काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले विभिन्न अध्यादेश मार्फत विगतमा देखिएका विकृति अन्त्य गर्न खोजेको बताएका छन्।प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल मार्फत विशेष गरि विद्यार्थी संगठन तथा कर्मचारीका संगठन प्रति लक्ष्ति गर्दे भनेका छन,- ‘राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन, चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो।’
उनले शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्दा अधिकार खोस्ने भन्दा पेशागत स्वतन्त्रता बलियो बनाउँने बताएका छन्।
सबैले वर्षौंदेखि विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगा¥यो भन्दै आएको उल्लेख गर्दे, विद्यार्थी र कर्मचारीका संगठन दलका ‘स्लिपर सेल’ बनेको उल्लेख गरेका छन्।
योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइएकाले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनेको भन्दै प्रधानमन्त्री बालेनले, अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्ने समेत बताएका छन्।
उनले विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्,नेताको भीडबाट होइन पनि भनेका छन्।सामाजिक संजालमा प्रधानमन्त्री बालेनले भनेका छन,- ‘अब कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून्,कुनै दलको होइन।’आफूले चालेका पछिल्ला कदम कुनै पार्टीविरुद्धको लडाइँ नभएको स्प्रष्टिकरण पनि उनले दिएका छन्।
साथै उनले आफना कदमलाई प्रणाली बचाउने प्रयासका रुपमा समेत व्यख्या गरेका छन्। यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो,शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकारमा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामी जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ, प्रधानमन्त्री बालेनले भनेका छन्।
