काठमाडौँ - नेपालबाट विदेश अध्ययनमा जान चाहने र विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकाे द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले ‘द नेक्स्ट एड्मिसन डे २०२५’ आयोजना गर्ने भएको छ। द नेक्स्टले नोबेम्बर १५ (कार्तिक २९ गते शनिबार) नयाँ बानेश्वरस्थित केन्द्रिय कार्यालयमा एक दिने ‘द नेक्स्ट एड्मिसन डे २०२५ ’ आयोजना गर्न लागेको हो।
फेयरमा विद्यार्थीहरुले विभिन्न देशको भिसा प्रक्रिया, आवश्यक कागजपत्र, लागत खर्च, भौतिक शैक्षिक वातावरण, जानु अघि गर्नुपर्ने पूर्वतयारी, शैक्षिक नीति लगायतका सम्पूर्ण जानकारी प्राप्त गर्ने आयोजकले जनाएको छ।फेयरमा विद्यार्थीले क्यानडा, अस्ट्रेलिया, अमेरिका, यूके, न्युजील्यान्ड, यूएइ लगायतका देशहरुका ३५ भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विदेश अध्ययनबारे जानकारी लिने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।
साथै फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई आइइएलटीएस वा पीटीई गर्दा ५० प्रतिशत छुट, छात्रावृत्ति र मूभी टिकट लगायतका आकर्षक गिफ्टह्यपरको पनि व्यवस्था गरिएको नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक शालिकराम भण्डारीले जानकारी दिए।
विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई प्रत्यक्ष रुपमा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग भेट गराई महत्पूर्ण ज्ञान र अवसर प्रदान गर्दै विदेश अध्ययन सम्बन्धी जिज्ञासा मेटाउने उद्देश्यका साथ यस फेयरको आयोजना गरिएको र यसबाट विद्यार्थीले भरपुर लाभ लिन सक्ने भण्डारीले बताए।
उनका अनुसार एकै स्थानमा विभिन्नि विश्वविद्यालयका प्रतिनिधिहरूसँग भेटेर बुझ्दा विद्यार्थीलाई विश्वविद्यालय र कलेज छान्न सहज हुने भएकाले यस फेयर आयाेजना गरिएकाे हाे।