काठमाडाैँ - नेपालीहरुको महान् पर्व दसैँतिहारको विशेष अवसरमा आइएमई खल्तीबाट वर्ल्डलिकंकोे बिल भुक्तानी गरेमा विशेष अफर ल्याइएको छ। आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धन गरिएको डिजिटल वालेटबाट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिकंको बिल भुक्तानीमा क्याम्पेन सार्वजनिक गरेको हो।
आगामी १२ हप्तासम्म चल्ने यस अभियानमा सेवाग्राहीहरुले खल्तीबाट वर्ल्डलिकंको बिल भुक्तानी गर्दा बम्परमा दिपलको एस ओ ५ गाडी, १२ जोडी ग्राहकलाई विदेश भ्रमण र स्यामसुङको उपकरणहरूमा छुट जित्ने मौका पाउनेछन्।
सेवाग्राहीहरुले अभियान अन्तर्गत खल्तीबाट वर्ल्डलिकंको प्याकेज खरिद वा नवीकरण गरेवापत विभिन्न स्यामसुङ उपकरणहरूमा ४० प्रतिशतसम्मको छुट समेत प्राप्त गर्न सक्ने जनाइएको छ। खल्तीको नयाँ क्याम्पेनले आफ्ना सेवाग्राहीहरुलाई वर्ल्डलिकंको बिल भुक्तानी झन्झटमुक्त गर्दै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। साथै यस अफरले वर्ल्डलिकं प्रयोगकर्ताहरुलाई खल्तीमार्फत सहज भुक्तानी गर्ने बानी बसाल्न पनि प्रोत्साहित गर्दछ।
अफरमा एक महिनाको बिल तिर्ने सेवाग्राहीले एउटा कुपन, तीन महिनाको बिल तिर्नेले तीनवटा कुपन र १२ महिनाको बिल तिर्नेले पाँचवटा कुपन एसएमएस मार्फत प्राप्त गर्नेछन्। सेवाग्राहीले प्राप्त गरेको कुपन मार्फत उनीहरु स्वतः लक्की ड्रमा समावेश हुनुका साथै जति धेरै भुक्तानी, त्यति धेरै पुरस्कार जित्ने मौका रहने जनाइएको छ।
आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार, यस क्याम्पेन सँगै खल्तीले आफ्ना सेवाग्राहीहरुलाई वर्ल्डलिकंको बिल भुक्तानी गर्न सजिलो बनाउने र सम्पूर्ण सेवाग्राहीहरुको चाडपर्व अझ रमाइलो बनाउने कोसिस रहेको छ। सबै प्रयोगकर्ताहरुलाई वर्ल्डलिकंको बिल भुक्तानीमा रहेको अफरबाट लाभान्वित हुन र यस अवसरलाई सदुपयोग गर्न समेत खड्काले आह्वान गरेका छन्।
वर्ल्डलिकंको आधिकारिक भुक्तानी पार्टनर्स् रहेको खल्तीले यस अघिका सालहरूमा पनि चाडपर्वको उत्साह कायम राख्न र डिजिटल रुपमा वर्ल्डलिकंको बिल भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि नामी इभी गाडी र दुबई भ्रमण जस्ता अफरहरु ल्याएको थियो। यस वर्षको क्याम्पेनले पनि सोही उत्साह जारी राख्नेछ भन्ने आशा गरिएको छ।