काठमाडौं - त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्ने जनाएको छ ।
विश्वविद्यालयले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भौतिक उपस्थितिमा स्थानिय तहसंगको सम्बन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गर्ने जनाएको हो ।
त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस संक्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।
जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न त्रिविले आफ्ना मातहतका क्याम्सर ,विभागहरुलाई सुचित गरेको छ ।
कोरोना भाइरसको तेस्रो लहर बढ्दै गएपछि त्रिविले माघ पहिलो सातादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो। उक्त स्थगित परीक्षा सञ्चालन गर्न त्रिविले गत माघ १९ गते परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८, २३:२४:००