काठमाडौँ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सेवाप्रवाहलाई सहज बनाउन हेल्पडेस्कको स्थापना गरेको छ।
कार्यालयले सूचना जारी गर्दै विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यलयको सोधपुछ शाखामा सहायता कक्षा (हेल्प डेस्क) सञ्चालनमा ल्याएको जनाएको हो।
कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी बुझ्न सकिने पनिकाले जारी गरेको सुचनामा उल्लेख छ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९, २२:०१:००