काठमाडाैँ - विदेश अध्ययनको लागि शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कंगारु एजुकेशन फाउण्डेसनको केन्द्रीय कार्यालय परिसर बागबजारमा 'अल नेपाल रोड शो एजुकेशन फेयर' सुरु भएको छ। साउन २५ गते (अगस्ट १०) देखि देशभरका शाखाहरुमा सुरु भएको ‘एजुकेशन फेयर’ मा विद्यार्थीले विदेश अध्ययनबारे सम्पूर्ण जानकारी प्राप्त गर्ने आयाेजकले जनाएकाे हाे। आज १५ अगस्ट शुक्रबार विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेकाे छ।
विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवश्यक शैक्षिक गतिविधि, कानुनी प्राबधान, जानु पूर्व गर्नुपर्ने तयारी, अध्ययनका अवसर र शिक्षा प्रणालीबारे सम्पूर्ण जानकारी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्येक्ष परामर्श प्रदान गर्ने उदेश्यले 'अल नेपाल रोड शो एजुकेशन फेयर' आयाेजना गरिएकाे कंगारु एजुकेशनले जनाएकाे छ।
साथै विभिन्न पाँच गन्तव्य मुलुक युके, अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका र क्यानडा पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै फेयर सञ्चालन गरिएको कंगारुले जनाएको हाे। ३० भन्दा बढी विदेशी शैक्षिक संस्थाहरु सहभागि रहेको एजुकेशन फेयर विदेश पढ्न जाने विद्यार्थीहरुको लागि एउटा उत्कृष्ट अवसर हुने कंगारु एजुकेशनका प्रबन्ध निर्देशक महेशवावु तिमल्सिनाले बताए।
एजुकेशन फेयरलाई विद्यार्थीहरूले आफ्नो शैक्षिक लक्ष्यहरू प्राप्त गर्ने विश्वसनीय प्लाटफर्मको रुपमा लिनसक्ने सीईओ तिमल्सिनाको भनाई छ। उनका अनुसार यसले एकै छानामुनीबाट विद्यार्थीहरुलाई गन्तव्य मुलुकका कलेज तथा विश्वविद्यालय छनौट गर्न आवश्यक अवसर प्रदान गर्नेछ।
रोड शोमा सहभागी विद्यार्थीहरूलाई सतप्रतिशतसम्म छात्रवृत्तिसहित आइईएलटीएस र पीटीई तयारी कक्षामा पनि विशेष छुट दिने तिमल्सिनाले जानकारी दिए।

साथै उनले विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थितिकाबीच फेयर उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउदै विद्यार्थी, अभिभावक र परामर्शदातृ शैक्षिक सस्थाका प्रतिनिधिहरुलाई स्वागतसँगै धन्यावाद ज्ञापन गरे।


