काठमाडाैँ - विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदैँ आएको ‘ग्रेस ईन्टरनेशनल’ ले स्थापनाको १९ औँ वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ। वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिँदै आएको ग्रेस ईन्टरनेशनलले १९ औँ स्थापना दिवस मनाउन सफल भएको छ।
ग्रेस ईन्टरनेशनलका प्रबन्ध निर्देशक लक्ष्मण पौडेलले वार्षिकोत्सवको अवसरमा यो १९ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै यहाँसम्म आइपुग्न अहम् भूमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, कलेज-विश्वविद्यालय र सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले यस अवधिमा विद्यार्थी तथा अभिभावकको विश्वास र माया नै सबैभन्दा ठूलो उपलब्धि भएको बताउदैँ संस्थाप्रतिको विश्वास र मायालाई टुट्न नदिइ अझै बढी गुणस्तरीय, प्रविधि र विद्यार्थी मैत्री सेवा दिने बताए।
कार्यक्रममा बोल्दै शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष शेषराज भट्रराईले सम्पूर्ण टिमलाई बधाई दिदैँ आगामी दिनकाे लागि शुभकामना व्यक्त गरे। यस्तै ग्रेस ईन्टरनेशनलका संस्थापक एवम् कार्यकारी निर्देशक रामचन्द्र पौडेलले १९ वर्षसम्म साथ दिने ग्रेस ईन्टरनेशनलका सहयात्रीहरुलाई धन्यावाद ज्ञापन गरेका थिए। साथै उनले आगामी दिनमा पनि १९ बर्षसम्मको जस्तै माया अपेक्षा राखेको बताए।
ग्रेस ईन्टरनेशनलले अष्ट्रेलिया, अमेरिका, युके, न्युजिल्याण्ड, क्यानडा, यूरोप लगातका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श दिँदै आइरहेको छ।






