काठमाडाैँ - सूचना प्रविधिसँग सम्बन्धित बस्तु उत्पादन गर्ने अमेरिकी कम्पनी एप्पलले आईफोन १६ सार्वजनिक गरेको छ। एप्पलको व्यापारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका आईफोनको बजारको देखिन्छ। अहिले पनि एप्पलका उत्पादनमध्ये बिक्रीको आधा भाग आईफोनकै छ। आइफोन १६ र आइफोन १६ प्लस तीन भेरियन्ट (१२८ जीबी, २५६ जीबी र ५१२ जीबी)मा उपलब्ध छन्। आइफोन-१६ को साइज ६.१ इन्चको छ। आइफोन-१६ प्लस ६.७ इन्च र आइफोन-१६ प्लसको साइज ६.७ इन्चको छ।
एप्पल कम्पनीको मूल्याङ्कन ३० खर्ब अमेरिकी डलर गरिएको छ। तर तीव्र गतिमा फैलिँदो एआईको क्षेत्रमा उक्त कम्पनीले आफ्नो प्रभाव देखाउन नसकिएको भन्दै चिन्ता र चासो व्यक्त हुने गरेको छ।
एप्पलले आफ्ना नयाँ फोनहरूमा लामो समय टिक्ने ब्याट्री, शक्तिशाली चिपहरू र गोपनीयतासम्बन्धी विस्तारित सुविधा रहेको जनाएको छ। एप्पलका अनुसार नयाँ फोनमा एआई र एप्पल इन्टेलिजन्सका टुलहरू छन्। तीमध्ये अधिकांश सुविधाको घोषणा गत जुन महिनामा गरिएको थियो।
यस्ता छन् आईफोन १६ का विशेषताहरू
नयाँ सुविधामा नयाँ इमोजीहरू बनाउन सकिने र ओपनएआईको च्याटबट च्याटजीपीटीलाई सिरीसँग जोड्ने लगायत छन्। सिरीसँग च्याटजीपीटीलाई जोडेपछि प्रयोगकर्ताहरूले सीधै प्रश्न सोध्न सक्छन्।
फोनमा कुराकानी गरिरहेको व्यक्तिले कसैसँग व्यक्तिगत रूपमा कुराकानी गर्न थाल्दा वा टाउको हल्लाउँदा आवाज कम हुने सुविधा अब प्रयोगकर्ताले पाउने एप्पलले जनाएको छ। एप्पलका अनुसार प्रो संस्करणका एअरपोडहरू क्लिनिकल ग्रेडका हुनेछन्।
कम्पनीले सुन्ने क्षमता बढाउने साधनलाई आईफोन र आफ्ना अन्य डिभाइसमा जोड्न मिल्ने सुविधा दिइसकेको छ। आइफोन १६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम साथै टेलिफोटो लेन्स रहेकाे छ।
आइफोन १६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ। प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ।
एप्पल कम्पनीले दिएको जानकारी अनुसार अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ। यसबाट उत्पादन बढ्ने र सिरी पहिलेको भन्दा अझै प्रभावकारी सावित हुने दाबी गरिएको छ।
आइफोन १६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ। यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन्। यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुनेछ।
सिरिजमा रहेकाे एक्सन बटनले प्रयोगकर्ताले बटनमा एकपटक थिचेर विभिन्न फङ्सनमा सजिलैसँग जान सक्छन् ।एप्पलका अनुसार सामान्य तथा मध्यम खालको सुन्ने क्षमता कम भएका व्यक्तिहरूले ती साधन प्रयोग गरेर आफ्नो सुन्ने क्षमता बढाउन सक्छन्।
यसै शरद् ऋतुदेखि अमेरिका, जर्मनी र जापानलगायत एकसय देशहरूमा उक्त सुविधा उपलब्ध हुन सक्ने एप्पलको आशा छ। यूकेमा चाहिँ ती सुविधा डिसेम्बरमा मात्र उपलब्ध हुने छन्।यसै महिनाबाट सुरु भएका एप्पलका नयाँ उत्पादनमध्ये आईफोन १६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु भएकाे हाे। तर एप्पलका एआई सुविधाहरू उसको अपरेटिङ सिस्टममा अक्टोबरबाट मात्र उपलब्ध हुने छन्।