काठमाडौँ - अन्तत गए राती देखि अमेरिका र इरानबिच २ हप्ता युद्धविराम गर्ने सहमति भएको छ। पाकिस्तानको मध्यस्ततामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेकाहुन्।साथै इरानले पनि युद्धविराम सम्झौता भएको पुष्टि गर्दे उसले यसलाई आफ्नो ‘विजय’ भनेको छ।
ट्रम्पले युद्धविरामका लागि इरानबाट दशबुँदे प्रस्ताव आएको जानकारी दिएका छन्।यसैबिच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो दशबुँदे प्रस्ताव स्वीकार गरेको दाबी गरेको छ।
आफूले राखेका सर्तमा युद्धविराम सम्झौता भएको भन्दै इरानले यो ‘देशको जित’ भनी दाबी गरेको छ।इरानले अघि सारेका दश बुँदामा.आक्रमण पूर्ण रूपमा अन्त्य गर्ने ,अमेरिका र इजरायललाई सबै सैन्य आक्रमण बन्द गरिनुपर्ने ,सबै प्रतिबन्धहरु हटाउने, स्थिर सम्पत्ति फिर्ता गर्ने,आफ्ना सबै फ्रिज फन्ड तथा सम्पत्ति फिर्ता गरिनुपर्ने ,युद्धको स्थायी अन्त्य,युद्धको पूर्ण अन्त्य गरिनुपर्ने,अमेरिकी सेना फिर्ता गर्ने,इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने ,युद्धका क्रममा भएका क्षतिबापत आर्थिक मुआब्जा वा पुनर्निर्माणको व्यवस्था ,होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण हुनुपर्ने लगायतका रहेका छन्।
मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले अमेरिका र इरानबिच युद्धविराम सम्झौता भएको उल्लेख गर्दै स्थायी शान्ति स्थापनाका लागि आगामी अप्रिल १० मा दुई देशका प्रतिनिधिले इस्लामाबादमा थप वार्ता गर्ने पनि बताएका छन्।
इजरायलले पनि उक्त युद्धविराम सम्झौतालाई स्वीकार गरेको छ। तर उसले लेबननमा यो सम्झौता लागु नहुने बताएको छ।आफ्नो आधिकारिक विज्ञप्तिमा इजरायलले भनेको छ, ‘हामी इरानमा आक्रमण दुई हप्ताका लागि रोक्ने राष्ट्रपति ट्रम्पको निर्णयलाई समर्थन गर्छौं– यदि इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्छ र अमेरिका, इजरायल र अन्य देशहरूमा आक्रमण बन्द गर्छ भने यसको हामी स्वागत गर्छो इजरायलले भनेको छ।
अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता युद्ध जारी थियो।
-एजेन्सीको सहयोगमा