काठमाडाैँ - काठमाडौँको चावहिल चुच्चेपाटी ७ स्थित मनास्लु वल्र्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकाय अन्तर्गतका विषयमा अध्यापन हुन्छ। यस विद्यालयमा २०८१ सालमा कक्षा ११ र १२ मा १ हजार ४ सय ४८ जना, २०८० सालमा १ हजार ३ सय ३५ र २०७९ सालमा १ हजार १ सय ७८ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ८५.७२ प्रतिशत, २०७९ सालमा ९९.२७ प्रतिशत र २०७८ सालमा ९९.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। यस विद्यालयमा कक्षा ११ र १२ मा कार्यरत शिक्षक र कर्मचारीको कुल संख्या १६२ रहेको छ। यस विद्यालय ८ रोपनी क्षेत्रफलमा ९ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ।
यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध रहेको छ। मनास्लुले विद्यार्थी र शिक्षकको लागि स्थानिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक तालिम तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। विद्यालयले मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको मदन भण्डारी राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता २०८० मा विजयी हासिल गरेको थियो।
यस कलेजले यु-१९ जेभिएर बास्केटबल प्रतियोगिता २०८०मा रनर अप, काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको अन्तर कलेज फुटबल प्रतियोगितामा रनर अप, होटल म्यानेजमेन्ट अफ द इयर २०७९ लगायतका पुरस्कार प्राप्त गर्न सफल भएको छ। यस कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनका लागि देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आशिंक छात्रावृत्तिमा नाम निकाल्न सफल भएका छन्।
विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने र नेतृत्वदायी क्षमताको विकासमा जोड दिनु मनास्लुको फरक विशेषता हो। विद्यार्थीमैत्री वातावरण, नेतृत्व विकास र करियर निर्माणमा विशेष पहल, विद्यार्थीको प्यासनलाई प्रोफेसनमा बदल्नु, छात्रवृत्तिको व्यवस्था र सहुलियत शुल्कमा पठनपाठन हुने भएकाले विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्नुपर्ने मनास्लुका कार्यकारी निर्देशक कुमार मोक्तानले जानकारी दिए।