काठमाडाैँ - युके विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीको प्रमुख रोजाइको शैक्षिक गन्तव्यमध्ये एक हो। युके नेपाली विद्यार्थीको रोजाइको गन्तव्य हुनुको प्रमुख कारण त्यहाँको शैक्षिक गुणस्तर र अध्ययन पश्चातको अवसर नै हो। युकेको डिग्री लिएका विद्यार्थीले विश्ववजारमा रोजगारीको अवसर पाएका छन्। अंग्रेजी भाषा बोल्ने मुलुक भएकाले पनि नेपाली विद्यार्थीलाई युकेमा सहज छ।
नेपाली विद्यार्थीहरु युकेका विभिन्न विश्वविद्यालयहरुमा अध्यानरत छन्। त्यसो त युके नेपाली विद्यार्थीहरूको आकर्षणको केन्द्र मात्र होइन विश्वभरबाट युकेमा अध्ययनका लागि विद्यार्थीहरू जाने गरेका छन्। युकेमा अध्ययन गर्न गएका विद्यार्थीलाई युरोपका अन्य मुलुकमा पनि यात्रा गर्न सहज हुन्छ। युके बेलायत, इङ्गल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्ड मिलेर बनेको, हल्का तापक्रम र समशीतोष्ण समुद्री मौसम भएको स्थान हो।
युके नेपाली विद्यार्थीको महत्वपूर्ण शैक्षिक गन्तव्य वन्नुका केहि महत्वपूर्ण कारणहरु छन्। पहिलो यूकेमा गुणस्तरीय शिक्षाको लागि विश्वकै उत्कृष्ट शिक्षणसंस्था छन्। अग्रस्थानमा रहेका अक्सफोर्ड, क्याम्ब्रीज जस्ता विश्वविद्यालयहरू हुनुका साथै त्यहाँको शैक्षिक माहोल विद्यार्थीमैत्री छ। अर्को वेलायतमा तीन वर्षको व्याचलर डिग्री रहेको छ। यसैलाई हेर्ने हो भने अन्य मुलुकमा चार वर्षको कोर्स रहेको छ। तीन वर्षमै व्याचलर र एक वर्षमै मास्टर्स सकिने भएकाले पनि विद्यार्थीको समय र खर्च दुवै वचत हुन्छ।
विद्यार्थीलाई समय व्यवस्थापनसँगै अर्थिक रुपमा पनि अनुकुल हुने भएकाले पनि विद्यार्थीको रोजाइमा युकेका विश्वविद्यालय पर्ने गरेका छन्। आर्थिक दृष्टिकोणबाट हेर्दा मध्यम आर्थिक अवस्था भएका परिवारका सदस्य पनि वेलायत पढ्न जान सक्ने अवस्था रहेको छ। अर्को तर्फ पछिल्लो समय वेलायतको इमिग्रेसनले नेपाली विद्यार्थीहरुलाई सहजीकरण गरेको देखिन्छ।
विद्यार्थीले युके अध्ययनमा जानु पूर्व गर्नुपर्ने तयारी
विद्यार्थीले रहर र लहर दुवैले नेपाली विद्यार्थीहरु विदेश पढन जाने गरेका छन्। विदेशमा पढ्न जाने तयारी गरिरहँदा युकेको विगत र वर्तमानको अवस्थाबारे वुझन जरुरी छ। अहिले १२ कक्षाको परिक्षा दिएर उच्च शिक्षाका लागि विदेश जाने सोच वनाएकाहरुका लागि युके अध्ययनमा जानुपूर्व अंग्रेजी भाषा तयारी कक्षामा सहभागी भएर अंग्रेजी भाषा परीक्षा (आईईएलटिएस)मा औसत स्कोर ल्याउन आवश्यक छ। युकेको अध्यागमन र विश्वविद्यालयले लिने अन्तर्वार्तामा आफ्नो कुरा राख्न सके आईईएलटिएस परीक्षामा उच्च स्कोर अनिवार्य छैन। तर विद्यार्थीले अंग्रेजी भाषा जानेको छ भने उसलाई दैनिक जिवनमा सहज हुन्छ। विद्यार्थीको क्षमता अन्र्तवार्तामार्फत परिक्षण गर्ने व्यवस्था भएकाले अंग्रेजी वोल्न सक्नेले भिसा पाउने संभावना बलियो हुन्छ।
विद्यार्थीले विदेशमा पढन जाने हो काम गर्न जाने होइन भन्ने मानसिकता बनाउनुपर्छ। विद्यार्थीले कलेज छनोट गर्दा आफ्नो आर्थिक अवस्था हेरेर शिक्षणशुल्क तिर्न सक्ने कलेजा वा विश्वविद्यालय रोज्नुपर्छ।विद्यार्थीले युकेमा अध्ययन गर्न जानुपूर्व त्यहाँको भौतिक शैक्षिक वातावरण, विश्वविद्यालयको आवाशिय प्रवन्ध, आफूले प्राप्त गर्ने छात्रावृति, त्यहाँको नियमकानुन, संस्कृति, लगायतका विषयमा ध्यान दिन जरुरी छ। विद्यार्थीले आफूलाई अनुकुल हुने शिक्षणसंस्था रोजेर गुणस्तरीय शिक्षा आर्जन गरी विश्वस्तरीय दक्ष जनशक्ती बन्ने तर्फ प्रेरित हनुपर्छ।
आवश्यक कागजात
यूके अध्ययनमा जान चाहने विद्यार्थीले अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस, टोफलमा राम्रो स्कोर ल्याउँदा विश्वविद्यालयमा भर्ना पाउन सहज हुन्छ। लागत खर्चको हिसाबले नेपालबाट विदेशमा अध्ययन गर्न जाने मुलुकमध्ये युके कम खर्चमा जान सकिने मुलुक हो। युकेका सरकारी विश्वविद्यालयको शिक्षण शुल्क कम छ। स्नातकोत्तर तह एक वर्षे भएकाले पनि विद्यार्थीलाई सहज हुन्छ। विद्यार्थीले एक वर्षमा १२ देखि १५ हजार शिक्षण शुल्क तिर्नुपर्छ। यूकेमा अध्ययनका लागि एकेडेमिक र बैँक ब्यालेन्स गरेर २० देखी ३० लाखसम्म खर्च हुन्छ।
विद्यार्थीका लागि सामान्यतया भाषा परीक्षाको नतिजाको रिपोर्ट (आईईएलटीएस रिजल्ट), आफू अध्ययनमा जाने उद्देश्यको विवरण (एसओपी), सिफारिस पत्रहरू, राहदानीको प्रतिलिपि, र वित्तीय कागजातहरू आवश्यक पर्छ। केही समय अगाडीसम्म यूकेको युर्निभर्सिटीहरूले आईईएलटीएस र अन्तर्वार्ता बिना नै भिसा दिने गरेकोमा अहिले अन्तर्वार्ता लिने गरेको छ। त्यसैले विद्यार्थी भाइबहिनीहरूले अफर लेटर आएपछि अन्तर्वार्ताको लागि अनिवार्य रुपमा तयारी गर्नुपर्छ।
युके अध्ययनमा जान चाहने विद्यार्थीलाई भाषागत दक्षता र शैक्षिक प्रमाणपत्रको अधारमा मात्र नभएर उसको नियमअनुसारको शिर्षकमा ७० अंक प्राप्त गर्ने विद्यार्थीले भिसा पाउँछन्। विद्यार्थीले आर्थिक कागजपत्र बनाउँदा आफूले अध्ययन गर्दा शिक्षणशुल्क तिर्नसक्ने आधार प्रस्तुत गर्नुपर्ने हुन्छ। जसका लागि परिवारको आम्दानीको स्रोत, शैक्षिक कर्जा लगायतका कागजपत्र तयार गर्नुपर्ने हुन्छ।
छात्रवृत्तिको व्यवस्था
युकेका कलेज र विश्वविद्यालयले छात्रवृत्ति भन्दापनि शिक्षण शुल्कमा छुटको व्यवस्था गरेको अवस्था छ। युकेमा विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्नका लागि छात्रवृत्ति नभइ शिक्षण शूल्कमा छुटको प्रवन्ध गरिएको छ।
रोजगारीको अवसर
युकेमा विद्यार्थीले पार्ट टाइम कामको रुपमा एक हप्तामा २० घण्टा काम गर्न पाउँछन्। यसका लागि विद्यार्थीहरुले नेपालमै केही न केही सिकेर जाँदा उपयुक्त हुन्छ। नेपालवाट युके अध्ययनमा जाने विद्यार्थीहरुले काम गर्नका लागि प्राप्त समयको भरपुर प्रयोग गरेको देखिन्छ। नेपाली विद्यार्थीले सुरुवाती अवस्थामा त्यहाँ गएपछि विशेष गरि रेष्टुरेण्ट, वार, कफी सप, कफी मेकिङ, डेलिभेरी लगायतका काम गर्ने अवसर प्राप्त गरेका छन्। त्यसैले यसका लागि आवश्यक सीप सिकेर गएमा विद्यार्थीले सहजरुपमा काम पाउन सक्छन्।
फ्रान्किलिन एजुकेशन नै किन?
नेपालबाट युके अध्ययनमा जान चाहने विद्यार्थीले फ्रान्किलिन एजुकेशन एण्ड मार्केटिङ कन्सल्टेन्सीलाई रोज्ने गरेका छन्। विद्यार्थीलाई अध्ययनमा जानुपूर्व पूर्व तयारी कक्षाका साथै त्यहाँ विद्यार्थीले भोग्नुपर्ने सम्पूर्ण विषयमा फ्रान्किलिनले जानकारी प्रदान गर्छ। विद्यार्थीले स्नातक वा स्नातकोत्तर तह अध्ययन गर्न यूकेका विश्वविद्यालयमा पढ्न पठाउँछौँ। विद्यार्थीले कुनै पनि समस्या भोग्नुपरेमा त्यसलाई सहजीकरण गर्न फ्रान्किलिन विद्यार्थीको लागि सधै तयार छ। विद्यार्थीलाई अध्ययनको समयमा मात्र नभएर अध्ययन पश्चात पनि गाइडेन्स गर्ने र उनीहरूलाई सहजीकरण गर्ने भएकाले पनि अभिभावक र विद्यार्थीको रोजाइमा फ्रान्किलिन एजुकेशन पर्न सफल भएको छ।