काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजालाई लिएर विद्यार्थीहरुले गरेको प्रर्दशन प्रति आफनो ध्यानाकर्षण भएको बताएका छन्।
आज सामाजिक संजाल मार्फत आफनो धारणा सार्वजनिक गर्दे उनले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफुले यस अघि नै धारणा सार्वजनिक गरेको उल्लेख गर्दे नतिजा प्रति आफु स्पष्ट र विश्वस्त रहेको जनाएका हुन।
‘उनले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,’ भनेका छन।
नतिजा प्रति शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति आफुले सम्मान व्यक्त गर्दे,लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनपर्ने पनि उनले उल्लेख गरेका छन।
मन्त्री पोखरेलले यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रिया, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणी सान्दर्भिक नभएको पनि बताएका छन।
शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुव्र्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु, मन्त्री पोखरेलले भने।साथै उनले मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भ्यारिफिकेशनका लागि समिति गठन गरिएको पनि बताएका छन।
कक्षा १२ को नतिजा र पुर्नयोग शुल्क बृद्धि लगायतको बिरोधमा विद्यार्थीहरुले विहिवार काठमाडौँको माईतिघरमा प्रर्दशन गरेका थिए।