काठमाडाैँ- सन् १९९५ सम्म नेपालमा इन्जिनियरिङ शिक्षा मुख्यतःत्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसमै सीमित थियो। त्यसबेला स्वदेशमा अवसरको अभावका कारण धेरै विद्यार्थी भारत, पाकिस्तान, बंगलादेश तथा युरोपका विभिन्न देशमा अध्ययन गर्न जाने गरेका थिए।
रसियन फेडेरेसनअन्तर्गत प्राप्त छात्रवृत्तिबाट उत्पादन भएका इन्जिनियरहरूले पनि नेपालको पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएका छन्। पछिल्ला तीन दशकमा निजी क्षेत्रको प्रवेशसँगै इन्जिनियरिङ कलेजहरूको संख्या उल्लेख्य बढेको छ। यसले अध्ययनका लागि बाहिरिने विद्यार्थी र रकम केही हदसम्म देशमै रोक्न सहयोग समेत गरेको छ। नेपालमा इन्जिनियरिङ शिक्षा र सम्भावनामा केन्द्रित रहेर सगरमाथा इन्जिनियरिङ कलेजकी प्रिन्सिपल दक्षिणा श्रेष्ठसँग गरिएको कुराकानी :
करिब ३ दशक इन्जिनियरिङ क्षेत्रमा काम गर्दै एउटा प्रतिष्ठित कलेजको प्रिन्सिपलको रुपमा नेतृत्व लिईरहँदा नेपालमा यस क्षेत्रको अवस्थालाई कसरी हेर्नुभएको छ?
नेपालको विद्यालय शिक्षा देखि हेर्ने हो भने, गुणात्मक शिक्षामा ठुलो सुधार देखिन्छ। सरकारी विद्यालयको गुणस्तरमा पनि बृद्धि भएको देखिन्छ। विद्यालय तह देखिनै कम्प्युटर, एआई प्रविधिका विषयसँगै अहिलेको बजारले खोजेका विषयहरु समेत पाठ्यक्रममा समाबेश गरिएको छ।कक्षा १० पछि १२ कक्षा सम्मको पाठ्यक्रममा पनि प्रयोगात्मक विषयलाई प्राथामिकता दिएको पाईन्छ। विद्यार्थीहरुले विभिन्न प्रर्दशनीहरुमा पनि राम्रो प्रोजेक्ट वर्कहरु बनाएको देखिन्छ,मेरो विचारमा उनीहरुलाई एक्सपोजरको मात्र अभाव छ,जस्तो लाग्छ।
अब १२ कक्षा पछिको शिक्षाको कुरा गरौँ, धेरै विद्यार्थीहरु अव विश्वविद्यालयको अध्ययन तर्फ अघि बढ्दै छन। थुप्रै कलेजहरुले भर्नाको तयारी पनि गरिरहेका छन्।विद्यार्थीलाई कुन विषय पढने र कहाँ पढने भन्ने सन्दर्भमा छनोटका प्रशस्तै अवसरहरु रहेका छन्। त्यसमा पनि इन्जिनियरिङ शिक्षामा विद्यार्थीहरुको आर्कषण बढिनै रहेको छ। यो विद्यार्थीहरुको प्राथामिक विषय पनि हो।इन्जिनियरिङमा स्नातक सकेका विद्यार्थीहरुलाई मुख्यतः ३ प्रकारका अवसरहरु छन्। पहिलो बीई पछिको अध्ययनलाई निरन्तरता दिने, पेशा वा रोजगारीमा लाग्ने र उधम तथा व्यवसायमा लाग्ने। इन्जिनियरिङ शिक्षा रोजगारीका लागि मात्र होईन, विशेष गरि त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमले त्यस्तो उद्धेश्य पनि राखेको छैन्। रोजगारी सँगै रिर्सच र इनोभेसनलाई पनि त्यत्तिकै महत्व दिएको छ। तर इन्जिनियरिङको पाठ्यक्रम बजारमैत्री छैन, कर्पोरेट क्षेत्रलाई यसले सम्वोधन गर्न सक्दैन भन्ने टिप्पणीहरु बेला-बेला आउने गरेका छन्। पाठ्यक्रम सैद्धान्तिक बढि र प्रयोगात्मक कम भयो भन्ने पनि सुनिन्छ।
यि उठेका र उठने विषयहरुलाई सम्वोधन गर्दे त्रिविको इन्जिनीयरिङ अध्ययन संस्थानले २०८० सालमा पाठ्यक्रममा परिमार्जन समेत गरेको छ।
त्यसैले नेपालको त्रिवि र अन्य विश्वविद्यालयले दिने इन्जिनीयरिङ शिक्षा विश्वका जुनसुकै विश्वविद्यालयमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको रहेको छ। सगरमाथा ईन्जिनीयरिङ कलेजको कुरा गर्ने हो भने १२ वटा व्याच पास आउट भइैसक्दा यहाँका विद्यार्थीहरु स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालय देखि सरकारी तथा निजी प्रतिष्ठान सम्म पुग्न सफल भएका छन्। यिनै सफलतावाट नेपालमै इन्जिनीयरिङ पढनेहरुको संख्या बढदै आएको छ।
इन्जिनीयरिङमा पनि फरक फरक विषयहरुको माग बढ्दै गएको पाइन्छ, यो मागलाई धान्न सक्ने गरि नेपालका विश्वविद्यालय तथा कलेजहरु तयार छन् त ?
इन्जिनीयरिङमा मात्र होईन जुनसुकै क्षेत्रमा पनि विद्यार्थीले बजारको मागलाई पछ्याउनै पर्छ, तर यसो भन्दैमा आफनो चाहना र क्षमतालाई त हेर्नै पर्ने हुन्छ। पछिल्ला केहि वर्ष देखि विद्यार्थीहरुको आर्कषण कम्युटर इन्जिनीयरिङ र आइटी क्षेत्रमा बढि देखिएको छ। नेपालवाटै ठुलो मात्रामा आइटी सेवाहरु निर्यात पनि भएका छन्। सरकारले आइटी पोलिसी र राष्ट्रिय एआई सेन्टर पनि स्थापना गरेको छ। आईटीका ठुला कम्पनीहरु स्थापना भएका छन्। सँगै यस क्षेत्रमा वैदेशिक लगानी पनि भित्रिने क्रम छ।
विश्वका ठुला कम्पनीहरुले नेपालमै डाटा सेन्टर स्थापना गर्ने समाचारहरु पनि आएका छन्। यि सवै कारणले कम्युटर र आईटी क्षेत्र विद्यार्थीको रोजाईमा परेका हुन। विश्वविद्यालय तथा कलेजहरुले पनि यो अवस्थालाई ध्यान दिदै आफना पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्दे लगेका छन् भने कलेजहरुले पनि नेपाली विद्यार्थीलाई अध्ययनका लागि विदेश जानु नपर्नेगरि यि विषयहरु अध्ययन गर्ने व्यवस्था मिलाएका छन्। यो सँगै नेपालमा युवा नेतृत्वको सरकार बने सँगै विकासको क्रमले तिव्रता पाउने आशा गरिएको पनि छ।
पुर्वाधारको क्षेत्रमा धेरै काम गर्न सकिने अवस्था छ।जलविद्युतको प्रचुर सम्भावना भएका कारण ठुला ठुला प्रोजेक्टहरुमा धेरै संख्यामा प्राविधिक जनशक्तिका आवश्यकता पर्दछ। सुरुङ मार्गहरुको निर्माणको सम्भावना पनि छ। त्यसैले सवै किसिमका प्राविधिक जनशक्तिको माग बढने सम्भावनाकै कारण इन्जिनीयरिङमा विद्यार्थीको आर्कषण बढेको छ।
विश्वविद्यालयले स्वीकृत गरेका पाठ्यक्रमहरु अध्ययन गराउन अनुकुलका शैक्षिक भौतिक पुर्वाधारहरुको व्यवस्था गर्न कलेजहरु तयारै छन्।समय र बजारको माग अनुसारका विषयहरुले नेपालमा आगामी दिनमा थुप्रै अवसर र सम्भावनाका ढोकाहरु खोल्ने देखिन्छ।
इन्जिनीयरिङ शिक्षामा गुणस्तरीयता भन्दा पनि संख्या बढाउने काम गरियो भन्ने पनि छ, गुणस्तर कसरी बढाउन सकिएला?
त्रिवि मात्र होईन अहिले अरु विश्वविद्यालयहरुले पनि इन्जिनीयरिङको अध्ययन गराउदै आएका छन। सवैको गुणस्तर एकै स्तरमा छ भन्न सकिदैन। त्रिवि अन्र्तगतको कुरा गर्ने हो भने गुणस्तरमा प्रश्न उठाउने ठाँउ देखिदैन। समय समयमा पाठ्यक्रममा गरिने परिमार्जन, प्रयोगात्मक कार्यलाई बढि जोड दिने जस्ता कार्यहरुले यहाँ अध्ययन गरेका विद्यार्थीहरुले विश्वका जुनसुकै विश्वविद्यालयमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको छ।
प्रयोगात्मक कार्यका लागि पनि ठुला ठुला विषयगत ल्याबहरुको उपलब्धता छ। सगरमाथा इन्जिनीयरिङ कलेजकै कुरा गर्ने हो भने पनि हामी सँग अत्याधुनिक विषयगत ल्याबहरु रहेका छन्। धेरै निजी कलेजमा पर्याप्त प्रयोगशालाको अभाव, पुराना प्रविधिको प्रयोग, दक्ष जनशक्तिको कमी तथा व्यावहारिक शिक्षामा कमजोरी देखाउने गरिन्छ। तर सवै निजी कलेजमा यो अवस्था छैन। अत्याधुनिक प्रयोगशाला सँगै वर्षौ यसै क्षेत्रमा विताएका पुर्णकालीन प्राध्यापकहरुले अध्यापन गराउदै आएको अवस्था छ।
त्यसैले संख्यामा बृद्धि हुनु स्वभाविक र समयको माग हो तर सवै निजी कलेजहरुले गुणस्तरीयता बृद्धि गर्न कुनै न कुनै ढंगले प्रयास त गरिरहेकै देखिन्छ।
सगरमाथा इन्जिनियरिङ कलेजनै किन ?
सगरमाथा इन्जिनियरिङ कलेज त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानसँग आबद्ध कलेज हो। गुणस्तरीय, व्यावहारिक र रूपान्तरणकारी इन्जिनियरिङ शिक्षा प्रदान गर्न हामी विगत देखिनै प्रतिबद्ध छौँ। यसको नतिजा हामीले स्वेदश तथा विदेशमा देखेका छौँ। यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरुको उपस्थिीती सरकारी तथा निजी क्षेत्र सँगै विदेशका विश्वविद्यालय र विश्वविख्यात कम्पनीहरुमा समेत रहेको छ।
हामी विद्यार्थीहरूलाई आधुनिक ज्ञान, सीप र व्यावसायिक दक्षताले सुसज्जित बनाउँदै भविष्यका सफल इन्जिनियर तथा जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं। हामी सँग आवद्ध अनुभवी तथा दक्ष प्राध्यापकहरूले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अभ्याससँग जोडेर शिक्षण गर्ने वातावरण सिर्जना गर्नुभएको छ। कलेजमा उपलब्ध अत्याधुनिक पूर्वाधार, आधुनिक प्रयोगशाला तथा आवश्यक शैक्षिक स्रोतसाधनले विद्यार्थीहरूलाई अनुसन्धान, नवप्रवर्तन र सिर्जनात्मक सोच विकास गर्न प्रेरित गर्छ।
सगरमाथा इन्जिनियरिङ कलेजमा शिक्षा केवल कक्षाकोठामा सीमित छैन। हामी नैतिक मूल्य, सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता, अनुशासन र समुहगत कार्यसंस्कृतिलाई समान रूपमा हामीले महत्व दिने गरेका छौँ। अतिरिक्त क्रियाकलाप, औद्योगिक इन्टर्नसिप, अनुसन्धान तथा नवप्रवर्तनात्मक परियोजनामा विद्यार्थीहरूको सक्रिय सहभागिता गराउदै आएका छौँ।
त्यसैले सगरमाथा जतिकै अग्लो उचाईमा विद्यार्थीहरुलाई पुर्रायाउने गरि हामीले अध्यापन गर्ने र अध्ययन गर्ने वातावरणको व्यवस्था मिलाएका कारण विद्यार्थीहरुले सगरमाथा कलेजनै रोज्ने गरेका छन्।