काठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिसो एष्ट्रे नामक चलचित्रको च्यारीटी सोको आयोजना गरेको छ । इक्यानले फागुन ३० गते साझ ५ बजे कुमारी हलमा देखाउने च्यारीटी सोको सम्पूर्ण रकम इक्यानको सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम मार्फत प्रदान गरिने जनाएको हो ।
च्यारीटी सोका लागि इक्यानले प्रति टिकट १ हजार मुल्य तोकेको छ ।यसबाट उठेको रकम कोभिड -१९ को महामारीबाट प्रभावित व्यक्तिलाई प्रदान गरिने इक्यानका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भवनाथ हुमागाइले जानकारी दिए । उनले भने, ‘इक्यानले विगतमा जस्तै यसबाट उठेको रकम पिडितलाई सहयोगको रुपमा उपलव्ध गराउछ । कुन कार्यक्रममा सहयोग गर्ने भन्ने छिट्टै घोषणा गर्छौ ।’
चिसो एस्ट्रे इक्यानका पूर्व उपाध्यक्ष महेशबाबु तिमल्सिनाले निर्माण गरेको फिल्म हो ।चिसो एस्ट्रे चैत ४ गतेबाट सिनेमा हलमा प्रदशन हुँदैछ । भूपि शेरचनको कविता ’चिसो एष्ट्रे’माथि तयार भएको फिल्ममा दिव्यदेव, निहुन श्रेष्ठ, नवीन लम्साल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय छ ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८, ०९:२२:००