काठमाडौँ - विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दे आएको ग्लोबल कन्सल्टले दशाैँ वार्षिकाेत्सवकाे अवसरमा 'मल्टी डेस्टिनेशन एड्मिशन विक’ कार्यक्रमको आयाेजना गरेको छ। यस कार्यक्रम भदौँ १६ गते देखी २० गतेसम्म (सेप्टेम्बर १-५) नँया बानेश्वर स्थित आलोकनगरको केन्द्रिय कार्यालयमा ५ दिनसम्म चल्ने आयोजकले जनाएकाे छ।
फेयरका पहिलो दिनमा नै विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले जानकारी दिए। उनका अनुसार यस फेयरमा पहिलो दिनमा नै ५ सय भन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन्।

अमेरीका, यूके, क्यानडा, न्युजील्याण्ड, अष्ट्रेलिया, लगायत विभिन्न मुलुकमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने उदेश्यले यस फेयरको आयोजना गरएिको प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए। उनले भने, ’यस फेयरमा कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहेको छ र विद्यार्थीले विदेश अध्ययनबारे सम्पूर्ण जानकारी लिन सक्नेछन्। साथै विद्यार्थीलाई भाषा तयारी कक्षा र प्रक्रियागत शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।’
साथै उनले विदेशी मुलुकमा अध्ययनको लागि जाने विद्यार्थीहरुलाई जानु पूर्व विषयगत अनुसन्धान र मनस्थिति बलियो बनाएर जान आग्रह गरे। न्यौपानेले ग्लोबल कन्सल्टले विगत १० वर्षदेखि विद्यार्थीहरुलाई सत्यतथ्यमा आधारित रहेर परामर्श दिदैँ आएको जानकारी गराउँदै आफूमा पनि विदेश अध्ययन र भ्रमणकाे अनुभव भएकोले यहाँबाट प्रक्रिया गर्दा सहज हुने बताए।

उनका अनुसार ग्लोबल कन्सल्टले परामर्श मात्र नभई विद्यार्थी स्वयमलाई पनि विषयगत अनुसन्धान गर्न पनि प्रोत्साहन गर्दै आएको छ। यस मेलामा ५ दिनसम्म विशेष गरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गरिनेछ।


