काठमाडाैँ - राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेकाे छ।बाेर्डका अध्यक्ष महाश्रम शर्माले आज बेलुकासम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।
नितजा सार्वजनिक गर्नु अघि त्रुटि खोज्ने काम भएकाले केही दिन ढिलाे गरी नतिजा प्रकाशन गर्न लागिएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ। बाेर्डका कर्मचारीले बिहीबार राती अबेरसम्म प्राविधिक त्रुटि खोज्ने काम गरेका थिए ।
प्राविधिक रुपमा देखिएका केही त्रुटि सच्याउन सकिए शुक्रबार नतिजा प्रकाशन गर्ने बाेर्डकाे तयारी छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९, ०९:३१:००