काठमाडौँ - त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) ले शैक्षिक सत्र २०८३/८४ का लागि सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षाको नतिजा मङ्गलबार सार्वजनिक गरेको छ। यस वर्षको नतिजामा पनि काठमाडौंको थापाथलीस्थित पीईए एसोसिएशनका विद्यार्थीहरूले सर्वोत्कृष्टसहित शीर्ष स्थान हासिल गर्दै संस्थाले आफ्नो तीन दशकभन्दा लामो उत्कृष्ट नतिजाको परम्परालाई निरन्तरता दिएको जनाएको छ।
आईओई प्रवेश परीक्षा नेपालकै सबैभन्दा प्रतिस्पर्धात्मक प्राविधिक प्रवेश परीक्षामध्ये एक मानिन्छ। यस वर्ष परीक्षामा १२ हजार ६२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ७ हजार १७९ जना उत्तीर्ण भएका छन्। अवधारणागत ज्ञान, विश्लेषणात्मक क्षमता, समय व्यवस्थापन र प्रतिस्पर्धात्मक तयारी आवश्यक पर्ने यस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नु उल्लेखनीय उपलब्धि मानिन्छ।

सार्वजनिक नतिजाअनुसार विराटनगरस्थित बाल विद्या मन्दिरका मनन श्रेष्ठ प्रथम, पोखराको मदरल्याण्ड स्कुलका अमृत तिमिल्सिना दोस्रो तथा काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालयका विपिन पन्त तेस्रो स्थानमा सफल भएका छन्। महिला समूहमा ललितपुरको पिनाकल एकेडेमीकी समिक्षा तामाङले उत्कृष्ट नतिजा हासिल गरेकी छन्।
उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई पीईएले मंगलबार सम्मान गरेको छ। कार्यक्रममा विद्यार्थीको मेहनत, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पणले उत्कृष्ट सफलता सम्भव भएको उल्लेख गरिएको थियो।
पीईएका कार्यकारी निर्देशक ई. लक्ष्मण पोखरेलले यस वर्षको नतिजाले संस्थाको शैक्षिक गुणस्तरप्रतिको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको बताए। उनले पीईएले नतिजाभन्दा पनि गुणस्तरीय तयारीलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यही अभ्यासका कारण संस्थाले निरन्तर उत्कृष्टता कायम राख्न सफल भएको धारणा व्यक्त गरे।
पीईएका प्रिन्सिपल सनत कुमार गिरीले विद्यार्थी, अभिभावक र शैक्षिक जनशक्तिले पीईएमाथि देखाएको विश्वास नै संस्थाको सफलताको आधार भएको बताए। प्रवेश परीक्षा केन्द्रित अध्ययन सामग्री, नियमित अभ्यास, विश्लेषणात्मक कक्षा, अनुभवी शिक्षकको मार्गदर्शन तथा विद्यार्थीको निरन्तर मेहनतका कारण उत्कृष्ट नतिजा सम्भव भएको उनले बताए।
पीईएका पब्लिक रिलेसन डाइरेक्टर जनक लम्सालले पछिल्ला वर्षदेखि सञ्चालन हुँदै आएको ‘पीईए डिजिटल’ तथा ‘पीईए इन्जिनियरिङ एण्ड आईटी क्विज’ कार्यक्रमले विद्यार्थीको अवधारणागत सिकाइ, प्रतिस्पर्धात्मक सोच र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार डिजिटल माध्यमबाट देशका दुर्गम क्षेत्रका विद्यार्थीलाई समेत समान गुणस्तरको तयारीमा पहुँच पुर्याउन संस्था सफल भएको छ।
उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूले पनि आफ्नो सफलताको श्रेय पीईएको अध्ययन वातावरण, प्रवेश परीक्षा केन्द्रित तयारी, नियमित अभ्यास, गुणस्तरीय अध्ययन सामग्री तथा शिक्षकहरूको व्यक्तिगत मार्गदर्शनलाई दिएका छन्। उनीहरूले समय व्यवस्थापन, विश्लेषणात्मक सोच र प्रश्न समाधान गर्ने क्षमता विकास गर्न पीईएको प्रशिक्षण प्रभावकारी भएको अनुभव सुनाएका छन्।
अभिभावकहरूले पनि संस्थाले उपलब्ध गराएको अनुशासित शैक्षिक वातावरण, नियमित अनुगमन तथा अभिभावकसँगको समन्वयले आफ्ना सन्तानलाई अपेक्षित सफलता हासिल गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

वि.सं. २०५१ सालदेखि प्रवेश परीक्षा तयारी क्षेत्रमा सक्रिय पीईएले इन्जिनियरिङ, बीएस्सी सीएसआईटीलगायत विभिन्न प्राविधिक विषयका प्रवेश परीक्षाको तयारी गराउँदै आएको छ। अनुभवी शिक्षक, प्रवेश परीक्षा केन्द्रित अध्यापन, अद्यावधिक अध्ययन सामग्री, नियमित मूल्याङ्कन र प्रविधिमैत्री सिकाइ प्रणालीमार्फत संस्थाले हजारौँ विद्यार्थीलाई नेपाल तथा विदेशका प्रतिष्ठित प्राविधिक शिक्षण संस्थामा अध्ययनका लागि मार्गदर्शन गर्दै आएको जनाएको छ।
यस वर्षको आईओई प्रवेश परीक्षाको नतिजाले योजनाबद्ध तयारी, गुणस्तरीय मार्गदर्शन, विद्यार्थीको निरन्तर मेहनत र अभिभावकको विश्वासले उत्कृष्ट परिणाम सम्भव हुने तथ्यलाई पुनः स्थापित गरेको छ। पीईएले आगामी दिनमा पनि गुणस्तरीय, प्रविधिमैत्री र परिणाममुखी प्रवेश परीक्षा तयारीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।