काठमाडौँ- नेपाल शिक्षक महासंघले पहिलोपटक काठमाडौँ जिल्ला समिति गठन गरेको छ। महासंघले गणेशप्रसाद गुरागाईंको नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ।
गुरागाईं यसअघि नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौं महानगर समितिका अध्यक्षसमेत रहिसकेका छन्। नवगठित समितिको सहअध्यक्षमा कृष्णराज कट्टेल, उपाध्यक्षमा वासुदेव खनाल, महिला उपाध्यक्षमा तारा अधिकारी र सचिवमा नारायणप्रसाद गौतम चयन भएका छन्।
यस्तै, खुला सहसचिवमा समुन्द्र तिमल्सिना, सहसचिव (अर्थ) मा गोविन्दप्रसाद पौडेल, महिला सहसचिवमा अनिता अधिकारी तथा संस्थागत सहसचिवमा दिवसबाबु पोखरेल र रामहरि ढकाल सर्वसम्मत चयन भएका छन्।
समितिका सदस्यहरूमा सूर्यबहादुर खड्का, चक्रबहादुर विष्ट, भगवती सिलवाल, सरिताकुमारी प्रसाईं, श्रवण बस्नेत, तारा मिश्र, सुमित्रा सिग्देल, बबिता साही ठकुरी, दिनेश लामा, भरत भण्डारी, सृजना खड्का गिरी, सूर्यकुमार उपाध्याय, डिल्लीराज ज्ञवाली, विनोद खनाल, सुशीला खनाल, वीरबल्लभ घिमिरे र तेजेन्द्र सुवेदी रहेका छन्।
जिल्ला समिति गठन कार्यक्रममा महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष हंशबहादुर शाही, नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी तथा विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीलगायत शिक्षक नेताहरूको उपस्थिति रहेको थियो।