काठमाडौँ- ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ संघिय संसदबाट पारित भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो।
विधेयक सर्वसम्मतीले पारित गर्न प्रस्ताव गर्दै मन्त्री पन्तले यस विश्वविद्यालयले चिकित्सा क्षेत्रमा नयाँ आयाम थप्ने र स्वास्थ्य क्षेत्रमा विश्वस्तरकाे जनशक्ति उत्पादन गर्ने र दुरदराजका जनतालालाई सेवा दिन सक्ने बताए। उनले भने,'यस विश्वविद्यालय पारित हुनु सुुदुरपश्चिमको मात्र नभई सिङ्गो नेपालको उपलब्धि हाे। यस विश्वविद्यालय पारित भएसँगै नेपालले स्वास्थ्य शिक्षाको क्षेत्रमा अर्काे महत्वपुर्ण पाइला राखेको छ।काठमाडौँ देखी कञ्चनरपुर र कैलालीलाई नाघेर डिल्लितिर जाने लर्काे अब कैलालीमा रोकिनेछ। यो विश्वविद्यालय अब कैलालीको केन्द्रको रुपमा स्थापित हुनेछ।'
उनले प्रधानमन्त्रि केपी शर्मा ओलीको अघिल्लो कार्यकालको समयमा एउटा मेडिकल विश्वविद्यालय खोलेर नेपालको ७ वटा प्रदेशमा त्यसको आगिंक कलेज खोल्न आग्रह गरेको बताउदैँ प्रधानमन्त्री ओली कै कार्यकालमा शिक्षान्त्रिको हैसियत रहेरमा यस विश्वविद्यालय पारित हुदाँ खुसी लागेको बताए।
छलफलको क्रममा नेकपा एमालेका सासंद योगेश कुमार भट्टराईले सन् १९७२ मा चिकित्सा शिक्षा सम्वन्धि त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) स्थापना भएको बताँउदै यति लामो समयसम्म पनि सुदुरपश्चिम एउटा पनि चिकित्सा शिक्षा सम्वन्धी ल्याब, प्रतिष्ठान वा ल्याब नरहेको बताए। उनले भने, 'सन् १९७२ मा चिकित्सा शिक्षा सुरुवात भएसँगै हाल नेपालमा २१ मेडिकल कलेज, ८ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान, १५० वटा फार्मेसी तथा ल्याब टेक्निसियन, बीएससी लगाएतमा कलेजहरु छन्। तर सुदुरपश्चिममा एउटा पनि छैन।'
भट्टराईले भौगोलिक हिसाबले पनि सुदुरपश्चिमलाई अन्याय भएको बताएका छन्। उनले भारतका ठुला ठुला प्रदेशहरु पनि सुदुरपश्चिमसँग जोडिएको बताउँदै शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मेडिकल एजुकेशनको हब बनाउन सकिने बताए। साथै उनले यस विश्वविद्यालयले कानुनी रुपमा पाएकोमा बधाई दिँदै यस विश्वविद्यालयले देश तथा विदेशको चिकित्सा क्षेत्रमा ठुलो योगदान पुर्याउछ भन्ने आसा व्यक्त गरे।
त्यस्तै छलफलको क्रममा नेकपा माओवादी केन्द्रका सासंद एवं पूर्व शिक्षामन्त्रि देवेन्द्र पौडेलले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विशिष्टिकृत विश्वविद्यालयको रुपमा स्थापना भएकोले त्यहि अवधारणा अनुसार सञ्चालन गर्न नेपाल सरकारलाई आग्रह गरे।
उनले नेपालमा राजसंस्था हुनेबेला सम्पूर्ण संस्थाको नेतृत्व राजाले नै गर्ने गरेको बताउँदै हाल लोकतन्त्रको समयमा अब बन्ने विश्वविद्यालय लगायतका संस्थाको नेतृत्व प्रतिस्पर्धाद्वारा योग्य शिक्षित व्यक्तिहरुले गर्नुपर्ने बताएका छन्। उनले नेपाललाई मेडिकल शिक्षाको हब बनाउन मेडिकल शिक्षा क्षेत्रका योग्य व्यक्तिको नेतृत्व आवश्यक रहेको बताएका छन्। उनले नेपाल सरकारले विश्वविद्यालयहरु खडा गर्दा भौतिक संरचनालाई मात्र जोड नदिई गुणस्तरीय शिक्षालाई समेत विशेष केन्द्रमा राखी काम गनुपर्नै बताए।
विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो। यो विधेयक राष्ट्रियसभामा उत्पति भएको हो। विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ।