काठमाडाैँ - काठमाडौँको पुतलिसडकमा अवस्थित अल्टिमेट कन्सलटेन्सी एण्ड एड्भाइजरी नेटवर्क (युक्यान) ले उत्कृष्ट करिअर तथा शैक्षिक मागदर्शन परामर्शदाताको अवार्ड प्राप्त गर्न सफल भएको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ मा युक्यानले नेपालको 'वेष्ट एजुकेशन कन्सल्टेन्सी फर करिअर एण्ड एजुकेशन गाइडेन्स' काे अवार्ड प्राप्त गरेको हो।
युक्यान शिक्षा मन्त्रालयबाट २०७१ सालमा सम्बन्धन प्राप्त कन्सलटेन्सी हो। उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको युक्यानले अनुसन्धानमा केन्द्रित रहेर परामर्श दिने गरेको छ। यस संस्थामा ३ जना भाषा शिक्षक र १६ जना कर्मचारी कार्यरत छन्। युक्यानले काठमाडौँ लगायत अन्तर्राष्ट्रिय रुपमा लन्डन (युके) मा पनि संस्थाको शाखा विस्तार गरेको छ।

युक्यान विदेशी विश्वविद्यालय र कलेजहरूको उच्च विश्वसनीय प्रतिनिधिका रुपमा स्थापित शैक्षिक परामर्श दातृ संस्था हो। यस संस्थाले विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरूको लागि स्नातकदेखि स्नातकोत्तर तहसम्म विभिन्न मुलुक क्यानडा, अष्ट्रेलिया, अमेरिका, जापान, भारत र विशेष गरि यूकेमा उच्च शिक्षा अध्ययनको लागि शैक्षिक परामर्श प्रदान गर्छ। युक्यानले गत वर्ष सन् २०२४ सालमा क्यानडा अध्ययनको लागि २० जना, अष्ट्रेलिया र भारतमा ५ जना, अमेरिकामा ६० जना र यूकेमा ३५० जना भन्दा बढी विद्यार्थी उच्च शिक्षा अध्ययनको लागि पठाएको थियो। युक्यानले विभिन्न देशका २० भन्दा बढी कलेज तथा विश्वविद्यालयहरुमा भर्नाका लागि विद्यार्थीलाई सहजिकरण गर्दै आएको छ।
युक्यानमा गत वर्ष ४५० जना विद्यार्थीले अंग्रेजी भाषा अध्ययन गरेका थिए। युक्यान आईसीईएफबाट मान्यता प्राप्त कन्सलटेन्सी हो। यस कन्सलटेन्सिले टप पर्फमिङ फर आईईएलटीएस एण्ड पीटीई जस्ता थुप्रै उल्लेखित पुरस्कारहरु प्राप्त गरेको छ। भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न युक्यानमा डिजिटल क्लास रुम, कम्प्यूटर ल्याब, पुस्तकालय, मिटिङ हल, काउन्सेलिङ हल लगायतका थुप्रै आधुनिक शैक्षिक पुर्वाधारहरू उपलब्ध छन्।
विदेशी मुलुकबाट सर्टीफाईड काउन्सेलर, भिसा आवेदन प्रक्रियामा सहजता, प्रर्याप्त स्कलसिपको अवसर, दक्ष तथा अनुभवी कर्मचारी, सहुलियत शुल्कमा भिजा आवेदन तथा तयारी कक्षा र प्राईम लोकेशनको कारण विद्यार्थीले युक्यानलाई रोज्नुपर्ने युक्यानका प्रवन्ध निर्देशक निरञ्जन पन्तले जानकारी दिए।