काठमाडाैँ - फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अर्वाड २०२५’ मा काठमाडौँको चावहिल स्थित मनास्लु वल्ड कलेजले नेपालको उदयीमान प्लस टु कलेजको उपाधी प्राप्त गरेको छ। विद्यार्थीको रोजाइमा पर्न सफल मनास्लु नेपालको उदयीमान कलेजको रुपमा घोषित भएको हो।
मनास्लुमा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकाय अन्तर्गत विषयमा अध्यापन हुन्छ। उत्कृष्ट नतिजा तथा अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारको कारण पछिल्लो समय मनास्लु विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्ने गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार मनास्लुका शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। यहाँ विभिन्न देशहरूबाट विद्यार्थीहरु छोटो अवधीका लागि आउने गरेका छन्।

यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशीय प्रवन्ध, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध रहेको छ। यस कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनका लागि देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आशिंक छात्रावृत्तिमा नाम निकाल्न सफल भएका छन्।

यस विद्यालयले मिस्टर एण्ड मिस मनास्लु २०८१, मनास्लु डान्सिङ स्टार २०८१, मनास्लु आईडल २०८१ र स्थापनाकालदेखि नै प्रत्येक वर्ष विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरूलाई नेतृत्व विकास सम्बन्धी तालिमहरू सञ्चालन गर्दे विभिन्न क्षेत्रका मानिहरुलाई सम्मान कार्यक्रम समेत गर्दे आएको छ। यस कलेजले अन्तरविद्यालय कविता वाचन प्रतियोगीता आयोजना गरेको थियो भने स्थापनाकाल देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कल्चरल एक्सचेन्ज तथा शैक्षिक भ्रमण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कलेजले लियो क्लब अफ काठमाडौँ मनास्लु वल्र्डको स्थापना गरि विद्यार्थीहरूको वृत्ति विकासमा सहयोग पुर्याउँदै आएको छ।
