काठमाडौँ - शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षा (सामान्य) को पुनर्योगको नतिजामा कसैको पनि फेरबदल नभएको जनाएको छ।
आयोगले बैशाख २० गते प्रकाशित गरेको नतिजामा चित्त नबुझी पुनर्योका लागि निवेदन दिएका उम्मेदवारहरुको नतिजामा पुनर्योग गर्दा साविकको नतिजामा कुनै पनि फेरबदल नभएको जनाएको हो।
आयोगले पुनर्योगको नतिजामा फेरबदल नभएपछी साविकको प्रकाशित नतिजा नै यथावत रहेको सुचनामा उल्लेख गरेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९, ११:३९:००