काठमाडौँ – क्यानडा नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य मध्ये एक हो। क्यानडा उत्तर अमेरिका महादेशको उत्तरमा स्थित विश्वकै दोस्रो ठुलो मुलुक हो। क्यानडामा बोलिने मुख्य भाषा अग्रेजी र फ्रान्सेली हो। नेपालबाट प्रत्येक वर्ष हजारौँको संख्यामा क्यानडामा अध्ययनका लागि जाने गरेका छन्।
गत आर्थिक वर्ष २०८१÷०८२ मा एक हजार ८९४ जना विद्यार्थीले क्यानडामा अध्ययनका लागि विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार ९८२ जनाले क्यानडाका लागि एनओसी लिएका थिए। क्यानडाको भिसा पोलिसी, विश्वविद्यालयले प्रदान गर्ने शिक्षा र अवसर, बसोबासको अवस्थाको आधारमा नेपाली विद्यार्थीको संख्यामा पनि थपघट हुने गरेको छ। विशेष गरेर अध्ययन पश्चात विद्यार्थीले काम गर्न पाउने पोष्ट स्टडी वर्क भिसा र विद्यार्थीसँगै जाने डिपेन्डेन्टको भिसा पोलिसिका कारण पनि जाने विद्यार्थीको संख्या प्रभावित हुने गरेको छ।
संयुक्त राज्य अमेरिकासँग भूसीमाहरू जोडिएको देश क्यानडा विश्वमै गुणस्तरीय शिक्षा र अध्ययन पश्चातका अवसरका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि प्रमुख शैक्षिक गन्तव्यका रूपमा स्थापित छ। क्यानडामा नेपाल मात्रै नभएर छिमेकी मुलुक भारत लगायतका अन्य देशहरूबाट विद्यार्थी अध्ययनका लागि जाने गरेका छन्।
क्यानडामा अध्ययन पश्चात रोजगारीको अवसर, सुरक्षित करिअर, सहुलियत शुल्क र विद्यार्थी मैत्री वातावरणले नेपाली विद्यार्थी आकर्षित भएका हुन्। क्यानडाको शिक्षा प्रणाली व्यवहारिक, अनुसन्धानमुखी र रोजगारमुखी मानिन्छ। सहुलियतपूर्ण शुल्क, छात्रवृत्ति, काम गर्ने अवसर, गुणस्तरीय शिक्षा प्रणाली र बसोबासको सहजताका कारण क्यानडा नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
क्यानडा सरकारले विद्यार्थी भिसा पोलिसि परिवर्तन गरिरहेको कारण अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा थपघट हुने गरेको छ। पहिलाको तुलनामा विद्यार्थीको भिसा रेट कम भएतापनि रामो प्रोफाईल भएका विद्यार्थीलाई भने क्यानडाले भिसा दिइरहेको अवस्था छ।
आर्थिक रुपमा सवल र अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा आर्जन गरेर विश्वबजारमा विक्न सक्ने दक्ष जनशक्तीको रुपमा आफूलाई स्थापित गर्न चाहने विद्यार्थीका लागि क्यानडा फलादायी सावित भएको छ। क्यानडा अध्ययनमा जान आर्थिक रुपमा विचार गरेर मात्र जानुपर्छ। क्यानडा जाने वित्तकै सबै सहज हुन्छ भन्ने हुँदैन। क्यानडा गएको ५–६ वर्ष पछि भने आफूलाई स्थापित गर्न सक्छन्। अन्य मुलुकको तुलनामा क्यानडा स्थायी वसोबासका हिसावले सहज छ।
नीजी र सरकारी साझेदारीमा सञ्चालित कलेजमा जाने विद्यार्थीले वर्क पर्मिट पाउँदैनन्। त्यसैले विद्यार्थी सरकारी कलेज वा विश्वविद्यालयमा मात्र भर्ना भएर पढ्नुपर्छ। केही समय अघि विद्यार्थीले आफूसँगै सहज रुपमा डिपेन्डेन्ट लान पाउने व्यवस्था थियो भने अहिले यसको मापदण्डमा पनि परिवर्तन भएको छ।
विद्यार्थीले क्यानडामा केही समय दुःख गरेपछि सुःखको दिन आउँछ भन्ने सम्झिनुपर्छ। त्यसैले क्यानडा जानुपूर्व आफू जादाँ लाग्ने लागत खर्च, त्यहाँ गएपछि बसोबासको व्यवस्थाको विषयमा पूर्ण रुपमा जानकारी लिएर मात्र जानुपर्छ। विद्यार्थीलाई त्यहाँ गएपछि सबै सजिलो हुन्छ भन्ने भ्रम छ। विद्यार्थी क्यानडा गएपछि त्यहाँ संघर्ष गर्नुपर्छ भन्ने विषयमा पहिले नै सचेत हुनुपर्छ। स्थायी बसोबासका हिसाबले पनि क्यानडामा अवसर छ।
नेपाली विद्यार्थीको हकमा नर्सिङ, वल्ड एज होम, चाइल्ड केयर, प्लम्बिङ, रुफिङ, सूचना प्रविधि, होटल म्यानेजमेन्ट, सोसियल सर्भिस लगायतका क्षेत्रमा अध्ययन गर्ने र सोही क्षेत्रमा काम गर्ने जनशक्तीलाई चाडै सेटल हुन सहज हुन्छ। विद्यार्थीले सहुलियत शुल्क र सहज रुपमा भिसा प्राप्त गर्ने विषय रोजेर आवेदन गर्ने प्रचलन छ। नेपाली विद्यार्थी प्राविधिक र व्यवसायिक कोर्समा अध्ययन गर्न जानु उपयुक्त हुन्छ।
क्यानडा नै किन ?
नेपालबाट क्यानडा अध्ययन गर्न जाने उद्देश्य बोकेका विद्यार्थीको प्रोफाइल राम्रो हुन जरुरी छ। जसले क्यानडा अध्ययनको बारेमा रिसर्च गरेका हुँन्छन्। विद्यार्थी स्थायी बसोबास र गुणस्तरीय शिक्षाका कारण विद्यार्थी आकर्षित भएका हुन्। अंग्रेजी भाषा बोलिने मुलुक हुनुका साथै विद्यार्थीले अध्ययनमा छात्रवृत्ति पाएका कारण पनि गएको देखिन्छ।
क्यानडामा अन्य मुलुकको तुलनामा शिक्षण शुल्क पनि कम छ। अन्य मुलुकमा भिसा प्राप्त नगरेका विद्यार्थी पनि क्यानडालाई दोस्रो गन्तव्यका रुपमा लिने गरेका छन्। तुलनात्कम हिसाबले क्यानडामा छोटो समयमा स्थापित हुन सकिने, स्वास्थ्य विमा, शिक्षामा छात्रवृत्ति लगायका कुराले विद्यार्थीेको आर्कषण केन्द्र बनेको छ।
विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू
सर्वप्रथम विद्यार्थीहरुले जाने वित्तिकै कमाएर कलेजको फी तिर्छु भन्ने भ्रम छोड्नुपर्दछ। साथै विद्यार्थीले क्यानडालाई आफ्नो रोजाइको शैक्षिक गन्तव्य ठान्दै गर्दा उक्त गन्तव्य आफूलाई उपयुक्त हो कि होइन विचार गर्नुपर्छ। भाषागत दक्षता र राम्रो शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले सार्वजनिक विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। आर्थिक रुपमा सवल नभएका ऋण गरेर जाने विद्यार्थीले त्यहाँ गएपछि पढाइकै क्रममा उक्त ऋण तिर्न सकिन्छ कि सकिदैन भन्ने विचार गर्नुपर्छ। दुईवर्ष अध्ययनकै क्रममा विद्यार्थीलाई लाग्ने खर्च ३० देखि ३२ लाखको जोहो गरेर मात्र क्यानडा जानुपर्ने हुन्छ।
अभिभावकले आफ्नो छोराछोरीलाई क्यानडा पठाउँदै गर्दा ५० लाख सम्मको जोहो गर्न सक्छु भन्ने सम्झिनु पर्छ। विद्यार्थीले आफू अध्ययन गर्न जाने क्याम्पस वा विश्वविद्यालय नीजी वा सरकारी लगानिमा स्थापित हो भन्ने कुरामा बुझेर मात्र जानुपर्छ। विद्यार्थीले आफ्नो भविष्यको योजना नेपालमै बनाएर जानुपर्छ। विद्यार्थीले जानु अघि आफू बस्नेठाउँको सुनिश्चित नेपालमै गरेर जानुपर्छ।
विद्यार्थीले आफू अध्ययनमा जाने कलेज, पढ्ने विषय र अध्ययनपश्चातका अवसरका बारेमा बुझेर मात्र क्यानडा जानु उपयुक्त हुन्छ। विद्यार्थीले रिसर्च गरेर स्टेटमेन्ट अफ प्रपोज (एसओपी) लेख्नुपर्ने हुन्छ। उसले आफ्नो भविष्यको योजना र अवसरको विषयमा स्पष्ट रुपमा बुझेर मात्र जानुपर्छ।
गर्नुपर्ने तयारी
विद्यार्थीले कक्षा १२ मा ३.० जीपीए भन्दा माथि ल्याएको छ भने मात्र उसले क्यानडाका लागि आवेदन दिनु उपयुक्त हुन्छ। क्यानडाले पछिल्लो समय ‘फ्रेस स्टुडेन्ट’ लाई बढि भिसा दिएको अवस्था पनि छ। क्यानडामा अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस, टोफल र पीटीई) को स्कोरको आधारमा पनि छात्रवृत्ति पाइने भएकाले विद्यार्थीले भाषागत दक्षता वृद्धि गर्न तयारी गर्नुपर्ने हुन्छ।
विद्यार्थीले एउटा मात्र विश्वविद्यालयमा आवेदन नदिएर चार देखि पाँचवटा पब्लिक विश्वविद्यालयमा उच्च शिक्षा आर्जन गर्नका लागि आवेदन दिने र जसले बढी छात्रवृत्ति दिन्छ सोहि विश्वविद्यालयमा पढ्न जाँदा सहज हुन्छ। विद्यार्थीले क्यानडा अप्लाई गर्नुअघि हल्ला र विज्ञापनको भरमा भन्दा सत्यतथ्य परामर्शदाताको छनोट गर्नुपर्दछ। विद्यार्थीहरुले एक परामर्शदाता मात्र नभइ दुई भन्दा बढी परामर्शदाताकोमा गइ क्यानडा अध्ययनकाबारेमा परामर्श लिनु उपयुक्त हुन्छ।
त्यस्तै विद्यार्थीले शैक्षिक योग्यता र विषयगत दक्षतालाई प्रष्ट पार्ने कागजात, अध्ययनको क्रममा लिएको तालिम र सिप, आर्थिक कागजपत्र बनाउँदा अभिभावकको आयस्रोत, सम्पत्तिको विवरण, लागत खर्च लगायतका विषयमा ध्यान दिनुपर्छ। यसमा शैक्षिक कर्जालाई पनि महत्वपूर्ण मानिन्छ। विद्यार्थीले आफू क्यानडा अध्ययनका लागि जानुको उद्देश्य स्पष्टसँग खुलाउनुपर्ने हुन्छ। एउटा विद्यार्थीले आफ्नो भिसा आवेदन प्रक्रिया पूरा गर्न ३ देखि ४ महिना समय लाग्छ।
छात्रवृत्तिको व्यवस्था
क्यानडाले विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक प्रोफाइल हेरेर पनि छात्रवृत्ति प्रदान गर्दछ। क्यानडाका सरकारी विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक योग्यता ३.७ जीपीए भन्दा माथि हुनुपर्छ। अंग्रेजी भाषा परीक्षाका सबै टेस्टमा ७ अंक भन्दा माथि ल्याउने विद्यार्थीको हकमा पूर्ण छात्रवृत्ति पाउन सक्ने संभावना रहन्छ। पोस्ट ग्राजुएट तह र डिप्लोमा तहमा अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्ति पाउँदैनन्। स्नातक तह वा सो भन्दा माथि विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्ति पाउँछन्।
रोजगारीको अवसर
क्यानडा विद्यार्थी पढ्नकै लागि जाने भएकाले पढाइको अवधिमा पार्टटाइम काम गर्न पाउँछन्। विद्यार्थीले क्यानडामा हप्ताको २० घण्टा काम गर्न पाउँछन्। यसरी काम गरेको पैसाले उसको दैनिक खर्च चल्न सक्छ तर कलेज फी तिन सक्ने अवस्था हुँदैन। त्यसैले नेपालबाटै एक वर्षको कलेज फी तिरेर क्यानडा जानु उपयुक्त हुन्छ। क्यानडा सरकारले समयसमयमा विद्यार्थीलाई पनि विदाको समयमा फूल टाइम काम गर्ने अवसर प्रदान गर्छ।
क्यानडा सरकारले विदेशी विद्यार्थीलाई अध्ययन पश्चात ३ वर्ष काम गर्ने अधिकार प्रदान गरेको छ। त्यसपछि स्नातक उत्तीर्ण गरेको विद्यार्थीले स्नातकोत्तर तहमा अध्ययन गर्न पाउँछन्। र केही समय अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गरेर नेपाल फर्किन्छु भन्ने विद्यार्थीहरु पनि अध्ययनपश्चात् नेपाल फर्किन पाउँछन्।
म्यापल इन्टरनेशनल एजुकेशन नै किन ?
म्यापलले विगत २० वर्षदेखी क्यानडा अध्ययनलाई नै फोकस गरी परामर्श दिदैँ आएको छ। म्यापलले क्यानडाका प्राय विश्वविद्यालय र कलेजहरुसँग सहकार्य गरिसकेको छ। यी सम्पूर्ण विविध विषयहरुलाई मध्ययनजर गर्दे म्यापल इन्टरनेशनल एजुकेशनले आउँदो कार्तिक २० गते नोबेम्बर ६ मा क्यानडा एजुकेशन एक्स्पो २०२५ को आयोजना गरेको छ। जहाँ क्यानडाका २० भन्दा बढी विश्वविद्यालय वा कलेजका प्रतिनिधिहरु प्रत्यक्ष रुपमा सहभागि हुन्छन्।
पहिलो कुरा म्यापलमा भिसा सक्सेस रेट हाइ छ। म्यापलले विद्यार्थीहरुको अन्तर्राष्ट्रिय शैक्षिक यात्रालाई व्यवसायको नजरले मात्र हर्दैन उनीहरुलाई सत्यतथ्यमा आधारित रहेर कोर्स, लागत खर्च, छात्रवृति लगायतका सम्पूर्ण जानकारी प्रदान गर्छ।