काठमाडाैँ- दीपकराज भुषाल नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का बर्तमान कार्यसमितिका महासिचव हुन्। महासचिवमा उनकाे याे दाेस्राे कार्यकाल हाे। इक्यानकाे केन्द्रीय सदस्यमा सर्वाधिक भाेट ल्याउँदै बिजयी भएका उनी प्रथक सचिव, महासचिव हुँदै अहिले इक्यानकाे नयाँ कार्यसमितिकाे निर्वाचनमा अध्यक्षकाे उम्मेद्वार भएका छन्।
काे हुन् भुषाल ?
विगत दुई दशकदेखि नेपाल शैक्षिक परामर्श क्षेत्रमा सक्रिय भुसाल लुम्विनि प्रदेश रुपन्देहि जिल्लाका स्थानीय बासिन्दा हुन्। अर्धाखाचिमा जन्मिएर कपिलबस्तु रुपन्देही हुँदै काठमाडाैँमा आएर शैक्षिक परामर्श व्यवसायमा हाेमिएका उनी यस क्षेत्रका समस्या र चुनाैतीहरूकाे सामना गर्दै अघि बढेका व्यवसायी हुन्।
भुसाल नेपाल शैक्षिक परामर्श क्षेत्रका अनुभवी र चिन्तनशील पात्रका रूपमा व्यवसायीबीच परिचित छन्। उनले परामर्श कक्षदेखि केन्द्रीय नेतृत्वसम्मको यात्रा तय गर्दै गर्दा नेपाली शैक्षिक परामर्श क्षेत्रको विकासमा प्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन्। भुसाल इक्यानका महासचिवको हैसियतले नीतिगत बहस र संगठनात्मक नेतृत्वमा मात्र सीमित छैनन्, उनी बागबजारस्थित ईन्लाईन्टन ईन्टरनेशनल एजुकेशनमा प्रत्यक्ष शैक्षिक परामर्शदाताको भूमिकामा पनि सक्रिय छन्। परामर्श कक्षमै बसेर विद्यार्थी र अभिभावकका सपना, डर, आशा र अन्योल नजिकबाट सुन्दै आएका भुसालको अनुभव कागजी सिद्धान्तमा मात्र सीमित नभई व्यवहारिक यथार्थसँग जोडिएको छ।

दैनिक परामर्शका क्रममा देखिने विद्यार्थीको आर्थिक अवस्था, पारिवारिक दबाब, विदेश अध्ययनप्रतिको बढ्दो आकर्षण र त्यससँग जोडिएका जोखिमलाई उनले नजिकबाट बुझेका छन्। यही कारण उनका विचार आदर्शमा होइन, तथ्य र अनुभवमा आधारित हुन्छन्, जसले शैक्षिक परामर्शलाई जिम्मेवार, पारदर्शी र विद्यार्थी–केन्द्रित बनाउने दिशामा योगदान पुर्याइरहेको छ।
इक्यानकाे केन्द्रीय सदस्यदेखि महासचिवसम्मकाे यात्रा
व्यक्तिगत सीमाभन्दा माथि उठेर समग्र शैक्षिक परामर्श क्षेत्रका लागि काम गर्ने उद्देश्यका साथ भुसालले विसं २०६६ सालमा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को सदस्यता लिएका थिए। बाहिर बसेर आलोचना गर्नुभन्दा भित्र बसेर सुधारका लागि काम गर्नु दीर्घकालीन रूपमा प्रभावकारी हुने धारणा सहित यस क्षेत्रमा प्रवेश गरेका भुसाल विसं २०६८ सालमा अतिरिक्त विभाग समितिको सदस्य बनेका थिए। यस समयमा उनले इक्यानको भित्री संरचना, निर्णय प्रक्रिया र संगठनात्मक संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाए। जुन समयमा नेपाल शैक्षिक परामर्श संघ इक्यानको अध्यक्षमा राजेन्द्र बराल र महासचिव प्रकाश पाण्डेको नेतृत्व रहेको थियो। उनले यस कार्यअवधिमा संगठनलाई बलियो बनाउन धैर्य, सहमति र निरन्तरताको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्ने मौका पाएका थिए।
भुसालले विसं २०७२ सालमा पहिलो पटक निर्वाचित कार्यसमिति सदस्यमा औपचारिक जिम्मेवारी पाएका थिए। अध्यक्ष प्रकाश पाण्डे र महासचिव सन्तोष प्याकुरेलको कार्यकालमा अतिरिक्त विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले सदस्य केन्द्रित कार्यक्रमहरू अघि बढाए। कम खर्चमा धेरै सदस्यको सहभागिता सुनिश्चित गर्ने र संघलाई सबैको साझा घर बनाउने प्रयास गर्दै अघि बढेका व्यवसायी हुन्।

यस्तै भुसालले विसं २०७५ सालमा प्रथम सचिवको जिम्मेवारी पाएका थिए। प्रथम सचिव पदको जिम्मेवारीसँगै उनको कामको दायरा अझ फराकिलो बन्दै गयो। संघको प्रशासनिक व्यवस्थापन, कार्यक्रम सञ्चालन, आर्थिक पारदर्शिता र राज्यसँगको संवादमा उनी सक्रिय देखिन थाले। उनको कार्यकालको महत्वपूर्ण उपलब्धि मध्ये भृकुटीमण्डपमा सम्पन्न विशाल शैक्षिक मेला एक हो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथि तथा अस्ट्रेलियन राजदूत विशिष्ट अतिथिका रूपमा सहभागी रहेको उक्त मेलाबाट संघले उल्लेखनीय आर्थिक आम्दानी गर्न सफल भएको थियो। कार्यक्रम व्यवस्थापनबाट करिब २३ लाख रुपैयाँ र ब्रिटिस काउन्सिलबाट १५ लाख रुपैयाँ गरी कुल ३८ लाख रुपैयाँ आम्दानी हुनु इक्यानको आर्थिक आत्मनिर्भरताको दिशामा ठूलो उपलब्धि मानिन्छ। यसले संघ केवल माग राख्ने संस्था होइन, आफू पनि स्रोत व्यवस्थापन गर्न सक्ने सक्षम संगठन हो भन्ने सन्देश दिएको थियो।
यही अवधिमा भुसालले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नीतिगत अस्पष्टताको विषयमा संघको तर्फबाट सक्रिय पहल गरेका थिए। करिब ८० भन्दा बढी मन्त्री, सांसद, शिक्षा समितिका सभापति तथा सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापनपत्र बुझाउने कार्य संघको इतिहासमै सबैभन्दा व्यापक नीतिगत संवादका रूपमा लिइन्छ। यस पहलले शैक्षिक परामर्श क्षेत्रलाई राज्यको नजरमा जिम्मेवार सरोकारवालाको रूपमा स्थापित गर्न सहयोग गरेको पाइन्छ।
यस क्षेत्रमा लामो समयदेखी दिनरात नभनी होमिएका भुसाल विसं २०७६ सालमा निर्वाचन प्रक्रियामार्फत इक्यानको महासचिवको रुपमा चयन भए। २०८० सालमा दोस्रो कार्यकाल निर्वाचन प्रक्रियामार्फत इक्यानको महासचिव हुनु उनको संगठनभित्रको स्वीकार्यता र भरोसाको प्रमाण हो। सहमति र लोकतान्त्रिक दुवै प्रक्रियाबाट आएको नेतृत्वले उनीमाथिको विश्वास अझ बलियो बनाएको थियो। महासचिवको भूमिकामा रहँदा भुसालले संघलाई आर्थिक, प्रशासनिक र संगठनात्मक रूपमा स्थिर बनाउने प्रयासलाई प्राथमिकता दिए। विश्वव्यापी महामारीजस्तो कठिन समयमा पनि संघको गतिविधि निरन्तर रहनु, सदस्यहरूलाई सहयोग पुर्याउनु र संघको आवाज राज्यसम्म पुर्याउनु उनको नेतृत्व क्षमताको परीक्षण थियो।
कोभिड–१९ महामारीमा थलिएकाे व्यवसायलाई उठाउन खेलेकाे महत्वपूर्ण भूमिका
कोभिड–१९ महामारीका बेला शैक्षिक परामर्श क्षेत्र मात्र नभई सम्पूर्ण नेपाल नै संकटमा परेको थियो। कार्यालय बन्द, विद्यार्थी प्रक्रिया रोकिएको अवस्था र आर्थिक दबाबका बीच भुसालको नेतृत्वमा इक्यानले सहयोग कक्ष सञ्चालन, सहुलियत ऋणको पहल, अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग समन्वय र सयौँ भर्चुअल कार्यक्रम सञ्चालन गर्न पहल गरेका थिए। यसले सदस्यहरूलाई मानसिक र पेशागत रूपमा जोडिराख्न महत्वपूर्ण भूमिका खेलेको थियो।

दिपक राज भुसाललाई फरक बनाउने तत्व पद, प्रचार वा चमक होइन। निरन्तरता, सन्तुलन र विश्वास नै उनको पहिचान हो। उनले एउटै क्षेत्रमा वर्षौ टिकेर, एउटै संस्थासँग निरन्तर जोडिएर र एउटै उद्देश्य बोकेर काम गरे। उनको नेतृत्व शैली शान्त र सहमतिमुखी छ। ठूलो आवाजमा बोल्ने वा विवाद सिर्जना गरेर चिनिने स्वभाव उनको होइन। संवादमार्फत समाधान खोज्ने, सबै पक्षलाई सुन्ने र दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिने शैलीले संगठनभित्र विश्वासको वातावरण निर्माण भएको देखिन्छ। यही कारण संवेदनशील विषयमा पनि संगठनले उनको नेतृत्वमा सहजता महसुस गरेको छ।कोभिडकालमा अभिभावकत्व, मेगा फेयरको सफल आयोजना र व्यवसायीको हकहितका लागि राज्यसँगको सशक्त पैरवी बनाउने काम गरिसकेका व्यक्ति इक्यानकाे अध्यक्षकाे उम्मेद्वार बनेका छन्।
समग्रमा दिपक राज भुसाल अनुभवी, जुझारु र व्यावसायिक व्यक्तित्व हुन्। भुसालले सदस्य, सचिव देखि दुई कार्यकाल महासचिवसम्मको १५ वर्षे अनुभवलाई नेतृत्व मार्फत अघि बढाउने संकल्प गरेका छन्।
