काठमाडाैँ - प्रेस चौतारी नेपाल काठमाडाैँको छैटाैँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। माघ २३ गते बागबजारमा रहेकाे हार्दीक होटलमा उक्त अधिवेशन सम्पन्न गरिएको हो।
अधिवेशन कार्यक्रममा प्रमुख अतिथिमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले प्रेस चौतारी सृजनात्मक र रचनात्मक संस्था रहेको बताए। उनले प्रत्येक संस्थाले बिना स्वार्थ केही प्राप्त हुन्छ भन्ने लोभ नराखी काम गर्न आग्रह गरे। उनले कुनै पनि संस्थाले कुनै काम गर्दा भित्रि छलफल र अनुसन्धान गर्नुपर्ने जरुरी रहेकाे बताए।
'यही अधिवेशन भन्दै चुनाव हानथाप गर्नु भन्दा संस्थाको नेतृत्व बारे अनुसन्धान गर्न जरुरी छ।' उनले भने,' भाषण गर्न भन्दा शासन गर्न सिक्नुस्।' उनले प्रेस चौतारी औलाउदैँ भने ,'प्रेस चौतारी भित्रमा एक जना सदस्यलाई प्रेस चौतारी बारे ५ वटा वाक्य भन्नु भन्दा अकमक्काउनु हुन्छ, यही बाट हेरौँ हामी प्राप्तीको लागि मात्र पछि परेको छौँ। हामी संस्थालाई केही गर्ने उदेश्य भन्दा पनि केही आफ्नो लागी पाउने उदेश्यले संस्थामा जोडिन्छौ।'
'आफु एक जुन संस्थामा हुनुहुन्छ त्यसलाई नै राम्रो बनाउन जोड दिने गरौँ धेरै लोभलालचमा ठाँउ सरुवा गर्दे भन्दै मुख ताक्दै नहिड्नुस्।' उनले भने।
प्रेस चौतारी नेपाल काठमाडाैँको छैटाैँ जिल्ला अधिवेशनबाट अध्यक्षमा लक्ष्मण शर्मा, उपाध्यक्षमा प्रविण रिजाल, सुभद्रा धिताल सचिवमा श्रीकृष्ण ढकाल, सह-सचिवमा राजु नापित, उत्सव बजगाईं, कोषाध्यक्षमा कमल पन्थी र सदस्यहरूमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, राम कुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरि प्रसाद सिग्देल, श्रीकृष्ण बस्नेत, सुजन मैनाली चयन भएका छन्।
