काठमाडाैँ - विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले ‘मल्टि डेस्टिनेशन एजुकेशन समिट २०२५’ आयोजना गर्ने भएको छ। आइसीसीसीले ०९ नाेबेम्बर (कार्तिक २३) गतेका दिन काठमाडाैँ पुतलिसडकमा रहेकाे कार्यालयकाे तेस्राे र आठाैँ तलामा मल्टि डेस्टिनेशन एजुकेशन समिट २०२५को आयोजना गर्न लागेको जनाएकाे हो।
फेयरमा विद्यार्थीहरुले क्यानडाका साथै अस्ट्रेलिया, अमेरिका र यूकेकाे भिसा प्रक्रिया, आवश्यक कागजपत्र, लागत खर्च, भौतिक शैक्षिक वातावरण, जानु अघि गर्नुपर्ने पूर्वतयारी, शैक्षिक नीति लगायतका सम्पूर्ण जानकारी प्राप्त गर्ने आयोजकले जनाएको छ। 
फेयरमा विद्यार्थीले क्यानडाका लेकहेड युनिभर्सिटि, रोयल रोड्स युनिभर्सिटि, क्यानडा वेस्ट युनिभर्सिटि लगायतका  विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाट क्यानडा अध्ययनबारे जानकारी लिने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ। फेस्टमा उपस्थित विद्यार्थीहरुले आइसीसीसीमा आइइएलटीएस, पीटीई गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने आयोजकले जनाएको छ।

विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि महत्त्वपूर्ण ज्ञान र अवसर प्रदान गर्ने उद्देश्य बोकेर यस समिटकाे आयोजना गर्न लागेको आइसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए। 
क्यानडामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई प्रत्यक्ष रुपमा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग भेट गराई महत्पूर्ण ज्ञान र अवसर प्रदान गर्दै क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा मेटाउने उद्देश्यका साथ यस समिटकाे आयोजना गरिएको र यसबाट विद्यार्थीले भरपुर लाभ लिन सक्ने खड्काले बताए।