काठमाडाैँ - माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकमा कक्षा ११ मा पढ्ने विषय र विद्यालय छनोटका लागि दुविधा उत्पन्न हुन्छ। विद्यार्थीले कक्षा ११ मा विषय र विद्यालय रोज्दा ध्यान दिनुपर्छ। विद्यार्थीले आफूले रोजेको विषयले नै आफ्नो भविष्यको रुपरेखा कोर्ने भएकाले विषय रोज्दा आफ्नो रुचि र अभिभावकको क्षमतालाई पनि ध्यान दिन विज्ञहरूले सुझाब दिएका छन्। तर पनि कक्षा ११ मा विद्यार्थीले ऐच्छिक विषय रोज्न पाउने दायरा निकै फराकिलो भएकाले विद्यार्थी अलमलमा पर्ने गरेका छन्।
विद्यालय छनोटको विषय नेपालका ग्रामीण क्षेत्रका लागि खासै महत्वको विषय होइन किनभने त्यहाँका अभिभावकसँग छनोटका धेरै विकल्प हुँदैन। आफ्नो घरबाट नजिक पर्ने विद्यालयमै पठाउनुपर्ने बाध्यता हुन्छ। तर काठमाडौं उपत्यका, अन्य प्रमुख शहरहरू र तराई क्षेत्रका लागि यो गम्भीर विषय हो किनभने अभिभावकले विद्यालय छान्दा गर्ने निर्णयले विद्यार्थीको भविष्यमा नै ठूलो प्रभाव पार्दछ। उनिहरुसँग विषय र विद्यालयको विकल्प पनि धेरै हुन्छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका ४ हजार १ सय ८७ विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ।
विद्यार्थीले आफ्नो चाहना अनुसारका विषय छनोट गरेर सामुदायिक र निजी विद्यालयमा अध्ययन गर्ने अवसर पाउँछन् । कक्षा १२ सम्म विद्यालय शिक्षा भएकाले आफूले अध्ययन गरेकै विद्यालयमा आफूले पढ्न चाहेको विषय अध्यापन हुन्छ भने त्यहीँ अध्यापन गर्न उपयुक्त हुने सुझाब विज्ञहरूको छ। विद्यार्थीले कक्षा ११ मा पाठ्यक्रम संरचना अनुसार नेपाली, विज्ञान, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित विषय अध्ययन गर्न पाउँछन्। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये भने एउटा विषय भने रोज्नुपर्ने हुन्छ।

विद्यार्थीले अनिवार्य अन्तर्गत तीन विषय पढ्नुपर्छ तर अनिवार्य गणित पढ्ने विद्यार्थीले ऐच्छिक गणित भने पढ्न नपाउने व्यवस्था पाठ्यक्रममा छ। ऐच्छिक अन्तर्गत पहिलो, दोस्रो, तेस्रो र चौथो समूहका विषय रोज्न पाइनेछ। तीन अनिवार्य र ऐच्छिकका चारवटा समूहबाट तीन विषयसमेत गरी कक्षा ११ मा ६ विषय विद्यार्थीले अध्ययन गर्न पाउँछन्।कक्षा ११ मा विद्यार्थीले विभिन्न ६८ वटा विषयमध्येबाट ६ विषय रोज्न पाउँछन्। कक्षा ११ मा रोज्ने विषयले विश्वविद्यालय शिक्षाको अधारशिला तय हुने भएकाले भविष्य केन्द्रित भएर विषय र विद्यालय छनोट गर्न विज्ञले सुझाव दिएका हुन्।
निजी विद्यालय सञ्चालकको चिप्लोमा पनि पनुहुँदैन। उनीहरु सबै चुनाबमा भोट माग्न आउने नेता जस्तै हुन्। सरोकारवालाहरूको सबैखाले झुटो विशेषताबाट टाढा रहनुपर्छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा अघि नै विद्यार्थीले कुन विषय र विद्यालय छनोट गर्ने भनेर तयार भएमा धेरै दुविद्या नहुने बताए। उनले बजारमा चर्चा हुने विज्ञापन र साथीभाईको लहिलहिमा लागेर विद्यालय र विषय छनोट नर्गन सुझाब दिएका छन्। उनले सरकारले गर्छ भन्ने जस्ता सिन्डिकेटको भ्रममा पर्न नहुने बताए। उनले भने, ‘सरकारीमा पढे के-के अवसर पाइन्छ, छात्रवृत्ति पाइन्छ। त्यस्तै निजी विद्यालय सञ्चालकको चिप्लोमा पनि पनुहुँदैन। उनीहरु सबै चुनाबमा भोट माग्न आउने नेता जस्तै हुन्। सरोकारवालाहरूको सबैखाले झुटो विशेषताबाट टाढा रहनुपर्छ। बरु प्रविधिको युगमा हुर्किनुभएको छ। खोज्नुस् अवसर।’
उनले विद्यार्थीहरुले आफ्नो क्षमता र ज्ञान अनुसार पढ्न चाहेको विषय र पारिवारको सल्लाहमा नजिकको विद्यालयमा भर्ना हुन आग्रह गरेका छन्। शर्मा भन्छन्,‘विद्यार्थीहरु साथी अर्काे स्कुल गए भने म नि जान्छु भन्छन्। विद्यालय परिवर्तन नै गर्नुपर्छ भन्ने छैन। साथीको लहिलहिमा लाग्नु जेन्जी उमेर समुहका विद्यार्थीहरुको सबैभन्दा ठुलो कमजोरी हो। आफूले पढिरहेको स्कुलमा पढ्न चाहेको विषय पनि छ र घर नजिक छ भने त्यही पढ्नु उत्तम हुन्छ। सबै चिनेको र घुलमिल हुन पनि सजिलो हुन्छ। साथी पनि उहिँ पुरानै हुन्छन्।’
कक्षा ११ र १२ विश्वविद्यालयको पूर्वतयारी कक्षा रहेकोले कक्षा ११ र १२ को नतिजाले आफ्नो भविष्यको रुपरेखा कोर्ने र भविष्यको निर्धारण गर्ने भएकोले छनोटको निर्णय लिदाँ ध्यानपुर्याउनु पर्ने शर्माले सुझाव दिएका छन्। कक्षा ११ मा भविष्यमा चिकित्सक, इन्जिनियर, पाइलट, सूचना प्रविधी विज्ञ, बनस्पति विज्ञ लगायत विज्ञानसँग सम्बन्धित विषयमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीले विज्ञान तर्फका अनिवार्य अंग्रेजी, फिजिक्स, बायोलोजी, केमेस्ट्रि, कम्प्युटर, म्याथम्याटिक्स लगायतका विषय अध्ययन गर्नुपर्ने हुन्छ। विज्ञान तर्फका विषय अध्ययन गरेका विद्यार्थीले स्नातक तहमा अन्य संकाय अन्तर्गतका विषय पढ्न पाउने भएकाले पनि यस तर्फ विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ।
अध्ययन पश्चात रोजगारीका हिसाबले पनि विज्ञान तर्फका विषय अध्ययन गर्नु उपयुक्त मानिन्छ। त्यसैले यि विषयलाई प्राविधिक र व्यवसायिक विषयका रुपमा लिइन्छ।विज्ञान अन्तर्गतका विषयका अलावा व्यवस्थापन तर्फका विषय अध्ययन गर्ने विद्यार्थीका लागि पनि अवसरहरू छन्। व्यवस्थापन संकाय अध्ययन गरेका उत्पादनहरू जुनसुकै क्षेत्रमा गएर काम गर्न सक्छन्। बैंक तथा वित्तीय संस्थामा मात्रै होइन, कुनै पनि कार्यालयमा गएर व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न सक्छन्।

व्यवस्थापकीय सीप सिकाउने विषय नै व्यवस्थापन हो। यसभित्र कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, इकोनोमिक्स, बिजनेस म्यानेजमेन्ट लगायतका विषय पढ्न सकिन्छ। व्यवस्थापन संकाय भित्र अनिवार्य अंग्रेजी र नेपालीसँगै अर्थशास्त्र, एकाउन्टेन्सी, होटलम्यानेजमेन्ट, कम्प्युटर, गणित, फाइनान्स, कोअपरेटिभ, ग्रामिणविकास, मार्केटिङ लगायतका विषय अध्ययन गर्न पाइन्छ। कक्षा ११ मा एच्छिक विषयको रुपमा मानविकी संकाय तर्फका विषयहरू दर्शनशास्त्र, अर्थशास्त्र, पत्रकारिता, राजनीतिशास्त्र, समाजशास्त्र, वातावरण, भूगोल, धर्म, संस्कृति लगायतका विषय अध्ययन गर्न सकिन्छ।
यस्तै शिक्षा संकाय तर्फका विषय पढेर शिक्षण पेसामा लाग्ने ढोका खुल्छ। यसमा शिक्षण पेशासँग सम्बन्धित अंग्रेजी र नेपालीसँगै मूल्याङ्कन, चाइल्ड डेभ्लपमेन्ट लगायतका विषय अध्यापन गराइन्छ। एसईईपछि विद्यार्थीले कक्षा एघारमा भर्ना नभएर यसको विकल्पका रुपमा ‘एलेभल’ पढ्न सक्छन्। यो बेलायती शिक्षा हो। बेलायत स्थित विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई) कार्यक्रम अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रममा विद्यार्थीले साईन्स र ननसाईन्स गरी दुईवटा संकायमा अध्ययन गर्न गर्न पाउँछन्।
यसमा विज्ञान र व्यवस्थापन दुबै संकाय उपलब्ध छ। विश्वभरी नै एकै किसिमको पढाई र परीक्षा हुने एलेभल विश्वका थुप्रै देशमा सञ्चालनमा रहि एउटै पाठ्यक्रममा आधारित छ। कक्षा दश अध्ययन पश्चात प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले व्यवसायिक र प्राविधिक दुबै विषय अध्यापन गराउँदै आएको छ।
एसईई उत्तिर्ण गरेका विद्यार्थीले तिन वर्षे डिप्लोमा तहमा नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन पढ्न सक्छन्। त्यस्तै इन्जिनियरिङ तर्फ सिभलि, इलेक्ट्रोनिक्स, मेकानिकल, आईटी, कम्प्युटर, अटो मेकानिकल विषय अध्ययन गर्न पाउँछन्। यसका अलावा कृषीमा प्लान्ट साइन्स, एनिमल साइन्स, आर्युर्वेद चिकित्सा लगायतका विषय अध्ययन गर्न सक्छन्।
यी हुन् कक्षा ११ र १२ अध्यापन हुने काठमाडौँ उपत्यकाका २५ उत्कृष्ट शिक्षणसंस्था :