काठमाडौँ - गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो यस प्रकरणमा संलग्नता नरहेको र हुनै नसक्ने जिकिर गरे। ‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ। जसको म खेद व्यक्त गर्छु।’ उनले भने।
उनले अख्तियारले छानबिन गर्दा मन्त्री वा सरकारसँग जोड्ने हो भने विगतमा भ्रष्टाचारबारे छानबिन हुँदा कति मन्त्रीहरूले जवाफ दिए ? भन्दै प्रश्न गरे। आफू लोकतन्त्र र सुशासनको लागि वर्षौँदेखि लडिरहेको र विधिको शासनको लागि आवाज उठाइरहेको लेखकको भनाइ थियो।
’विगत केही दिनदेखि पत्रपत्रिका, सामाजिक सञ्जाल र केही माननीयले उठाउनु भएको कुरामा सार्वभौम ठाउँमा जवाफ दिन उपयुक्त ठानेर समय मागेको थिएँ। समयको लागि आभार व्यक्त गर्छु,’ उनले भने, ’धेरै कुरा मैले विभिन्न माध्यमबाट पनि जवाफ दिइसकेको छु। मेरो राजनीतिक र सार्वजनिक कुरा सबैलाई थाहा नै भएकोले सार्वजनिक पद धारण गरेकोले उठेका समसामयिक विषयमा जवाफ दिन उपयुक्त भएकोले यहाँ प्रस्तुत भएको छु।’
गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमै कीर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले केही राजनीतिक दलका पार्टी कार्यालयमा तथाकथित नक्कली पीडितलाई बोलाएर आफूविरुद्ध विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको उनको भनाइ छ।
गृहमन्त्री लेखकले कीर्ते, जालसाझी र अमर्यादित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत थिए। उनले दलका पार्टी कार्यालयहरुलाई कीर्ते र नक्कली पीडित खडा गर्ने पार्टी कार्यालय बनाउन लागिएको भन्दै सचेत रहन आग्रह समेत गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सम्भावना बोकेका पार्टी भएकाले यस्ता कार्यमा नलाग्न समेत सुझाए।
उनले रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन। आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै उनले खेद ब्यक्तसमेत गरेका छन। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, म इमान र नैतिकताको राजनीति गरेर यहाँसम्म आएको हो, यस्तो काम मवाट हुनै सक्दैन्’, गृहमन्त्री लेखकले संसदमा भने।
केही पार्टीका कार्यालयहरुमा नक्कली तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरी लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ। यस्ता कीर्ते, जालसाझी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु। र यस्ता अपमानजनक कार्यहरू, कीर्ते जालसाझ गरेर नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारबाही गरिनेछ। तपाईका पार्टी कार्यालयहरु कीर्ते र नक्कली पीडितहरू खडा गर्ने पार्टी कार्यालय बन्दैछन्। यसमा तपाईंहरू सचेत हुनुस्। किनभने तपाईंहरू सम्भावना बोकेको हुनुहुन्छ। उनले संसदमा प्रस्टीकरण दिदाँ बेलमा पुगेर रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेका थिए।