काठमाडौँ - अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक रहेकाे बताएका छन्। उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन्।
शनिबार ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन्।
उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ। दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ। त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो। यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो। यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ।’
यसैगरी उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले अहिलेसम्म पुरानो पार्टीहरुले विकास त गरेको तर प्रयाप्त रुपमा गुणस्तर नभएको बताए। उनले पुरानो पार्टीहरुका कारण नै रास्वपा जस्तो पार्टी उदाएको भन्दै कृतज्ञता समेत व्यक्त गरे।
‘हामीले अहिलेसम्म पुरानो पार्टीहरुले जसरी राजनीतिक रुपमा परिवर्तनहरु गर्नुभयो म उहाँप्रति सम्मान व्यक्त गर्छु। किनभने निर्दलीय व्यवस्थालाई बहुदलीय व्यवस्थामा नल्याएको भए राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो पार्टी नै आउँदैनथ्यो। त्यो बाटो बनाइदिनु भएकोमा कृतज्ञता छ। विकास हुँदै नभएको होइन। स्कुलको संख्या ५-७ सयबाट ३४ हजारसम्म पुग्यो, बाटो लगभग एक लाख किलोमिटरसम्म पुग्न थालिसक्यो। उद्योग, मिडिया क्षेत्र सबैको विकास भयो तर हाम्रो सरोकार चै जुन गतिमा भयो जुन गुणस्तरमा भयो त्यो प्रयाप्त भएन,’उनले भने।
यस्तै कार्यक्रमा एमालेका सांसद सुवाङ नेम्वाङले ढुवानी सेवालाई ट्रक र गाडी दौैडाउने माध्यमको रुपमा मात्र हेर्न नहुने बताए। उनले ढुवानी सेवाले राष्ट्रलाई चलायमान राख्न सहयोग पुर्याएको बताए। ढुवानी सेवाले औषधिदेखि खाद्यन्न, निमार्ण सामाग्रीदेखि कृषिउपजलगायतका सामाग्री ढुवानी गरी चलायमान बनाएको भन्दै धन्यवाद समेत दिए।
त्यस्तै रास्वपा पार्टीका प्रवक्ता एंव प्रतिनिधि सभाका सदस्य मनिष झा ले ३६ सय वर्ष अगाडी उटले गर्ने ट्रान्सपोटेसन र हाल ड्रोनबाट हुने ट्रान्सपोटेसनको ईतिहास नियाल्दा यस क्षेत्रको बृहत विकास भएको बताए। उनले यति समयको अन्तरालमा जति विकास हुनुपर्ने हो त्यो लेभलको विकास नभएको बताए।
झाले ढुवानी व्यवसायीको कार्यको जति लगानी छ त्यही अनुरुपको गुणस्तर नभएको बताए। उनले भने, 'सरकार र व्यवसायी बिच गुनासो गर्दे दिनहरु बितिरहेको छ। समाधानको विकल्पहरुलाई बेवास्ता गर्देछ सरकार।' झाले नेताहरु नेपालमा पानी जहाज ल्याउने भाषण गर्न व्यस्त र युवाहरु ड्राईभिङ लाईसेन्स कैले बन्ला भन्ने चिन्तामा रहेर देश बिग्रेको बताए। उनले राजनितिक नियुक्तिको लागी राज्यलाई ठुलो बनाउनु भन्दा त्यो बजेट ढुवानी क्षेत्रमा लगानी गर्न आग्रह गरे।
नेकपा मावादी केन्द्रका सासंद मादब सापकोटाले आफुले ढुवानी व्यवसाय क्षेत्रको समस्यालाई नजिकबाट नियाँलेर समाधानको लागी सरकारको ढोका ढकढकाउने प्रतिबद्धता जनाए। उनले यस ढुवानी क्षेत्रले नेपाल सरकारलाई पुर्याएको योगदानको कारण नेपाल सरकारले पनि यस क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताए।
नेकपा एमालेका सासंद सुहाङ नेम्वाङले ढुवानी व्यवसायको क्षेत्रलाई प्रविधियुक्त बनाउनु पर्ने बताए। उनले भने,' नेपालमा अन्य क्षेत्र प्रविधियुक्त हुदैँ गएको छ। त्यसरी नै ढुवानी क्षेत्रमा पनि पविधिको प्रयोग गर्न जरुरी छ। तुलनात्मक हिसाबमा नेपालको भुगोल पनि आफैँमा गारो छ र प्रविधिको प्रयोग पनि यही क्षेत्रमा भएको छैन।'
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले साधारण सभाको सफल्तालाई शुभकामना दिदैँ तथा बधाई दिदैँ उनले ढुवानी क्षेत्रमा भएको १७ अर्बको कारोबार नेपाल सरकारमा धेरै ठुलो कारोबार रहेको बताए। उनले नेपाल सरकारको विकासको क्षेत्रमा ढुवानी क्षेत्रको ठुलो भुमिका रहेको बताए।