काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले आइतबार सूचना जारी गर्दै वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरले ०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रमअनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९, १६:२३:००