काठमाडाैँ- नेकपा एमालेले युवा,विद्यार्थी र महिलाका लागि आकर्षक योजना अघि सारेको छ। आगामी फागुन २१ गतेको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै एमालेले विभिन्न आकर्षक योजना अघि सारेको हो।
जसमा विद्यार्थीदेखि उद्यमी महिलालाई २० लाख रुपैयाँसम्म निब्र्याजी ऋण, किशोरीहरुलाई निःशुल्क सेनिटरी प्याडदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्नेसम्मका योजना अघि सारेको छ। त्यतिमात्र होइन एमालेले हेरक क्षेत्रमा न्यनमत पारिश्रमिकसहित इन्टर्नशीपको समेत व्यवस्था गर्ने योजना अघि सारेको छ। ‘विद्यार्थीलाई २० लाख निर्व्याजी ऋण,पारिश्रमिकसहित इन्टर्नशीप।
प्राविधिक उच्च शिक्षा पढ्न चाहने विद्यार्थीका लागि २० लाख रुपैयाँसम्म निव्र्याजी ऋण दिनेछौँ र न्यूनतम पारिश्रमिकसहित इन्टर्नशीपको व्यवस्था गर्छौँ। व्याजको दर गुणा बढ्ने र पढ्दै कमाउँदै अनुभव बनाउने अवसर दिन्छौँ,’ एमालेको घोषणापत्रमा भनिएको छ, ‘किशोरीलाई निशुल्क प्याड र कक्षा १० सम्म दिवा खाजा। सबै विद्यालयका किशोरीलाई निशुल्क प्याड दिन्छौँ। र कक्षा १० सम्मका सबै विद्यार्थीलाई दिवा खाजा खुवाउँछौँ। महिनावारी वा खाली पेटका कारण पढाइ नरोकिने व्यवस्था गर्छौँ।’
त्यस्तै श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँसम्म पुर्याउने, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनेदेखि सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने घोषणा गरेको छ। ‘श्रमिकको न्यूनमत पारिश्रमिक २५ हजार रुपैयाँ र सामाजिक सुरक्षा न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउँछौँ र सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्छौँ,’ एमालेको घोषणापत्रमा भनिएको छ।
एमालेले शिक्षकहरुको मर्यादाक्रम समेत तोक्ने घोषणा गरेको छ। जसअनुसार एमालेले शिक्षकहरुलाई सामाजिक सुरक्षमा ल्याउनेदेखि शिक्षकलाई सुरक्षित बनाउने योजना अघि सारेको छ। ‘शिक्षकको मर्यादा। सबै शिक्षकलाई सामाजिक सुरक्षा। शिक्षकको मर्यादाक्रम तोक्छौँ र सामुदायिक तथा निजी सबै शिक्षकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्छौँ। शिक्षक सुरक्षित र सम्मानित भए कक्षा बलियो हुन्छ,’ घोषणापत्रमा भनिएको छ।
त्यतिमात्र नभइ एमालेले स्वास्थ्य स्वंयसेविकालाई २० हजार रुपैयाँसम्मा मासिक भत्ता पुर्याउनेदेखि सबैलाई सामाजिक सुरक्षामा जोड्नेसम्म योजना रहेको बताएको छ। यता उद्यमी महिलाई २० लाखसम्म निब्र्याजी ऋण दिने र महिलाको लागि प्रतिजन्म २० हजार रुपैयाँसम्म पोषणभत्ता दिने घोषणा गरिएको छ। ‘स्वास्थ्य स्वयंसेविकालाई २० हजार रुपैयाँ भत्ता र सामाजिक सुरक्षा। स्वास्थ्य स्वयंसेविकाको वार्षिक सामाजिक सुरक्षा भत्ता २० हजार रुपैयाँ पुर्याउँछौँ र सामाजिक सुरक्षामा जोड्छौँ,’ घोषणापत्रमा भनिएको छ, ‘उद्यमी महिलालाई २० लाख निव्र्याजी ऋण, २० हजार सुत्केरी भत्ता र ५० लाख निःशुल्क बीमा। ज्ञउद्यमी महिलालाई २० लाख रुपैयाँसम्म निव्र्याजी ऋण दिन्छौँ र प्रतिमहिलालाई प्रतिजन्म २० हजारसम्म पोषण भत्ता दिन्छौँ।’