काठमाडाैँ- नेपालमा पर्यटन तथा आतिथ्य क्षेत्रको विस्तारसँगै दक्ष र व्यावसायिक जनशक्तिको माग पनि निरन्तर बढिरहेको छ। यही आवश्यकतालाई सम्बोधन गर्ने महत्वपूर्ण शैक्षिक कार्यक्रममध्ये Bachelor of Hotel Management (BHM) एक हो। होटल व्यवस्थापन, पर्यटन, खानपान, इभेन्ट व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय आतिथ्य व्यवसायसम्म करियर बनाउन चाहने विद्यार्थीका लागि BHM सीप, रोजगारी र उद्यमशीलताको राम्रो आधार बन्न सक्छ।
नेपालमा पोखरा, चितवन, लुम्बिनी, नगरकोटलगायतका प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढिरहेको छ। यससँगै होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, क्लब, क्याटरिङ तथा अन्य आतिथ्य व्यवसायमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको छ। BHM अध्ययन गरेका विद्यार्थीले यस्ता क्षेत्रमा Guest Service, Food and Beverage, Housekeeping, Front Office तथा विभिन्न व्यवस्थापकीय जिम्मेवारी सम्हाल्न सक्छन्।
रोजगारीको फराकिलो क्षेत्र
BHM को विशेषता भनेकै यसबाट प्राप्त हुने करियरको फराकिलो दायरा हो। BHM स्नातकले होटल तथा रिसोर्टबाहेक रेस्टुरेन्ट, क्याटरिङ, क्लब, पब, फुड एन्ड बेभरेज कम्पनी, बैंक, एयरलाइन्स, क्रुज, ट्राभल तथा टुरिजम कम्पनी, दूतावास, आतिथ्य प्रविधि तथा सफ्टवेयर कम्पनी र अन्य सेवा क्षेत्रमा समेत अवसर खोज्न सक्छन्।
होटल तथा रेस्टुरेन्ट क्षेत्रमा उनीहरूले Restaurant Manager, Assistant Restaurant Manager, Food and Beverage Supervisor, Chef, Sous Chef, Kitchen Supervisor, Front Office Manager, Housekeeping Supervisor/Manager, Food and Beverage Manager, Executive Chef, Banquet Manager तथा Revenue Manager लगायतका पदमा आफ्नो करियर विकास गर्न सक्छन्।
त्यस्तै, इभेन्ट व्यवस्थापन पनि BHM अध्ययन गरेका विद्यार्थीका लागि आकर्षक क्षेत्र हो। विवाह, सम्मेलन, प्रदर्शनी, कर्पोरेट कार्यक्रमलगायत विभिन्न कार्यक्रमको योजना, व्यवस्थापन र सञ्चालनमा उनीहरूले Event Planner, Event Coordinator वा Event Manager का रूपमा काम गर्न सक्छन्।
पर्यटन र अन्तर्राष्ट्रिय अवसर
नेपालमा मात्र नभई BHM ले विद्यार्थीलाई अन्तर्राष्ट्रिय रोजगारीका लागि समेत तयार पार्छ। विशेषगरी विदेशमा होटल तथा आतिथ्य क्षेत्रमा रोजगारी खोज्ने विद्यार्थीका लागि व्यावहारिक सीपसहितको यो अध्ययन उपयोगी हुन सक्छ।
क्रुज पर्यटनको विस्तारसँगै क्रुज जहाजमा पनि दक्ष आतिथ्य जनशक्तिको माग बढिरहेको छ। BHM स्नातकले क्रुजमा Guest Services, Food and Beverage, Housekeeping तथा Entertainment जस्ता विभागमा काम गर्ने अवसर प्राप्त गर्न सक्छन्।
त्यस्तै, ट्राभल तथा टुरिजम क्षेत्रमा Tour Guide, Travel Consultant, Destination Manager तथा Tourism Marketing Executive का रूपमा पनि करियर बनाउन सकिन्छ।
शिक्षणदेखि तालिमसम्म
BHM अध्ययनपछि करियरको विकल्प उद्योगमै सीमित हुँदैन। अनुभव र आवश्यक योग्यता हासिल गरेपछि विद्यार्थीले होटल व्यवस्थापन तथा आतिथ्य शिक्षण क्षेत्रमा पनि प्रवेश गर्न सक्छन्। होटल व्यवस्थापन शिक्षण संस्थामा Faculty Member, Trainer वा Hospitality Skills Instructor का रूपमा काम गर्न सकिन्छ।
त्यसैगरी, उद्योगमा कार्यरत जनशक्तिका लागि विभिन्न तालिम तथा कार्यशाला सञ्चालन गरी उनीहरूको सीप तथा दक्षता अभिवृद्धिमा योगदान गर्न सकिन्छ।
BHM शिक्षाले विद्यार्थीलाई सेवा क्षेत्रमा आवश्यक गुणस्तर कायम गर्ने क्षमता, सकारात्मक व्यावसायिक दृष्टिकोण, नेतृत्व क्षमता, Culinary Skills, Management Skills तथा Supervisory Skills विकास गर्न सहयोग गर्छ। यी सीपले विद्यार्थीलाई भविष्यमा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्न सक्षम बनाउँछन्।
रोजगारीसँगै उद्यमशीलताको बाटो
BHM केवल जागिरका लागि मात्र अध्ययन गरिने कार्यक्रम होइन। आतिथ्य व्यवसायमा आफ्नै उद्यम सञ्चालन गर्न चाहने विद्यार्थीका लागि पनि यो महत्वपूर्ण आधार बन्न सक्छ।
होटल, रेस्टुरेन्ट, क्याफे, बेकरी, क्याटरिङ, इभेन्ट व्यवस्थापन तथा अन्य Hospitality Enterprises सञ्चालन गर्न आवश्यक आधारभूत ज्ञान र व्यावहारिक सीप BHM अध्ययनबाट प्राप्त गर्न सकिन्छ। यसले विद्यार्थीलाई आफ्नै व्यवसाय सुरु गर्न, सम्भावित जोखिम पहिचान गर्न र व्यावसायिक रूपमा अगाडि बढ्न सहयोग पुर्याउँछ।
पोखरा विश्वविद्यालयको नयाँ पाठ्यक्रम
Pokhara University अन्तर्गतको BHM कार्यक्रमले समयको आवश्यकता र उद्योगको मागलाई ध्यानमा राख्दै नयाँ पाठ्यक्रमलाई थप व्यावहारिक र विस्तृत बनाएको छ। कुल १२० क्रेडिटको यो कार्यक्रमले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक शिक्षालाई प्राथमिकता दिएको छ। पाठ्यक्रममा परियोजना, प्राक्टिकम तथा एक वर्षको इन्टर्नसिपलाई समेटिएको छ।
यसले विद्यार्थीलाई कक्षाकोठामा प्राप्त गरेको ज्ञानलाई वास्तविक कार्यक्षेत्रमा प्रयोग गर्ने अवसर प्रदान गर्छ। होटल तथा आतिथ्य क्षेत्रमा प्रवेश गर्नुअघि नै विद्यार्थीले उद्योगको कार्यशैली, ग्राहक सेवा, व्यवस्थापन प्रणाली र व्यावसायिक संस्कृतिसँग परिचित हुने अवसर पाउँछन्।
Quest International College मा व्यवहारिक अभ्यास
Gwarko, Lalitpur स्थित Quest International College ले BHM कार्यक्रमलाई उद्योगसँग जोडेर सञ्चालन गर्दै आएको छ। कलेजले Five Star Hotels तथा Fine Dining Restaurants सँगको सम्बन्धमार्फत विद्यार्थीलाई अध्ययनसँगै वास्तविक कार्यक्षेत्रको अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्दै आएको छ।
विद्यार्थीले कलेजको सैद्धान्तिक तथा व्यावहारिक कक्षासँगै सम्बन्धित क्षेत्रमा Paid Casual Work मार्फत समेत अनुभव हासिल गर्न सक्छन्। यसले उनीहरूलाई पढाइसँगै कमाउने र वास्तविक कार्यक्षेत्रमा आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गर्छ।
कलेजले नियमित रूपमा Theme Events, Competitions, Hotel Software Training, Communication Skills, Leadership Skills, Market Survey and Research लगायतका गतिविधि सञ्चालन गर्दै आएको छ। साथै, विभिन्न Co-curricular तथा Soft Skills Development कार्यक्रममार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिइन्छ।
आधुनिक प्रशिक्षण प्रयोगशालामा अनुभवी Chef तथा सम्बन्धित क्षेत्रका विज्ञबाट प्रशिक्षण उपलब्ध गराइनुले विद्यार्थीलाई उद्योगको वास्तविक आवश्यकताअनुसार तयार पार्न थप सहयोग पुग्छ।
भविष्यका लागि उपयोगी शिक्षा
समग्रमा, नेपालको बढ्दो पर्यटन तथा आतिथ्य उद्योगलाई हेर्दा BHM अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, करियर विकास र उद्यमशीलताको सम्भावना सकारात्मक देखिन्छ। यस कार्यक्रमले विद्यार्थीलाई केवल प्रमाणपत्र दिनेभन्दा पनि सीप, व्यावहारिक ज्ञान, व्यावसायिक क्षमता र नेतृत्व विकास मा जोड दिन्छ।
विशेषगरी विदेशमा रोजगारी वा उच्च शिक्षा हासिल गर्ने योजना बनाएका विद्यार्थीका लागि पनि BHM आकर्षक विकल्प बन्न सक्छ। हातमा व्यावहारिक सीप र अन्तर्राष्ट्रिय स्तरमा उपयोगी Hospitality Knowledge लिएर विद्यार्थीले नेपाल तथा विदेश दुवै क्षेत्रमा आफ्नो करियर बनाउन सक्छन्।
आजको प्रतिस्पर्धात्मक समयमा “Learning and Earning” लाई सँगसँगै अघि बढाउँदै भविष्यमा आफ्नै Hospitality Enterprise स्थापना गर्ने लक्ष्य राख्ने विद्यार्थीका लागि पनि BHM एउटा प्रभावकारी शैक्षिक मार्ग बन्न सक्छ।