काठमाडाैँ - काठमाडौँ बत्तिसपुतलिमा रहेको गोल्डेनगेट ईन्टरनेशनल कलेजमा विज्ञान, व्यवस्थापन तथा मानविकि तर्फका विषय अध्यापन हुन्छ। गोल्डेनगेटमा कक्षा ११ र १२ मा २०८१ सालमा २ हजार १ सय, २०८० सालमा २ हजार ३ सय र २०७९ मा २ हजार ५ सय जना विद्यार्थीले अध्ययन गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा गोल्डेनगेटले २०८० सालमा ९७ प्रतिशत, २०७९ मा ९८ प्रतिशत र २०७८ सालमा ९९ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। यस विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या ६७४ जना रहेको छ। गोल्डेनगेटमा ५४ जना विदेशी विद्यार्थी अध्ययनरत छन्। गोल्डेनगेट २० रोपनी क्षेत्रफलमा रहेको सुविधासम्पन्न भवनभित्र अवस्थित छ। यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला हुनुका साथै विद्यार्थीको लागि प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था रहेको छ।
गोल्डेनगेटका विद्यार्थीले अन्तर विद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट टुर्नामेन्ट, फुटबल, बास्केटबल, चेस, टेबलटेनिस लगायतका थुप्रै क्रियाकलापमा विभिन्न स्थान हासिल गर्न सफल भएका छन्। गोल्डेनगेटका विद्यार्थी अविशेक बरालले एसियन कराते च्याम्पियनसिपमा गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए। गोल्डेनगेटमा अध्यनत विद्यार्थीले विभिन्न ४८ वटा प्रतियोगितामा राष्ट्रिय मेडल प्राप्त गर्न सफल भएका छन्। गोल्डेन गेटले विद्यार्थीलाई स्पोर्टस, लिडरसिप, कम्यूनिकेशन, चित्रकला, कवितालेखन सम्बन्धि तालिम सञ्चालन गर्दै आएको छ।
यस कलेजमा अध्ययन गरेका प्राय विद्यार्थीहरु नेपालका शैक्षिक संस्थामा कार्यरत छन्। दूरदर्शी सोचलाई कार्यान्वयन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको फरक विशेषता हो। अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा, सर्वाेत्कृष्ट नतिजा, दक्ष र अनुभवी शिक्षककर्मचारी, नतिजामुखी शिक्षा, शैक्षिक व्यवस्थापन र अन्य अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकले यस कलेजलाई रोज्नुपर्ने कलेजका अध्यक्ष रमेश शिलवालले जानकारी दिए।