काठमाडाैँ - विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदैँ आएकाे ‘हार्डफोर्ड एजुकेशन’ ले स्थापनाको २०औँ वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेकाे छ। वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिँदै आएको हार्डफोर्ड एजुकेशनले २०औँ स्थापना दिवस मनाउन सफल भएको छ।
हार्डफोर्ड एजुकेशनका प्रबन्ध निर्देशक महेश श्रेष्ठले वार्षिकोत्सवको अवसरमा यो २० वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, कलेज/विश्वविद्यालय र सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले यस अवधिमा विद्यार्थी तथा अभिभावकको विश्वास र माया नै सबैभन्दा ठूलो उपलब्धि भएको बताउदैँ संस्थाप्रतिको विश्वास र मायालाई टुट्न नदिइ अझै बढी गुणस्तरीय, प्रविधि र विद्यार्थी मैत्री सेवा दिने बताए।

'दुई दशकको अवधिमा हासिल गरेका अनगिन्ती सम्बन्धहरु र विश्वासका कारण आजको दिनसम्म आइपुग्न सफल भएका छौँ,’ प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘हामीले उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि साँच्चि नै विशेष अवसरको ढोका खोलेका छौँ र भविष्यमा अझ धेरै विद्यार्थीहरूलाई शैक्षिक परामर्शमार्फत उनीहरुको करिअरलाई विश्व्यापी रुपमा जोड्न प्रयत्नशिल छौँ।’
वार्षिकोत्सव अवसर पारेर हार्डफोर्डले एक महिने ‘मल्टि डेस्टिनेसन एड्मिसन महिना' को पनि घोषण गरिएको छ। यो अभियान यही अगस्ट १५ देखी सेटेम्बर १५ तारिखसम्म रहने श्रेष्ठले जानकारी दिए। ‘हार्डफोर्डले जापान अध्ययन लगायत अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, यूके लगायतका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई परामर्श सेवा प्रवाह गरिरहेका छौँ,’ उनले भने।

त्यस्तै वार्षिकोत्सको अवसरमा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई विभिन्न सेवाहरुमा विशेष छुटको व्यवस्था भएको हार्डफोर्डकी सीईओ हेना गुरुङले जानकारी दिइन्। उनका अनुसार जापानिज भाषा कक्षा, IELTS, PTE लगायत तयारी कक्षामा विशेष छुट दिइने र सहभागी विद्यार्थीले ‘लक्की ड्र’ मार्फत आकर्षक पुरस्कार प्राप्त गर्न सक्नेछन्।
बानेश्वरमा मुख्य कार्यालय रहेको हार्डफोर्डले जापान, अष्ट्रेलिया, अमेरिका, युके, न्युजिल्याण्ड, क्यानडा, यूरोप लगातका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श दिँदै आइरहेको छ।