काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेसँगै संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताएउदै मद्दत्री खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताए।
संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजन गर्ने, समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने, कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने धारणा व्यक्त गरेका छन्।
उक्त अवसरमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीले शिक्षामन्त्री खनाललाई स्वागत गरेका थिए। उनले कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने जानकारी दिए।
टिच फर नेपालका सहसंस्थापकसमेत रहेका शिशिर खनाल प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी भएका हुन् । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९, १७:०३:००