काठमाडाैँ- नेपाली विद्यार्थीका लागि ‘भारत’ विश्वका प्रमुख शैक्षिक गन्तव्य मध्ये एक हाे। विश्वमा भारतीय शिक्षा प्रणाली दोस्रो ठूलो उच्च शिक्षा प्रणाली मानिन्छ।
भारतमा ८ सय भन्दा बढी विश्वविद्यालय, ३ हजार ९ सय कलेजहरू छन्। भारतका कलेज तथा विश्वविद्यालयले प्रतिस्पर्धात्मक पाठ्यक्रम तथा डिग्रीहरू प्रदान गर्दछ। भारतमा विश्वविद्यालय र विश्वविद्यालय–स्तरीय संस्था,कलेज र डिप्लोमा संस्थाहरूले विश्वव्यापी मान्यता प्राप्त गुणस्तरिय शिक्षा प्रदान गर्दछ।
भारतको शिक्षा प्रणाली एसियाको सबैभन्दा ठूलो शिक्षा केन्द्रहरू मध्ये एक हो। भारतको जनसांख्यिकीय प्रवृत्तिले देखाउँछ कि यसले चाँडै नै विश्वको सबैभन्दा ठूलो जनसंख्याको रूपमा चीनलाई उछिनेर जानेछ, र पछिल्लो दशकमा ८ प्रतिशत औसत वार्षिक वृद्धिको साथ भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन्छ। जसको मध्यम वर्गको आकारमा तीव्र वृद्धि हुन्छ।
भारतको उच्च शिक्षा प्रणाली मूल रूपमा डिग्री प्रदान गर्ने शक्ति र अभिजात वर्गको सेवा गर्न डिजाइन गरिएको थियो। भारतमा विश्वविद्यालय सम्बद्ध कलेज क्षेत्रहरू विशाल छन्। ९० प्रतिशत भन्दा बढी स्नातक, ७० प्रतिशत स्नातकोत्तर र १७ प्रतिशत विद्यावारिधि विद्यार्थीहरू भर्ना गर्छन्। केही विश्वविद्यालयहरूमा १ हजार भन्दा बढी कलेजहरू सम्बद्ध छन्।
नेपालको सन्र्दभमा नेपाली विद्यार्थी भारतमा चिकित्सा शिक्षा अध्ययन गर्न बढी मात्रामा जाने गरेका छन्। भारतमा गुणस्तरीय शिक्षा सहुलियत शुल्कमा आर्जन गर्न सकिने भएकोले नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य बन्न पुगेको हो। भारतमा उच्च शिक्षाको अवसर फराकिलो छ।
नेपालबाट विद्यार्थीहरु विशेष गरी चिकित्सा, आइटी र ईन्जिनियरिङ शिक्षा अध्ययनको लागि भारत जाने गर्दछन्। भारतको भाषा, खानपान र परम्परामा धेरै समानता भएकाले नेपालका विद्यार्थीलाई नयाँ देशमा पनि अभ्यस्त हुन सजिलो हुन्छ। नेपालबाट भारत अध्ययनको लागि भिसा पोलिसि पनि केही हदसम्म सहज छ।
भारतको डिग्रीले विश्वका जुनसुकै मुलुकमा पनि मान्यता पाउने भएकाले विद्यार्थीले अन्य देशमा पनि अध्ययन वा रोजगारका लागि अवसर पाउँछन्।नेपाली विद्यार्थीका लागि भारत नजिकको देश मात्र नभई, गुणस्तरीय शिक्षा, सहुलियत शुल्क, सुरक्षित वातावरणको कारण आकर्षक शैक्षिक गन्तव्य हो।
भारतीय दूतावासले प्रत्येक वर्षको फागुन–चैत्र महिनामा छात्रवृत्तिको लागि आवेदन खुलाउने गर्दछ। भारतका केही निजी विश्वविद्यालयले मेरिटको आधारमा पनि छात्रवृत्तिका उपलब्ध गराउँछ।