काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्नेगरि तयारी गरेको बोर्डले जनाएकाे हाे।
नतिजा सार्वजनिक गर्नका लागि अहिले प्राविधिक काम भइरहेको बोर्डका एक अधिकारले जानकारी दिएका छन्। आज साँझ बोर्डको बैठक बोलाइएको छ। सरकारले पहिलो पटक परीक्षा सकिएको एक महिना भित्रै नतिजा प्रकाशन गर्न बोर्डलाई निर्देशन दिएको थियो। एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो। यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए।
नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन्।
यसरी हेर्न सकिन्छ नतिजा
बोर्डले नतिजा SMS, IVR तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।बोर्डद्वारा जारी सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा हेर्नका लागि विभिन्न सेवा प्रदायक संस्थाहरूलाई स्वीकृति दिइएको छ। विद्यार्थीहरूले तोकिएका सर्टकोडमार्फत SMS वा IVR प्रयोग गरेर सजिलै नतिजा प्राप्त गर्न सक्नेछन्।
SMS तथा IVR सेवा:
नेपाल टेलिकम: १६०० (SMS/USSD/IVR)
जानकी टेक्नोलोजी प्रा.लि.: ३५००१ (SMS)
एम्बिसन गुरु प्रा.लि.: ३१००६१ (SMS)
विद्यार्थीहरूले निम्न वेबसाइटहरू प्रयोग गरी पनि आफ्नो नतिजा हेर्न सक्नेछन्:
www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
www.ekantipur.com
www.see.edusanjal.com
khalti.com/app
see.collegeinfonepal.com
theconnectplus.com
ncellapp.ncell.com.np/result
result.neemaacademy.com
resultayo.com
see.ambition.guru
see.merostudy.net
nebeducation.com/see
बोर्डले विद्यार्थीहरूलाई आधिकारिक तथा स्वीकृत माध्यमबाट मात्र नतिजा हेर्न आग्रह गरेको छ। साथै, अनावश्यक भीडभाड र अफवाहबाट बच्न पनि अनुरोध गरिएको छ।सूचना २०८३ जेठ २६ गते प्रकाशित गरिएको हो।