काठमाडाैँ - विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउदैँ आएको कंगारु एजुकेशन फाउण्डेशनले स्थापनाको १९ औँ वर्षपछि आफ्नो भवनबाट सेवा दिने भएकाे छ। बागबजार स्थित नयाँ केन्द्रिय कार्यालय 'पर्पल हाउस' मा 'कंगारु फ्रेसर फेस्ट’ काे आयोजना गर्दै कंगारुले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आइतबारदेखि सेवा प्रारम्भ गरेकाे हाे।

फेस्टमा अस्ट्रेलिया, न्यूजीलेण्ड, अमेरिका, क्यानडा र बेलायतका प्रतिष्ठीत विश्वविद्यालय, सरकारी कलेज तथा प्राइभेट कलेजहरुका प्रतिनिधिहरुको सहभागीता रहको थियो। यस मेलामा विद्यार्थीले आफूले पढ्न चाहेको विषयमा सम्बन्धित कलेजका प्रतिनिधिसँग कलेजको भौतिक शैक्षिक पूर्वाधार, करिअर स्कोप, अध्ययन पश्चात रोजगारीको अवसर, छात्रवृत्ति लगायतका विषयमा प्रत्यक्ष रुपमा जानकारी लिएका थिए।


फेस्टमा विद्यार्थीहरु जान चाहेको देशको विश्वविद्यालय तथा कलेजका प्रतिनिधीहरुसँग प्रत्येक्ष रुपमा अन्तरक्रिया गरी छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौट देखि डकुमेन्टेसन सम्मका जानकारी विद्यार्थीलाई प्रदान गरिएको थियो। कक्षा १२ काे परीक्षा सकेर बसेका विद्यार्थीहरुलले एड्मिसन र भिजाका सम्बन्धमा एउटै छाना भित्र सम्पूर्ण जानकारी लिन सहयोग पुग्ने उद्देश्यले केन्द्रिय कार्यालय उद्घाटन समारोहमा फेस्टको पनि आयोजना गरिएको कंगारु एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार मेलामा सहभागी हुने विद्यार्थीलाई अंग्रेजी भाषा तयारी कक्षा (आइएलटीएस र पिटिइ) कक्षामा ५० प्रतिशत छुट दिइएकाे छ। विद्यार्थीको उल्लेख्य सहभागिता रहेको फेस्टमा विद्यार्थीले विदेश अध्ययनबारे सम्पूर्ण जानकारी लिएका थिए।

फेस्टमा विद्यार्थीका लागि ‘लक्कि ड्र’, मूभी टिकेट जस्ता विभिन्न गिफ्टह्याम्परको व्यवस्था गरिएको थियो। बिहान १० बजेदेखि साझ ४ बजेसम्म चलेको उक्त मेलामा विद्यार्थी तथा अभिभावक गरि ५ सय भन्दा बढीले मेला अवलोकन गरेका थिए।












