काठमाडाैँ - बर्मिङ्घम सिटी युनिभर्सिटीले स्पाई ओभरसिज मार्फत नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएकाे छ। स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटी (BCU) को संयुक्त आयोजनामा बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा प्रेस मिट सम्पन्न भएकाे हाे। कार्यक्रममा नेपाली विद्यार्थीहरूका लागि बेलायत अध्ययनमा पाइने विशेष छात्रवृत्ति अवसरबारे छलफल गरिएकाे थियाे।
कार्यक्रममा स्नातक, स्नातकोत्तर, र मास्टर्स अफ रिसर्च जस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिने अवसरबारे चर्चा गरिएकाे थियाे। जसमा विद्यार्थीहरूले आफ्ना आश्रितहरूलाई पनि समावेश गर्न सक्ने सुविधा रहेको छ।
बर्मिङ्घम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड श्रीष्टी बिर्लाले युनिभर्सिटीले विश्वस्तरिय शिक्षा, नविनतापूर्ण सिकाइ वातावरण, र विविधतायुक्त क्याम्पस प्रदान गर्ने उल्लेख गरिन्। बिर्लाले भनिन्, 'बर्मिङ्घम सिटी युनिभर्सिटी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उत्कृष्ट गन्तव्य हो, जसले भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान दिन्छ।' उनले विद्यार्थीहरूलाई सल्लाह दिने र सरल आवेदन प्रक्रियामा सहायता गर्ने स्पाई ओभरसिजले बर्मिङ्घम सिटी युनिभर्सिटीसँगको सहकार्यबाट थप अवसरहरू उपलब्ध गराउने प्रतिबद्ध गरिन्।
स्पाई ओभरसिजका प्रिन्सिपल एडभाइजर सुवांसु उप्रेतीले भने, 'हाम्रो सहकार्यले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा र छात्रवृत्तिको पहुँच दिन महत्त्वपूर्ण योगदान पुर्याउँछ।' कार्यक्रमले उपस्थित विद्यार्थीहरूलाई प्रवेश प्रक्रिया, छात्रवृत्ति, र शैक्षिक अवसरहरूबारे विस्तृत जानकारी प्रदान गरेकाे छ भन्ने अासा छ, उप्रेतीले भने।