दै गुणस्तरीय शिक्षामा जोड दिनु यस कलेजको फरक विशेषता हो। २८ वर्षदेखि ११ र १२ कक्षा मात्रै पढाइरहेको प्रसादीले पाँच पटक उत्कृष्ट माविको पुरस्कार पाप्त गरेको थियो।
नतिजाको हिसाबले उत्कृष्ट शिक्षणसंस्था बन्न सफल यस कलेजमा विद्यार्थीको आकर्षण बढ्नुमा यस कलेजको कुशल व्यवस्थापन नै प्रमुख हो। यस एकेडेमीमा एक सय भन्दा बढी शिक्षक र कर्मचारी कार्यरत छन्। यस कलेजको आफ्नो भवन भने छैन। भाडाकै भवनमा सञ्चालित छ। यस कलेजमा विज्ञान प्रयोगशाला र चमेना गृहको व्यवस्था छ भने आवाशिय प्रवन्ध र यातायातको सुविधा छैन।

काठमाडौँको तिनकुनेमा रहेको विनायक सुधा निकेतन (भि.एस) माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ४ सय २० जना, २०८० सालमा १ हजार ३ सय ५६ जना र २०७९ सालमा १ हजार १ सय ५५ जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९९ प्रतिशत, २०७९ सालमा ९८.५ प्रतिशत र २०७८ सालमा ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १०४ जना रहेको छ भने यस विद्यालयमा विदेशी विद्यार्थी छैनन्। यस विद्यालय ४ रोपनी क्षेत्रफलमा ३ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ। यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध छन्।भिएस निकेतनले विद्यार्थीका लागि सिनियर डिभिजन क्याडेट तालिम, कम्प्युटर सफ्टवेयर लगायत रोर्वट निर्माण गर्ने तालिम सञ्चालन गर्दै आएको छ।
भिएस निकेतनमा विज्ञान समुह पढ्ने विद्यार्थीले बनाएको रोबोर्ट रेस प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुको साथै थुप्रै अन्तरविद्यालय प्रतियोगितामा विजेता भएको थियो। भिएस निकेतनमा अध्ययन गरेका विद्यार्थी रश्मी जोशी प्रभु बैँकमा सीईओ र बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर भइसकेका छन्। सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको फरक विशेषता हो। अनुशासित वातावरण, आधुनिक भौतिक शैक्षिक पूर्वाधार, उच्चस्तरिय गुणस्तरीय शिक्षा र प्राईम लोकेशनको कारण विद्यार्थी र अभिभावकले भिएसलाई रोज्नुपर्ने भिएस निकेतनका प्रधानाध्यापक रञ्जित कुमार पण्डितले जानकारी दिए।

काठमाडौँको चावहिल चुच्चेपाटी ७ स्थित मनास्लु वल्र्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकाय अन्तर्गतका विषयमा अध्यापन हुन्छ। यस विद्यालयमा २०८१ सालमा कक्षा ११ र १२ मा १ हजार ४ सय ४८ जना, २०८० सालमा १ हजार ३ सय ३५ र २०७९ सालमा १ हजार १ सय ७८ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ८५.७२ प्रतिशत, २०७९ सालमा ९९.२७ प्रतिशत र २०७८ सालमा ९९.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। यस विद्यालयमा कक्षा ११ र १२ मा कार्यरत शिक्षक र कर्मचारीको कुल संख्या १६२ रहेको छ।
यस विद्यालय ८ रोपनी क्षेत्रफलमा ९ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ। यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध रहेको छ। मनास्लुले विद्यार्थी र शिक्षकको लागि स्थानिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक तालिम तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। विद्यालयले मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको मदन भण्डारी राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता २०८० मा विजयी हासिल गरेको थियो।
यस कलेजले यु–१९ जेभिएर बास्केटबल प्रतियोगिता २०८०मा रनर अप, काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको अन्तर कलेज फुटबल प्रतियोगितामा रनर अप, होटल म्यानेजमेन्ट अफ द इयर २०७९ लगायतका पुरस्कार प्राप्त गर्न सफल भएको छ। यस कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनका लागि देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आशिंक छात्रावृत्तिमा नाम निकाल्न सफल भएका छन्।
विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने र नेतृत्वदायी क्षमताको विकासमा जोड दिनु मनास्लुको फरक विशेषता हो। विद्यार्थीमैत्री वातावरण, नेतृत्व विकास र करियर निर्माणमा विशेष पहल, विद्यार्थीको प्यासनलाई प्रोफेसनमा बदल्नु, छात्रवृत्तिको व्यवस्था र सहुलियत शुल्कमा पठनपाठन हुने भएकाले विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्नुपर्ने मनास्लुका कार्यकारी निर्देशक कुमार मोक्तानले जानकारी दिए।

ललितपुर स्थित कुमारीपाटीमा रहेको मुनलाइट माध्यमिक विद्यालय (मोलिस)मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। यस विद्यालयले विद्यार्थीको सुविधा तथा भौतिक पूर्वाधारमा ध्यान दिदैँ आफ्नै परिसरमा बास्केटबल कोर्ट तथा फुटसल निर्माण गरेको छ। विद्यार्थीको संख्यात्मक वृद्धि भन्दा पनि शैक्षिक गुणस्तरमा प्राथमिकता दिने यस विद्यालयले सिमित संख्यामा मात्रै विद्यार्थी भर्ना गर्ने गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९९ प्रतिशत, २०७९ सालमा ९७.८ प्रतिशत र २०७८ सालमा ९८.६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ७९ जना रहेको छ।
यस विद्यायालयमा विदेशी विद्यार्थी अध्ययनरत छैनन्। ४ रोपनि १ आना क्षेत्रफलमा मोलिसको आफ्नै सुविधासम्पन्न भवन निमार्ण गरिएको छ।
मोलिसमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्कालय, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ। मोलिसले डिएभी फुटसल कपमा पहिलो स्थान, जेम्स फुटसलमा दोस्रो स्थान, पिइए हाजिरिजवाफ प्रतियोगितामा पहिलो स्थान लगायतका थुप्रै पुरस्कार प्राप्त गर्न सफल भएको थियो।
मोलिसले प्रत्येक वर्ष शिक्षक कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम, वर्कशप तालिम र विद्यार्थीलाई नेतृत्व विकास तालिम लगायतका अतिरिक्त क्रियाकलापमा फुटसल, ट्यालेन्ट हन्ट, ब्याडमिन्टन, बास्केटबल लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस विद्यालयका विद्यार्थीहरुले नियमित रुपमा राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा पहिलो स्थान साथै आईओएम,आईओई लगायतका प्रतिस्प्रधात्मक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन्।
लामो समयदेखी शिक्षा क्षेत्रमा क्रियाशिल शैक्षिक व्यक्तित्वहरुबाट स्थापित, निरन्तर उत्कृष्ट नतिजा र सहुलियत शुल्कमा पठनपाठन हुनु मोलिसको फरक विशेषता हो। गुणस्तरीय शिक्षा, विद्यार्थी केन्द्रित प्रशासनिक प्रणाली, सुविधायुक्त भौतिक शैक्षिक पूर्वाधार, विद्यार्थी अभिभावकसँग नियमित सम्पर्क र नेतृत्व विकासको प्रशस्त अवसरको कारण विद्यार्थी र अभिभावकले मोलिसलाई रोज्नुपर्ने विद्यालयका उप प्राधानाध्यापक प्रमोद कुमार चौधरीले जानकारी दिए।

काठमाडौँको कमलादी स्थित युनिग्लोब स्कुलमा विज्ञान, व्यवस्थापन र कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयको कक्षा ११ र १२ मा २०८१ सालमा २ हजार ७ सय ८६ जना, २०८० मा २ हजार ४ सय ५६ जना र २०७९ मा २ हजार २ सय ४० जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा युनिग्लोबले २०८० सालमा ९८ प्रतिशत, २०७९ सालमा ९७ प्रतिशत र २०७८ सालमा ९७ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
नेपालमा विज्ञान, सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको यस माध्यमिक विद्यालयमा विभिन्न क्षेत्रका विज्ञ, अर्थविद र शिक्षाविदहरु कार्यरत छन्। यस विद्यालयमा कक्षा ११ र १२ मा ९८ जना शिक्षक र ४७ जना कर्मचारी कार्यरत छन्। १४ रोपनी क्षेत्रफलमा रहेको यस विद्यालयका ३ वटा सुविधा सम्पन्न भवन छन्।विद्यार्थीका लागि विज्ञान, सूचना प्रविधि प्रयोगशाला, चमेना गृह, प्रविधि मैत्री कक्षाकोठा, यातायात, अत्याधुनिक पुस्तकालयको व्यवस्था रहेको यस विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ।
उपत्यका भित्र सञ्चालित शिक्षणसंस्थामध्ये आफूलाई अब्बल सावित गर्न सफल यस युनिग्लोबले विभिन्न अन्तरविद्यालय प्रतियोगितामा सहभागीता जनाउँदै विभिन्न पदकहरू प्राप्त गर्न सफल भएको छ। विद्यार्थीले ३० भन्दा बढी प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न भएका थिए। युनिग्लोबका विद्यार्थीले ‘कुम्माट २०२४’ र ‘सीम्याट २०२४’ मा प्रथम स्थान हासिल गर्न सफल भएका थिए। सर्वोत्कृष्ट नतिजा र सम्पूर्ण भौतिक शैक्षिक पूर्वाधार उपलब्ध हुनु यस कलेजको विशेषता हो। गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, विद्यार्थी केन्द्रित शिक्षण विधि, दक्ष तथा अनुभवि शिक्षक र अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकले युनिग्लोबलाई रोज्नुपर्ने यस विद्यालयका प्रधानाध्यापक डा. गणेश रेग्मीले जानकारी दिए।

काठमाडौँ चावहिल स्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा विज्ञान र व्यवस्थापन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयको कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ७ सय ३२ जना विद्यार्थी, २०८० मा १ हजार ९ सय २७ जना र २०७९ मा १ हजार ७ सय १२ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा रिलायन्सले २०८० सालमा ९९.३१ प्रतिशत, २०७९ सालमा ९९.४९ प्रतिशत र २०७८ सालमा ९९.७३ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
रिलायन्समा कार्यरत शिक्षक कर्मचारीको संख्या १४६ रहेको छ। करिब ५ रोपनी क्षेत्रफलमा ३ वटा सुविधासम्पन्न भवनमा यस विद्यालय सञ्चालित छ। यस विद्यालयले विगतदेखि नै आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ। रिलायन्समा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आइसिटी प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला, चमेना गृह र पुस्तकालय सहितको व्यवस्था रहेको छ। यस विद्यालयले विषय शिक्षकलाई तालिम प्रदान गर्नुको साथै कोअर्डिनेट तालिम, विषयगत तालिम, पाठ्यक्रम सम्बन्धि तालिम सञ्चालन गर्दै आएको छ।
रिलायन्सले जिल्ला स्तरिय तहको कबड्डी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। त्यस्तै यस विद्यालयले अन्तरविद्यालय फुटबल, बास्केटबल, फुटसल, हाजिरीजवाफ, भलिबल लगायतका विभिन्न प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल भएको छ। रिलायन्सका विद्यार्थीहरुले ईन्जिनियरिङ प्रवेश परीक्षा र चिकित्सा शिक्षा तर्फको एकिकृत प्रवेश परीक्षामा पूर्ण छात्रावृतिमा नाम निकाल्न सफल भएका छन्। यस विद्यालयले विद्यार्थी र शिक्षकलाई विभिन्न किसिमका शैक्षिक तालिम र मोटिभेसन क्लासको व्यवस्था गर्दै आएको छ।
विद्यार्थीहरुलाई व्यक्तिगत हेरचाह प्रदान गर्नु नै यस कलेजको फरक विशेषता हो। गुणस्तरीय शिक्षा, आईसीटी र सफ्ट स्किल डेप्लपमेन्ट, विद्यार्थीमैत्री वातावरण, अंग्रेजी माध्यमद्वारा पठनपाठन, प्रत्येक वर्ष उत्कृष्ट नतिजा, अत्याधुनिक भौतिक संरचना, दक्ष, अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले रिलायन्सलाई रोज्नुपर्ने यस कलेजका निर्देशक नन्दु प्रसाद कुशवाहाले जानकारी दिए।

काठमाडौँ महानगरपालिका वडा नं १० नयाँ बानेश्वरमा अवस्थित लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुलमा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन अन्तर्गतका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ७ सय २७ जना, २०८० सालमा १ हजार ७ सय ९१ जना र २०७९ मा १ हजार ५ सय ४८ जना विद्यार्थीले अध्ययन गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९७ प्रतिशत, २०७९ सालमा ९२.३ प्रतिशत र २०७८ सालमा ९९.३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या १२७ रहेको छ। लिभरपुलमा ५ जना विदेशी विद्यार्थी अध्ययनरत छन्।लिभरपुल ७ रोपनि क्षेत्रफलमा ३ वटा भवनमा सञ्चालित एक उत्कृष्ट नमुना विद्यालय हो। यहाँ विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, होटल म्यानेजमेन्ट ल्याब, एसी र प्रोजेक्टर सहितको हल, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको उत्कृष्ट भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्।
लिभरपुलले मलेसियामा सम्पन्न ‘एपीसीवाइएस २०२४’ मा गोल्ड मेडल प्राप्त गर्नुको साथै फुटबल, बास्केटबल लगायतका प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गर्न सफल भएको छ। लिभरपुलले शिक्षक कर्मचारीको लागि विषय विज्ञबाट तालिम प्रदान गर्नुको साथै कानुनका विद्यार्थीहरुलाई संसदको नमूना तालिमको व्यवस्था गर्दै आएको छ।यस विद्यालयका विद्यार्थीहरु अध्ययनपश्चात् अस्पताल, अदालत, हवाईसेवा, बैँक लगायतका विभिन्न प्राविधिक क्षेत्रहरुमा कार्यरत छन्।
विद्यार्थीहरुलाई उच्च गुणस्तरको शिक्षा प्रदान, विषयगत शैक्षिक भ्रमण, सिकाइ वातावरणलाई बढावा, प्रत्येक विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तिगत रुपमा फस्टाउने, मार्गदर्शन र प्रेरणा दिने, प्रतिस्प्रधात्मक बजारमा उत्कृष्ट हुने आवश्यक ज्ञान र सीपहरु प्रदान गर्नु यस विद्यालयको फरक विशेषता हो। यस कलेजले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका कारण विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्नुपर्ने विद्यालयका प्रवन्ध निर्देशक पुरुषोत्तम भण्डारीले जानकारी दिए।

काठमाडौँ त्रिपुरेश्वरमा अवस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन, मानविकी, कानुन, शिक्षा तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा २ हजार ५ सय २ जना, २०८० सालमा २ हजार ६ सय १८ जना र २०७९ मा २ हजार ३ सय ४८ जना विद्यार्थी अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विश्व निकेतनले २०८० सालमा ९६.२३ प्रतिशत ,२०७९ मा ९६ प्रतिशत र २०७८ सालमा ९४.२ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १५७ जना रहेको छ। यस विद्यालय १० रोपनि क्षेत्रफलमा २ वटा भवनमा अवस्थित छ।विश्व निकेतनमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, चमेना गृह र यातायात लगायतको सुविधा रहेको छ। विश्वनिकेतनले कक्षाकोठा व्यवस्थापन, आईसिटी, तेकवान्दो, फुटसल, एकिकृत पाठ्क्रम तालिम, मनोपरामर्श तथा करियर काउन्सिलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।विश्वनिकेतनले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, कक्षा ११ र १२ मा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, वास्तविक योग्य विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टताको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ।
विश्व निकेतनका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १०को परीक्षामा प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल हुने गरेका छन्। जसमा २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विश्वनिकेतनमा अध्ययनरत ५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका थिए। त्यस्तै १५ जनाले एमबीबीएस र ४३ जनाले ईन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्। यस विद्यालयले नगद सहित क्षेत्रिय शिक्षा पुरस्कार, २ लाख रुपैयाँ नगद सहित राष्ट्रिय शिक्षा पुरस्कार, २०८० सालको राष्ट्रपति रनिङशिल विजेता, तेक्वान्दो च्याम्पियनसिपको विजेता, अन्तरविद्यालय बक्सिङ्ग प्रतियोगितामा ११ स्वर्ण सहित प्रथम स्थान हुनुको साथै थुप्रै पुरस्कार जित्न सफल भएको छ।
९० प्रतिशत शिक्षक कर्मचारीको छोराछोरी यसै विद्यालयमा पठनपाठन र जीवनोपयोगी शिक्षामा विशेष जोड दिनु यस विद्यालयको फरक विशेषता हो। न्यून शुल्कमा पठनपाठन, छात्रावृत्तिको व्यवस्था, स्तरीय पठनपाठन, अनुशासित वातावरण, दक्ष तथा अनुभवि विषयगत शिक्षक, सर्वाेत्कृष्ट नतिजा, व्यवस्थित भौतिक शैक्षिक पूर्वाधारका कारण विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्नुपर्ने विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले जानकारी दिए।

कक्षा १० उत्तीर्ण गरी कक्षा ११मा व्यवस्थापन तर्फका विषय अध्ययन गर्न चाहने विद्यार्थीको रोजाइमा पर्न सफल समृद्धि स्कुल काठमाडौँको बालाजुमा अवस्थित रहेको छ। समृद्धि स्कुलमा कक्षा ११ र १२ मा व्यवस्थापन अन्तर्गतका सम्पूर्ण विषय अध्यापन हुन्छ। समृद्धि स्कुलमा कक्षा ११ र १२ मा २०८१ सालमा ५ सय ७० जना, २०८० सालमा ७ सय १४ जना र २०७९ मा ६ सय २३ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९३.४ प्रतिशत, २०७९ सालमा ९७ प्रतिशत र २०७८ सालमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ५१ जना रहेको छ।
यस विद्यालयमा विदेशी विद्यार्थी अध्यनत छैनन्। ३ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयमा सुविधासम्पन्न पूर्वाधार छन्। समृद्धिमा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षाकोठा, पुस्तकालय, चमेना गृह, कम्प्युटर ल्याब र यातायातको व्यवस्था रहेको छ। समृद्धिले गोल सेटिङ, लिडरसिप डेभलपमेन्ट, कम्युनिकेशन, पेन्टिङ, पोइम, चेस, सिङ्गिङ, भिडियोग्राफी, फोटोग्राफी, फेसन सो लगायतका तालिम र प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यसका अलावा विद्यालयले विभिन्न क्लबको गठन गरि विद्यायार्थीहरूलाई उक्त क्लबमा आबद्ध गराइ चौतर्फी व्यक्तित्व विकासमा टेवा पु¥याउँदै आएको छ।
समृद्धिले साउथ एसियन ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा प्रथम स्थान, सोलो डान्स सर्ट स्टोरी र ग्रीटिङ कार्ड प्रतियोगितामा दोस्रो स्थान, अन्तरविद्यालय गु्रप डान्स प्रतियोगितामा तेस्र्रो स्थान हासिल गर्न सफल भएको थियो। समृद्धि फुटसल, बास्केटबल जस्ता खेलहरुको अन्तरविद्यालय प्रतियोगितमा उपाधी जित्न सफल भएको छ। यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु सीए, सफ्टवयर डेप्लपर, बैँकर बन्न सफल भएका छन्।
विद्यार्थीहरुलाई एउटै बास्केटमा नराखि उनीहरुको क्षमता, इच्छा चाहाना अनुरुप निखार्नु समृद्धिको फरक विशेषता हो। विद्यार्थीहरुको समग्र विकासलाई जोड दिदैँ उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने, शिक्षण सिकाइमा जोड दिने, व्यवहारिक शिक्षालाई प्राथमिकता दिएकै कारण समृद्धि विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको विद्यालयका निर्देशक चन्द्रमान महर्जनले जानकारी दिए।

विज्ञान विषय तर्फ विद्यार्थीकोे पहिलो रोजाइको शैक्षिक गन्तव्यको रुपमा ‘सेन्ट जेभियर्स कलेज’ पर्ने गरेको छ। यस कलेजले कक्षा १० उत्तीर्ण गरी कक्षा ११ मा विज्ञान संकाय तर्फका विषय अध्ययन गर्न चाहने ५ सय जना विद्यार्थी भर्ना गर्ने गरेको छ। कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस कलेजको विगत ३ वर्षको नतिजा ९९ प्रतिशत रहेको छ। यस कलेजमा कक्षा ११ र १२ मा १३० जना शिक्षक र कर्मचारी कार्यरत छन्। यस कलेजको ३ वटा भवन रहेको छ भने ६ हजार वर्गमिटर क्षेत्रफलमा अवस्थित छ।
कलेजले विद्यार्थीका लागि विज्ञान र सूचना प्रविधि प्रयोगशालाको व्यवस्था गरेको छ भने कलेजमा प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, विषयगत ल्याब र चमेना गृहको पनि व्यवस्था रहेको छ। कलेजले अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिदैँ आएको छ। यस कलेजका विद्यार्थीले राष्ट्रिय तहमा मेडिकल, ईन्जिनियरिङ र कृषि विश्वविद्यालय र अन्तर्राष्ट्रिय रुपमा एमआईटी, स्टानफोर्ड, प्रिन्सटन, ब्रेन्ट स्मिथ राइस जस्ता विदेशी विश्वविद्यालयमा पूर्ण छात्रावृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्। त्यस्तै यस कलेजका विद्यार्थीले गणित, भौतिक शास्त्र, जैविक शास्त्र लगायतका राष्ट्रिय तथा अन्तराराष्ट्रिय ओलम्पियाडहरुमा पुरस्कार प्राप्त गर्न सफल भएका छन।
यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी अन्तर विद्यालय स्तरका विभिन्न प्रतियोगितामा समेत उत्कृष्टता हासिल गर्न सफल भएका छन्। यस कलेजले शिक्षक र विद्यार्थी केन्द्रित कम्प्युटर, फिजिक्स, म्याथ, केमेस्ट्रि ओलम्पियाड र साइन्स फेस्ट जस्ता कार्यक्रम सञ्चालन गर्दे आएको छ। विद्यार्थीको समग्र व्यक्तित्व विकासमा ध्यान दिनु यस कलेजको फरक विशेषता हो। यस कलेजमा विद्यार्थीलाई कलेज पोसाकको व्यवस्था गरिएको छैन। उत्कृष्ट शैक्षिक उपलब्धि, अन्तर्राराष्ट्रिय स्तरमा शैक्षिक अनुभव र सहभागिता, अनुभवी र दक्ष शिक्षक, आधुनिक प्रयोगशाला रहेको यस कलेजले आधुनिक शिक्षा प्रदान गर्दे आएका कारण विद्यार्थी र अभिभावकको रोजाइमा यस कलेज पर्ने गरेको छ।

काठमाडौँ बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ६ सय ८१ जना, २०८० सालमा १ हजार ५ सय ९८ जना र २०७९ मा १ हजार २ सय २६ जना विद्यार्थीले अध्ययन गरेका थिए।राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०८० सालमा ८१ Þ३५ प्रतिशत, २०७९ सालमा ८२ Þ२१ प्रतिशत र २०७८ सालमा ८४ Þ२१ प्रतिशत नतिजा ल्याउन सफल यस विद्यालयले आफूलाई अब्बल सावित गरिसकेको छ। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १६० जना रहेको छ।
करिब ६ रोपनी जग्गा र ४ वटा भवनमा सञ्चालित यस विद्यालयले आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ। ज्ञानोदयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आइसिटी प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला, चमेना गृह र पुस्तकालय रहेका छन्।ज्ञानोदयले ‘आईसीटी अवार्ड २०२२’ र २०६१ सालमा एसएलसी परीक्षाको क्षेत्रीय स्तरमा प्रथम स्थान हासिल गर्न सफल भएको थियो। यस विद्यालयले विषय शिक्षक तालिम, ईसीडी तालिम, पाठ्यक्रम सम्बन्धी तालिम लगायतका विभिन्न तालिम सञ्चालन गर्दै आएको छ।
ज्ञानोदयका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरुमा पूर्ण तथा आशिंक छात्रवृत्ति प्राप्त गरेका छन्। अभिभावकको रोजाइ, बालमैत्री वातावरण, व्यक्तिगत रुचि र क्षमताका आधारमा अध्ययन अध्यापन हुनु यस विद्यालयको फरक विशेषता हो। अंग्रेजी माध्यमद्वारा पठनपाठन, प्रत्येक वर्ष उत्कृष्ट नतिजा, अत्याधुनिक भौतिक संरचना, दक्ष अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकको रोजाइमा ज्ञानोदय मावी पर्ने गरेको यस विद्यालयका नि.प्र.अ विष्णु घिमिरे रिजालले जानकारी दिइन्।