काठमाडाैँ - अमेरिकी कम्पनीले एप्पलले बहुप्रतिक्षित आईओएस २६ लन्च गरेको छ। यसलाई एप्पलमा आएको ठूलो बदलाव मानिएको छ। यसमा शानदार नयाँ डिजाइन, स्मार्ट फिचर्स र पहिलेका एप्समा तुलनात्मक सुधार गरिएको छ। यो अपडेट आइफोन प्रयोगकर्तालाई लुक्समा मात्र होइन गोपनीयताको हिसाबले पनि राम्रो हुने बताइएको छ।
आईओएस २६ को मुख्य आकर्षण हो लिक्विड ग्लास। यो एक पारदर्शी एप आइकन हो, जसले विजेट्स र सिस्टमलाई जिवन्त बनाउँछ। यो नयाँ लुक्सको अनुभव लक स्क्रिन, होमस्क्रिनदेखि लिएर पूरै आईफोनमा गर्न सकिन्छ।
उदाहरणका लागि लक स्क्रिनले वालपेपरको आधारमा घडीको आकारलाई तरल रुपमा बदलिन्छ। यदि प्रयोगकर्ताले डिभाइसलाई हल्लाएमा सानो थ्रीडी इफेक्टसँग जोड्दछ।यसमा एन्ड्रोइड फोनमा जस्तो ब्याट्री पूरा चार्ज हुन कति समय लाग्छ भन्ने पनि देख्न पाइने छ।
यसैगरी क्यामरा जस्तो एप्समा एक सजिलो लेआउट दिइएको छ ताकि क्याप्चर गर्दा ध्यान केन्द्रित गर्दछ। यसैगरी सफारीको नयाँ डिजाइनले वेबपेजलाई एक किनारदेखि अर्को किनारसम्म फैलाउँछ र कन्टेन्ट सजिलोसँग हेर्नपढ्न सकिन्छ।
एप्पल इन्टेलिजेन्स (एआई) अब पूरै अपरेटिङ सिस्टमा सामेल गरिएको छ। यसबाट प्रयोगकर्ताले थोरै मिहिनेतमा धेरै काम गर्न सक्ने दाबी गरिएको छ।अक्षर र बोली दुबैमा लाइभ ट्रान्सलेसन समावेश गरिएको छ। यसबाट कुराकानी गोप्य र छिटो हुने दाबी गरिएको छ।च्याट जीपीटीमार्फत् स्क्रिनमा भएका कुराहरु सोध्न पनि मिल्छ।
आइफोन एपमा एक ठूलो अपडेट पनि छ, जसमा फेभरेट््स, रिसेन्ट् र भ्वाइसमेललाई एउटै स्क्रोल गर्नयोग्य विन्डोमा राखिएको छ।एनहान्स्ड कल स्क्रिनिङ र नयाँ होल्ड असिस्ट फिचर पनि छ। यसले अनिच्छित कललाई कम गर्न र लाइभ एजेन्ट तयार भएपछि सूचित गर्न मद्दत गर्ने छ। यसबाट कल ह्यान्डिलिङमा उल्लेख्य सुधार आउने विश्वास छ।
मेसेजहरूमा अब अज्ञात कन्ट्याक्टको स्क्रिनिङ सुविधा छ, जसले स्पाम हटाउन थप नियन्त्रण प्रदान गर्छ। प्रयोगकर्ताले उनीहरूसँग अन्तरक्रिया गर्ने निर्णय नगर्दासम्म अपरिचित कन्ट्याक्टहरूलाई अलग फोल्डरमा राखिन्छ।
आईओएस २६ मा नयाँ एप्पल गेम्स एप पनि उपलब्ध हुनेछ, जुन आइफोनमा सबै गेमिङका लागि एउटा केन्द्रीय हब हुनेछ। यो एपले ब्उउभि ब्चअबमभ र एप स्टोरबाट शीर्षकहरू संकलन गर्छ, साथीहरूको गतिविधि, उपलब्धिहरू र चुनौतीहरू ट्र्याक गर्छ र मुख्य इभेन्टहरू तथा अपडेटहरू अगाडि ल्याउँछ। यसले खेलाडीहरूका लागि गेमहरू फेला पार्न र तिनीहरूको मजा लिन पहिलेभन्दा अझ सजिलो बनाउने बताइएको छ।