काठमाडाैँ - ‘फेयर ईन्टर्रनेशनल एजुकेशनल अर्वाड २०२५’ द्वारा काठमाडौँ तिनकुनेमा रहेको भिएस निकेतन कलेज पुरस्कृत भएको छ। भिएस निकेतनले फेयर एक्सप्रेस मासिकले आयोजना गरेको अवार्डमा शैक्षिक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भइ अर्वाड प्राप्त गरेको हो। शिक्षाविद् स्वर्गीय डा.बाबुराम पोखरेलद्वारा वि सं २०३८ मा स्थापित भिएस निकेतनमा नर्सरीदेखि विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ।

काठमाडौँस्थित तिनकुनेमा यस कलेजमा कक्षा ११ र १२ मा प्रत्येक वर्ष १ हजार भन्दा बढी विद्यार्थी भर्ना हुने गरेका छन् भने पोखरा विश्वविद्यालयकाे सम्बन्धनमा व्यवस्थापन संकाय अर्न्तगतका ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) विषय अध्यापन हुन्छ। भिएसले पाेखरा विश्वविद्यालयकाे सम्बन्धनमा बीबीए कार्यक्रम सञ्चालन गर्दै आएकाे छ। व्याचलर तर्फ २० जना शिक्षक र ६ जना कर्मचारी कार्यरत छन्। कक्षा १२ काे राष्ट्रिय परीक्षा बोर्डले लिएको पछिल्लो ३ वर्षको परीक्षामा भिएस निकेतनका ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएका छन्। यस कलेजमा कार्यरत शिक्षक कर्मचारीको संख्या १३० जना रहेको छ। २ हजार जना विद्यार्थी आरामदायी रुपमा बस्न र खेल्न मिल्ने क्षेत्रफलमा भिएस निकेतन मावि अवस्थित छ।
यस कलेजले प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रुपमा नै सिकाइमा जोड दिदैं आएको छ। यस कलेजको बीबीए कार्यक्रममा ३५० जना विद्यार्थी अध्ययनरत छन्। यस कलेजको २०८० सालको नतिजा ७५ प्रतिशत, २०७९ सालमा ६२ प्रतिशत र २०७८ सालमा ६७ प्रतिशत रहेको छ। आईएसओ सर्टिफाइड यस कलेज ३ रोपनी क्षेत्रफलमा एउटा सुविधासम्पन्न भवनमा अवस्थित छ। यस कलेजमा प्रोजेक्टर सहितको कक्षा कोठा, विद्यार्थीमैत्री वातावरणमा रहेका चमेना गृह, ल्याव, लाईब्रेरी, खेलकुद मैदान र अरु थुप्रै भौतिक शैक्षिक पुर्वाधारहरु उपलव्ध छन्। गुणस्तरीय शिक्षा र अध्ययन पश्चात रोजगारीका हिसाबले अन्य कलेज अरु भन्दा भिन्न रहेको भिएस निकेतन कलेजका प्रिन्सिपल रञ्जित कुमारले जानकारी दिए।

यस कलेजमा कक्षा ११ र १२ मा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध छन्। भिएस निकेतनले विज्ञान समुह पढ्ने विद्यार्थीले बनाएको रोबोर्ट सहित विभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो। भिएस निकेतनले विद्यार्थीका लागि सिनियर डिभिजन क्याडेड तालिम, कम्प्युटर सफ्टवेयर लगायत रोर्वट निर्माण गर्ने तालिम सञ्चालन गर्दै आएको छ।
भिएस निकेतनले वि सं २०६५ सालमा ‘राष्ट्रको उत्कृष्ट विद्यालय’ को उपाधी सहित राष्ट्र ढाल र झण्डा प्राप्त गरेको थियो। भिएसमा अध्ययन गरेका विद्यार्थीहरु नेपाल साथै विदेशमा चिकित्सा, इन्जिनियरिङ, बैंकिङ र प्रशासकीय पदहरूमा कार्यरत छन्।
विद्यार्थीहरुको चौतर्फी विकासकोे लागि आवश्यक सबै पूर्वाधारहरू उपलब्ध रहेको भिएस निकेतनले गौरवशाली शैक्षिक इतिहास रचेको छ। नेपालको अग्रणी संस्थाहरू मध्येकोे एक भिएस निकेतनले विद्यार्थीहरूलाई २१ औँ शताब्दीको विश्वव्यापी चुनौतीहरू पूरा गर्न आवश्यक पर्ने सबै पूर्वाधार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको छ। यस कलेजले शिक्षक तथा विद्यार्थीहरुलाई शैक्षिक विषय सम्बन्धी तालिमहरु प्रदान गर्छ।