काठमाडौँ - बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले परामर्श व्यवसायमा विदेशी लगानी आवश्यक नरहेको बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २६ औ बार्षिक समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले परामर्श व्यवसाय शिक्षासंग जोडिएको नेपालीबाटै सञ्चालन गर्न सकिने व्यवसाय भएकाले यसमा विदेशी लगानी आवश्यक नपर्ने बताए। उनले परामर्श व्यवसायलाई व्यवस्थित गर्ने सवालमा बागमती प्रदेश अघि बढेको र यस क्षेत्रमा विदेशी लगानी आवशछ नपर्ने स्पष्ट पारे।'परामर्श व्यवसायमा विदेशी लगानी आवश्यक छैन।विदेशी लगानी भित्राउने के मा हो भन्ने पहिचान हुनुपर्छ।'
कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीले व्यवसाय प्रवर्द्धनको विषयमा आफ्नो धारणा राखेका थिए।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९, २०:०५:००