काठमाडौँ- नेपालमा इन्जिनियरिङ अध्ययनमा आर्कषण बढ्दै छ।इन्जिनियरिङ अध्यापन गराउने कलेजहरुको संख्या पनि बढेकोछ।अद्यिकांश विश्वविद्यालयले इन्जिनियरिङ अध्यापनको सम्वन्धन प्रदान गरेका छन्। नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था, अवसर र बिगत २५ वर्ष देखि इन्जिनियरिङ शिक्षा अध्यापन गराउदै कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीका प्रिन्सिपल प्रा.डा.रामकुमार शर्मासँग गरिएको कुराकानीः
विद्यार्थीहरु जो स्नातक तहको अध्ययनका लागि अघि बढ्दैछन, उनीहरुले इन्जिनियरिङ किन पढ्ने?

इन्जिनियरिङ शिक्षामा आज मात्र होईन बिगत देखिनै आर्कषण भएको विषय हो। नेपालमा सिमित कोटमा मात्र पढाई हुने अवस्थामा विदेशमा गएर इन्जिनियरिङ पढनु पर्ने अवस्था पनि विगतमा रहेको थियो। त्रिवि अन्र्तगतको पुल्चोक इन्जिनियरिङ कलेजमा मात्र पढाई हुने अवस्था पनि थियो। तर अहिले दर्जनौ कलेजहरु मार्फत इन्जिनियरिङको अध्ययन अध्यापन हुदै आएको छ।कलेजको संख्याले पनि विद्यार्थीहरुको आर्कषण यसमा देखिन्छ।
नेपालमा मात्र होईन विश्वमा हेर्ने हो भने पनि यस विषयमा आर्कषण रहेको छ। चीनका राष्ट्रपति देखि नेपालका अहिलेका प्रधानमन्त्री पनि इन्जिनियरिङका विद्यार्थी रहेका छन्।
कुनै पनि मुलुक निर्माणको ठुलो हिस्सा पुर्वाधारको विकासले लिएको हुन्छ र यसको मुख्य आधार भनेकै इन्जिनियरिङ भएकाले यो विषयमा आर्कषणसँगै अवसर पनि रहेको छ। इन्जिनियरिङ शिक्षा अन्र्तगतकै सुचना प्रविधि जस्ता विषयहरु अध्ययन गर्दै देश भित्र मात्र होईन विदेशको काम समेत गर्न पाईने अवस्था र पुर्वाधार निर्माणले पाएको तिब्रता जस्ता कारणले इन्जिनियरिङ शिक्षामा विद्यार्थीहरुको आर्कषण बढेको हो।
नेपालमा इन्जिनियरहरुको आवश्यकता र सम्भावनालाई कसरी हेर्न सकिन्छ ?
इन्जिनियरङ पढेका विद्यार्थीहरुलाई नेपालमा मात्र होईन विश्वभरीनै अवसरहरु छन्। प्रविधिक विषय भएका कारण यसको आवश्यकता र महत्व जहिले पनि रहेको हुन्छ। नेपालको बारेमा कुरा गर्ने हो भने विकासको प्रचुर सम्भावना छ,जसका कारण प्रशस्तै अवसरहरु रहेका छन् र आगामी दिनमा अझै बढ्ने देखिन्छ।आगामी वषौँ सम्म पनि यस्को आवश्यकता रहनेछ।अहिले नेपालका नगरपालिका, गाँउपालिका देखि विभिन्न विकास तथा पुर्वाधार निर्माणको क्षेत्रमा इन्जिनियरहरुको माग प्रशस्तै देखिएको छ।त्यसैगरि सडक,हाइड्रो,टनेल,भवनहरु निर्माणको गति नेपालमा बढ्दै जाँदा आवश्यकता पर्ने भनेकै इन्जिनियरहरुनै हुन।
नेपालमा घरमै बसेर आईटी लगायतका क्षेत्रमा विश्व वजारका कामहरु गर्न इन्जिनियरहरु सक्षम भएका छन्। अध्ययन गरेका विद्यार्थीहरु आफैले पनि कन्सलटेन्सिहरु खोलेर बसिरहेको अवस्था पनि छ। नेपाली विद्यार्थीहरुको क्षमताकै आधारमा विश्वका ठुला सफ्टवेयर कम्पनीहरुले नेपालमै शाखा खोलेर काम गरिरहेको अवस्थामा नेपालमा इन्जिनियरहरुको आवश्यकताले भोलिको सम्भावनालाई राम्रो देखाएको छ।
कसमस कलेज अन्य इन्जिनियरिङ कलेजहरु भन्दा के फरक छ ?
इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी र अभिभावकले मुख्तः दूई तिन कुराहरु हेरेर कलेजको छनोट गर्ने गरेको पाईन्छ। कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले इन्जिनियरिङ काउन्सिलेको परीक्षामा कस्तो नतिजा प्रर्दशन गरेको छ?वजार र उच्च शिक्षामा कस्तो अवस्था छ ? भन्ने हेर्ने हो। त्यसपछि पुर्वाधार, प्राध्यापक आदि पनि महत्वपुर्ण पाटो हो।
कसमस कलेजको १५/१६ रोपनीमा रहेको आफनै संरचनामा अत्याधुनिक विषयगत प्रयोगशालाहरु,अनुभवी र पुर्णकालीन प्राध्यापकहरु क्लेजमा उपलब्ध छन्। लोकेशनको हिसावमा पनि काठमाडौँ उपत्यकाको जुनसुकै स्थानवाट कलेजमा आउनका लागि यातायातको सहज पहुँच रहेको छ।नेपालमै पहिलो पटक एआई ल्याव स्थापना गर्ने इन्जिनियरिङ कलेजकारुपमा कसमस स्थापीत हुदैछ्।केहि दिन भित्रै ल्यावको पुर्ण स्थापना पछि इन्जिनियरिङ अध्ययनमा एआईको प्रयोग विधार्थीहरुले गर्ने अवसर प्राप्त गर्नेछन्। सँगै कलेजले विश्वप्रसिद्ध आईबिएम कोर्स सञ्चालनको स्वीकृति प्राप्त गरिसकेको छ।यसवाट नेपालमै अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गर्ने अवसर पाउने छन्।