काठमाडाैँ- अष्ट्रलियन ईन्टरनेशनल ईन्स्टिचिउट अफ हायर एजुकेशन (एआइआइएचई) र शैक्षिक परामर्श व्यवसायी संघ (ईप्क्यान) बिचकाे 'एआइआइएचई पार्टनर्स मिट एण्ड ईन्फो सेसन' सम्पन्न भएको छ। सोमबार (१ डिसेम्बर) मा काठमाडौँ कमलादीस्थित होटल रोयल सिँगीमा उक्त ईन्फो सेसन सम्पन्न भएको हो।
नेपाल र अष्ट्रेलिया बीचको शैक्षिक सहकार्य र विद्यार्थीहरुलाई अवसर विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्यले यस ईन्फो सेसनको आयोजना गरिएको आयोजकले जनाएकाे छ। कार्यक्रममा एआइआइएचईको कोर्स संरचना, भर्ना प्रक्रिया लगायतका नेपाल-अष्ट्रेलिया बिचकाे शैक्षिक सम्बन्ध र अवसरबारे छलफल गरिएकाे थियाे।
कार्यक्रममा एआइआइएचईका सिइओ Vland Belovukovic र मार्केटिङ डिरेक्टर राेहित खड्काले एआइआइएचईकाको शैक्षिक संरचना, पाठ्यक्रम, भर्ना प्रक्रिया लगायतका नेपाल-अष्ट्रेलिया बिच शैक्षिक सहकार्यका योजनाहरू विस्तृत रूपमा प्रस्तुत गरेका थिए। ईन्फोसेसन कार्यक्रममा शैक्षिक परामर्शदाता, संस्थागत प्रतिनिधिहरू तथा एआइआइएचईका साझेदारहरू सहभागी भएका थिए।
एप्क्यानले अष्ट्रेलियन एजुकेशनका विषयमा आफ्ना सदस्यसंस्थाहरूलाई जानकारी दिने हिसाबले इन्फोसेसनको आयोजना गरेको जनाएको छ। एप्क्यान उपाध्यक्ष दिनेश न्यौपानेले एप्क्यानले आगामी दिनमा पनि यस्ता गतिविधी गर्दै जाने र विभिन्न मुलुकका शैक्षिक गन्तव्य केन्द्रित यस्ता कार्यक्रमको आयोजना गरेर सदस्यहरूलाई थप काम गर्न प्रेरित गर्दै जाने बताए।
यस्तै कार्यक्रममा इन्स्टिच्युटका बजार निर्देशक रोहित खड्काले यस कलेजले नेपाली विद्यार्थीको मन जित्न सफल भएको र अध्ययनमा गएका विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीका अवसरमा जोड्न समेत मद्धत गर्ने बताए।
उनले भने,‘विद्यार्थी उच्च शिक्षा आर्जन गर्न अष्ट्रेलिया जाने भएकाले उनीहरूको उद्देश्य पढ्ने हुनुपर्छ। एआईआईएचइले अध्यापनसँगै विद्यार्थीको करिअर डेभलपमेन्टमा सहयोग गर्छ। विद्यार्थीलाई रोजगार बजारमा जाँदा सक्षम बनाउने दायित्व कलेजको हो।’

यस्तै कलेजका सिईओ भ्लाद बेलोभुकोभिकले विद्यार्थीहरू फरक संस्कृति भएको फरक परिवेशमा गएर अध्ययन गर्नुपूर्ण पूर्णरुपमा तयारी अवस्थामा जानुपर्ने र उनीहरूले गुणस्तरीय शिक्षा लिनुपर्नेमा जोड दिए।
‘विदेशमा गएर पढ्नु आफैमा सजिलो हुँदैन। नेपाली विद्यार्थीले मिहिनेत गरेर पढ्ने गरेका छन्। विद्यार्थी विदेशमा पढ्नका लागि तयारी अवस्थामा हुनुपर्छ। परामर्श दातृसंस्थाले पनि विद्यार्थीलाई कलेजको अवस्था अनुसारको सत्यतथ्य जानकारी दिनुपर्छ’उनले भने।
कार्यक्रममा कलेजका नेपाल कन्ट्रिडाइरेक्टर युवराज दर्लामीले परामर्श दातृ संस्थालाई सहजीकरण गर्दै अघि बढ्ने बताए।



