काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काे आगामी २० औँ साधारणसभा एंव महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएको छ। अहिलेका अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल सकिएसँगै नयाँ नेतृत्वका लागि आंकाक्षीहरूको दौडधुप सुरु भएको हो।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन इकयानको नयाँ नेतृत्वका लागि विगतमा नै छुट्टाछुट्टै दुईवटा समुहबाट निर्वाचित भएका प्रतिस्पर्धीहरूबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

ईडीयू सवाल डटकमलाई प्राप्त स्रोतका आधारमा आगामी निर्वाचनमा बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू) र महासचिव दीपकराज भूषालबीच अध्यक्षका लागि प्यानल नै बनाएर प्रतिस्पर्धा हुने देखिएको छ। देशको राजनीतिको परिदृष्य परिवर्तन भएको वर्तमान परिवेशमा इक्यानमा पनि स्वभाविक धुव्रिकरण देखिएको छ। मुख्य गरेर नेपाली कांग्रेस निकट व्यवसायीहरूकाे तर्फबाट साझा अध्यक्षको उम्मेद्वारको रूपमा एन्ड्रियू पौडेल र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुकाे साझा उम्मेद्वारको रुपमा भुषाल देखिएका छन्। त्यस्तै नेकपा एमाले निकट व्यवसायीहरूकाे संगठन प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)काे तर्फबाट पनि पूर्व उपाध्यक्ष देविदास भट्टराईले अध्यक्षमा उम्मेद्वारी दिने चर्चा चलेकाे छ। तर, यदि पिक्यानले अध्यक्षबाहेक अन्य पदमा सहमति गरेर कुनै टीमसँग सहकार्य गरेकाे खण्डमा बर्तमान कार्यसमितिका सहकोषाध्यक्ष विकल्पराज पोखरेल र पुष्पराज भट्टराईलाई उपाध्यक्ष वा महासचिवकाे उम्मेद्वारकाे रूपमा अघि सार्ने देखिएकाे छ।
इक्यानको नयाँ नेतृत्वका लागि दुईवटा प्यानल बनेर निर्वाचनमा जाने स्पष्ट संकेत देखा परेकाे छ। इक्यानको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा इक्यान कास्कीबाट प्रतिनिधित्व हुने जनाइसकेकाे छ। ललितपुरबाट पनि यस अघि शाखाको नेतृत्व गरिसकेका उपेन्द्रदेव ढकालले उपाध्यक्षकाे उम्मेद्वार बन्ने बताएका छन्। अघिल्लो महाधिवेशमा महासचिवमा प्रतिस्पर्धा गरेका बासुदेव दाहालले उपाध्यक्षमा उम्मेद्वारी दिनेछन्। बर्तमान कार्यसमितिका सचिव रत्न बहादुर भट्टराई, अघिल्लाे कार्यसमितिका सचिवका प्रतिस्पर्धी फिलिप डिसीले पनि उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन्।
यस्तै महासचिवको दौडमा वर्तमान कार्यसमितिका सचिव भवनाथ हुमागाईले उम्मेद्वारी दिनेछन् भने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भए महासचिवमा पाेखरेल उम्मेद्वार हुनेछन्। सचिवको दौडमा बर्तमान कार्यसमिति काेषाध्यक्ष आशकि कार्की, कार्यसमिति सदस्य सुरज शिलवाल, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशिप्रसाद भट्टराई लगायतका छन्। यस्तै कोषाध्यक्ष र सहकोषाध्यक्षमा श्रीराम गिरी, साधना पुडासैनी, उमा खड्का लगायतको नाम चर्चामा छ। यस्तै इक्यानको नयाँ कार्यसमितिका लागि अध्यक्ष सहित १८ पदका लागि प्रतिस्पर्धा हुनेछ। २१ जनाको कार्यसमिति रहने इक्यानमा २ जना सदस्य मनोनित गर्ने प्रावधान छ। ६ सय भन्दा बढी व्यवसायीहरू आवद्ध रहेको इक्यानका देशभर आठओटा शाखा रहेका छन्।
ईक्यान सम्पूर्ण शैक्षिक परामर्शदाता, विद्यार्थी र अभिभावकको आशा, आस्था र भरोसाको धरोहर हो

नेपालको शैक्षिक परामर्श क्षेत्र अब पूर्ववत् जस्तो छैन। चुनौतीहरू बढेका छन्, अपेक्षा थपिएका छन्, र अन्तर्राष्ट्रिय शिक्षा बजार तीव्र गतिमा परिवर्तन भइरहेका छन्। यस्तो परिवेशमाइक्यान (ECAN) कुनै सामान्य संस्था होइन-यो विद्यार्थीको भविष्य, अभिभावकको भरोसा र राष्ट्रको शैक्षिक छविको संरक्षक हो। त्यसैलेइक्यान लाई अब केवल सञ्चालन गर्ने होइन, नेतृत्व गर्ने, परिवर्तन ल्याउने, र विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दृष्टिकोण आवश्यक छ।
अबकोइक्यान अझ पारदर्शी, प्राविधिक र उत्तरदायी संरचनासहित अघि बढ्दैछ
ईक्यानले सबै सदस्यलाई समान अवसर, स्पष्ट मापदण्ड र एकरूप कार्यशैलीमा जोड दिंदै आएको छ। गलत सूचना, अनियन्त्रित अभ्यास र अव्यवस्थित प्रतिस्पर्धालाई अन्त्य गर्दैइक्यान ले विद्यार्थी-अभिभावक केन्द्रित सेवा संस्कृतिलाई मजबुत बनाएको छ। अबकोइक्यान अझ पारदर्शी, प्राविधिक र उत्तरदायी संरचनासहित अघि बढ्दैछ, जसले शैक्षिक परामर्श व्यवसायलाई राष्ट्रिय स्तरमै विश्वसनीय क्षेत्रका रूपमा स्थापित गर्नेछ।
नेपालका परामर्शदाताहरुको सबैभन्दा ठुलो, जेठो र पुरानो छाता संगठन इक्यान
नेपालका परामर्शदाताहरुको सबैभन्दा ठुलो, जेठो र पुरानो छाता संगठन इक्यानको स्थायित्व र विश्वसनीयतामा आधारित परिवर्तन नै आगामी दशकको मुख्य पहिचान बन्नेछ। विश्वविद्यालय, सरकारी निकाय र अन्तर्राष्ट्रिय साझेदारहरूसँगइक्यान को भूमिकाले अब शिक्षा कूटनीतिमा समेत महत्व पाएको छ। यही कारण आजको आवश्यकता केवल व्यवस्थापन होइन-भविष्य देख्न सक्ने, समाधान दिन सक्ने र सबै हितधारकलाई जोड्न सक्ने नेतृत्व हो।
इक्यानलाई केवल आजका समस्याको उत्तर होइन, भोलिको सम्भावनाको केन्द्र बनाउनु-यही हाम्रो साझा प्रतिबद्धता हो। नेपालभरका कन्सल्टेन्सी, विद्यार्थी, अभिभावक र अन्तर्राष्ट्रिय साझेदारहरूलाई एकैसाथ अघि बढाउने वातावरण निर्माण गर्दैइक्यान निरन्तर रूपमा राष्ट्रिय गौरवको संस्थामा रूपान्तरित हुँदैछ। इक्यानको यात्रामा अब स्पष्टता छ, दिशा छ, र उद्देश्य छविद्यार्थीको भविष्य सुरक्षित गर्ने, व्यवसायलाई प्रतिष्ठित बनाउने र नेपाललाई विश्वशिक्षामा विश्वसनीय प्रतिनिधि बनाउने। यही मार्गदर्शनले इक्यानलाई अझ प्रभावशाली, अझ सक्षम र अझ दूरदर्शी संस्था बनाउँदै लैजानेछ।
इक्यान परामर्श व्यवसायी, विद्यार्थी र अभिभावकका मुद्धामा केन्द्रित छ

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) स्थापनाको तीन दशकको दौरानमा अघि बढेको छ। यसले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्री, शिक्षा सचिव, शैक्षिक परामर्श महाशाखा, विदेश अध्ययन अनुमति प्रदान गर्ने (एनओसी शाखा), परराष्ट्र मन्त्रालय, विभिन्न मुलुकका कुटनीतिक नियोगका पदाधिकारी लगायतका व्यक्तीसँग छलफल एंव नीतिगत रुपमा भूमिका निर्वाह गर्दै आएको छ। इक्यानले विगतमा रोकिएको शैक्षिक परामर्श व्यवसायको अनुमतिपत्र नविकरण प्रक्रियालाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। इक्याले व्यवसायीको क्षमता अभिवृद्धि गर्न विभिन्न मुलकुका शैक्षिक गन्तव्य केन्द्रित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दै आएको छ। यो शैक्षिक परामर्श व्यवसायीको हितमा उभिने संस्था हो। यसले यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। इक्यान व्यवसायीका समस्या प्रति सधै सजग भएर व्यवसायीक हितमा उभिने गरेको छ।
इक्यानले नीतिगत सवालमा, सदस्यहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न शैक्षिक गन्तव्यका बारेमा तालिम सञ्चालन गर्ने, करसंग सम्बन्धित तालिम सञ्चालन गर्ने काम गर्दै आएको छ। अन्तर्राष्ट्रिय परामर्श क्षेत्रसँग सम्बन्धित तालिममा छुटको व्यवस्था, व्यवसायीक प्रर्वद्धन केन्द्रित क्रियाकलापमा जोड दिने देखि यस व्यवसायलाई मर्यादित गर्ने सवालमा विद्यार्थीलाई सहि सूचना दिने इक्यान प्रतिवद्ध छ।
यसका साथै अहिलेको कार्यसमितिले इक्यानको संगठनात्मक गतिविधीलाई बलियो बनाउँदै विभिन्न कार्यक्रमलाई नियमित गर्ने सवालमा काम गरेको छ। प्रत्येक महिना करिब पाँचवटा कार्यक्रम गर्न हामी सफल भएका छौँ। समग्र शैक्षिक परामर्श क्षेत्रलाई सहि मार्गनिर्देश गर्दै अघि बढ्ने सवालमा इक्यान कटिवद्ध छ।
यो व्यवसाय अन्य मुलुकको विद्यार्थी नीतिसँग निर्भर भएकाले पनि उतारचढावको सामना गर्नुपरेको अवस्था छ। एउटा मुलुकले लिएको नीति परिवर्तन हुँदा व्यवसायीका मुद्धा पनि परिवर्तन भएका छन्। आफू जाने मुलुकमा भएको नीति नियम, अध्ययन पश्चात रोजागारीको अवसरका बारेमा विद्यार्थीलाई जानकारी दिन व्यवसायीलाई यस विषयमा बुझाउने काम गरेका छौँ।
विभिन्न नयाँ शैक्षिक गन्तव्यका लागि आवश्यक पर्ने कागपत्रका बारेमा जानकारी दिन इक्यानले आफ्ना सदस्यलाई सहजिकरण गर्दै आएको छ। विद्यार्थीलाई तयारी कक्षाका बारेमा जानकारी दिने र परिवर्तन भएका भिसा पोलिसीका बारेमा इक्यानले आफ्ना व्यवसायीलाई जानकारी दिने गरेको छ। भर्खरै मात्र शैक्षिक परामर्श व्यवसायलाई सरकारले नविकरणको प्रक्रिया खुलाएको थियो। इक्यानले आफ्ना सदस्यलाई नविकरण प्रक्रियाका लागि आह्वान गर्नुका साथै सहजीकरण समेत गरेको थियो।
नीतिगत सवाल
इक्यान यस व्यवसायको नीतिगत सवालमा सधै सजग छ । व्यवसायीलाई आइपर्ने समस्या समाधान नीतिगत रुपमा पहल गर्दै यस व्यवसायलाई थप व्यवस्थित बनाउन इक्यानले जिम्मेवार संस्थाको रुपमा भूमिका निर्वाह गरेको छ। विद्यार्थी र अभिभावकले भोग्नुपरेमा समस्या समाधान गर्न इक्यान सदैव प्रतिवद्ध छ।
नियमित, आन्तरिक र बाह्य गतिविधीमा इक्यान
इक्यानले नियमित, आन्तरिक र बाह्य गतिविधिमा जोड दिदैँ आएको छ। व्यवसायीक प्रवद्र्धनमा जोड दिदैँ आएको यस संस्थाले आफ्ना नियमित गतिविधीलाई समयसिमा भित्रै सम्पन्न गर्दै आएको छ। वार्षिक रुपमा सधारणसभा सञ्चालन गर्ने देखि विभिन्न मुलुकको भिसा पोलिसी केन्द्रित तालिम सञ्चालन गर्दै आएको छ।
इक्यान शैक्षिक मेला, पिकनिक, फुटसल लगायतका अतिरिक्त क्रियाकलापमा पनि व्यवसायीलाई जोड्दै लगेको छ। व्यवसायी व्यवसायीबीच सद्भाव बढाउने हिसाबले गरिएका गतिविधीका कारण इक्यान एउटा ठूलो संस्थाको रुपमा स्थापित भइसकेको छ।