काठमाडौँ - प्रिमियर इन्टरनेसनल स्कुलले अन्तरविद्यालय खेलकुद क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। स्कुलले दुई प्रमुख प्रतियोगितामा स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट प्रदर्शन प्रमाणित गरेको हो।
प्रिमियरको छात्र टोलीले ‘नेपाल इन्टरस्कुल स्पोर्ट्स एसोसिएसन लिग फुटबल २०२६’ को उपाधि जित्यो। सेमिफाइनलमा द ब्रिटिस स्कुललाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको प्रिमियरले जेम्स स्कुलसँग निर्धारित समयमा १–१ को बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्यो। टोलीका गोलकिपर रेजिश न्यौपाने प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए।
टोलीको कप्तानी श्यामिर श्रेष्ठले गरेका थिए। टोलीमा रेजिश न्यौपाने, श्याम श्रेष्ठ, निर्विक थापा, प्रवेश तामाङ, दृश्य रत्न शाक्य, निशाद सिटौला, इशान गौचन, रिशित मैनाली, तेन्जिङ दावो लामा, आर्यक कार्की, ओलिभर कार्की, आरजल अधिकारी, आरुष कार्की, संकल्प पोखरेल, अभिम रोका मगर, नोआ राय र अर्जु टी राजभण्डारी रहेका थिए। प्रशिक्षकका रूपमा सुरज महर्जन, सञ्जय श्रेष्ठ र सुगत श्रेष्ठले टोलीलाई मार्गदर्शन गरेका थिए।
यसैगरी, १२औँ जेभियर इन्टरनेसनल यू–१९ बास्केटबल प्रतियोगितामा पनि प्रिमियर अपराजित रहँदै च्याम्पियन बन्यो। लिग चरणमा गोल्डेन गेट कलेज, दिव्य कलेज र जेभियर ‘बी’ लाई पराजित गरेको प्रिमियरले क्वार्टरफाइनलमा टाइम्स कलेजलाई हरायो। सेमिफाइनलमा आयोजक जेभियरलाई ७३–६१ ले पाखा लगाएको टोलीले फाइनलमा बंगलादेशको बीकेएसपीलाई ६७–४३ ले हराउँदै उपाधि जित्न सफल भयो।
बास्केटबल टोलीमा दावा टी. लामा तामाङ, प्रणय मान श्रेष्ठ, प्रथम श्रेष्ठ, ज्योत्सन जोशी, आदम्य महर्जन, आश्विन चालिसे, सुप्रिम महर्जन, सयुग्य महत र काइ योशी प्रजापति सहभागी थिए। टोलीका प्रशिक्षक नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधान रहेका थिए।
प्रिमियर इन्टरनेसनल स्कुलको यो दोहोरो सफलता विद्यालय खेलकुद क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।