काठमाडाैँ - हुम्ला सिमकोट स्थित हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोसाक सहयोग गरिएको छ। ३३ जाडो मौसम सुरु भएसँगै चिसोबाट बचाउन विद्यार्थीलाई एनविसी युकेको आर्थिक सहयोगमा उपलब्ध भएका पोसाक एक कार्यक्रम आयोजना गरी विद्यार्थीलाई वितरण गरिएको हो।
विद्यालयमा अध्ययनरत ४६ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको विद्यालयकी शिक्षक प्रेमबहादुर लामाले बताए। न्यानो कपडामा ज्याकेट, ट्राउजर, जुत्ता, टोपी, मोजा लगाएतका नौ प्रकारका न्यानो कपडा सबै विद्यार्थीलाई वितरण गरिएको हो। यस्तो सहयोगले न्यून आयश्रोत भएका अपाङ्गता विद्यार्थी चिसोबाट बचाउन निकै सहयोग भएको उनले बताए। सहयोगी हातहरुलाई धन्यवाद दिए। प्रत्येक विद्याथीको नाप नै लिएर न्यानो कपडा उपलब्ध गराउने कार्य भएको हो।
एनविसी युकेको आर्थिक सहयोगमा हुम्ला होराईजन परियोजना अन्र्तगत सहयोग उपलब्ध भएको साहारा समुहका निर्देशक सुर्य पौडेलले बताए। ४६ जना विद्यार्थी सहारा समूहले सञ्चालन गरेको आवासीय छात्रावासमा बस्दै आएका छन्। यसका लागि प्रतिविद्यार्थी ११ हजार रुपैयाँका दरले हुन आउने पाँच लाख ६ हजार रुपैयाँ सहयोगी संस्थाबाट उपलब्ध भएको थियो।
जिल्लाका ७ मध्ये ६ वटा गाउँपालिकाका विद्यार्थी उक्त विद्यालयमा निःशुल्क अध्ययन गर्दै आएका छन्।न्यानो पोसाक पाएपछि छात्रा पानमति फडेराले न्यानो पोसाक पाएपछि आफ्ना सबै साथी खुसी रहेको र यसले अत्यधिक चिसो भइरहेका बेला चिसोबाट बच्न र पठनपाठनमा सहयोग मिलेको बताइन्। यो सहयोग महत्व र उपयोगिताका हिसावले बिस्तार हुने भएको छ।
यसपछि अब आसावीय रुपमा वस्तै आएका विद्यार्थीलाई पोषणमा सुधार ल्याउन तरकारी र खाद्य बस्तुमा सहयोग हुनेछ भने अर्को विद्यालय र छात्रावासमा विद्युुत् व्यवस्थाका लागि सोलार जडान गर्ने कार्य पनि हुनेछ।पोसाक वितरण कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला भाम रोकायाले अपाङ्ग बालबालिकालाई सहयोग मिल्नु आफँैमा सकारात्मक कार्य भएको भन्दै यसले विद्यार्थीको पठनपाठनमा पनि सहयोग मिल्ने बताइन्।
कार्यक्रममा यी विद्यार्थी अध्ययन गर्ने बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकाया, सिमकोट गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत ममता रोकाया, सिमकोट गाउँपालिका शिक्षा शाखामा नायव सुब्बा कृष्णप्रसाद आचार्यलगायत सहभागी थिए।